तालिम दिने संस्था नै खाडी पठाउँछन्
०६ वैशाख २०७१
•
११ मिनेट पाठ
तालिम दिने संस्था नै खाडी पठाउँछन्
काठमाडौं-घरेलु कामदारलाई अभिमुखीकरण तालिम दिने संस्थाले नै कानुनविपरीत खाडी मुलुक पठाएको खुलेको छ।
सरकारले दुई वर्षअघि खाडीमा घरेलु महिला कामदार पठाउन म्यानपावर एजेन्सीलाई रोक लगाएपछि तालिम संस्थाले पठाउन थालेका हुन्।शारीरिक तथा मानसिक शोषण बढेको भन्दै खाडीमा संस्थागत रुपमा घरेलु महिला कामदारको पठाउन रोक लगाइए पनि व्यक्तिगत श्रम स्वीकृतिमा जान पाइन्छ। त्यसैको फाइदा तालिम दिने संस्थाले उठाएको सरकारी कर्मचारी, कामदार र वैदेशिक रोजगार व्यवसायी बताउँछन्। 




प्रतिकामदार दुई हजार डलर (१ लाख ९० हजार) सम्म कमिसन आउने हुँदा तालिम दिने संस्थाले गाउँगाउँमा एजेन्ट खटाएर खाडी जाने महिला बटुल्ने गरेको स्रोत बताउँछ। व्यक्तिगत श्रम स्वीकृतिमा खाडी जान महिलाले २१ दिने अभिमुखीकरण तालिम लिनुपर्छ। 

खोटाङकी जमुना राई, ३१ ले तालिम लिएर विदेश जान पाइन्छ भनेपछि काठमाडौं आएको बताइन्। ‘विदेश जाने योजना थियो। काठमाडौं बस्ने गाउँकै दाइले तालिम लिएर जानुपर्छ भनेपछि यहाँ आएको,' उनले भनिन्। तालिम दिने संस्थामा विदेशमा काम गर्ने तारिका सिकाएको र कागजपत्र पनि तालिम दिने संस्थाले नै मिलाइदिन्छु भनेपछि पासपोर्ट पनि त्यहीँ बुझाएको उनले बताइन्। संस्थाको नाम कसैलाई नभन्न अह्राएको पनि उनले बताइन्। 
अर्घाखाँची बलकोटकी कमला पाण्डे, ३५ ले तालिम लिइसकेको र भिसा आउने बेला भएको बताइन्। उनका अनुसार भिसाको सबै काम तालिम दिने संस्थाले नै गरिदिएको हो। 

माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर, सामाखुसीमा तालिम लिएकी पाण्डेले पासपोर्टको फोटोकपी र कागजपत्र संस्थाले राखेको बताइन्। ‘भिसा आएपछि सबै कागजपत्र दिने भनेका छन्,' उनले भनिन्। कुवेत जाने तयारीमा रहेकी पाण्डेले आफन्त र एजेन्ट मिलेर भिसा मिलाइदिन लागेको र सबै काम संस्थाले नै गरिदिन्छु भनेको बताइन्। 
‘आफूलाई कागजपत्रको काम गर्न आउँदैन संस्थाले नै गरिदिन्छु भनेको छ,' उनले भनिन्, ‘भिसा आएपछि सक्कली मलाई दिएर फोटोकपी घरमा दिने भनेको छ।' 
अरु धेरै साथीको पासपोर्ट संस्थाले लिएको उनले बताइन्। उनीसँगै माउन्टेनमा ५० जनाले तालिम लिएका थिए। अर्की तालिमे मोरङ मधुमल्लाकी उमा लामाले कुवेत जान तालिम लिएको बताइन्। ‘कुवेत जाने सबै प्रक्रिया संस्थाले नै मिलाइदिन्छ,' उनले भनिन्। 
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ महिला पठाउने काममा तालिम दिने संस्था संलग्न रहेको बताउँछन्। ‘व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाने महिलाका लागि न विज्ञापन हुन्छ न म्यानपावरले पठाउन पाउँछ कसरी जान्छन् त? सरकारले सजिलै अनुमान लगाउने कुरा हो यो,' उनले भने, ‘यसमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड पनि संलग्न छ, त्यसको सहयोगबिना यो काम हुनै सक्दैन।' 

आकर्षक कमिसन भएकोले सरकारी कर्मचारीको मिलेमतोमा तालिम दिने संस्थाले महिलालाई विदेश पुर्‍याएको तामाङ दाबी गर्छन्। ‘महिला कुवेत पठाउँदा ४ सय ५० कुवेती दिनार कमिसन आउँछ,' उनले भने। 
व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जान इच्छुक महिलाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सूचीकृत १७ मध्ये कुनै संस्थाबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्छ। त्यसैका आधारमा वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिन्छ। 
सम्बन्धित मुलुकको रोजगारदाताबाट आएको मागका आधारमा त्यहाँ रहेको दूतावासले प्रमाणित गरेपछि कामदार विदेश जान पाउँछन्। यो प्रक्रियामा नदेखिने गरी एजेन्ट प्रयोग हुने हुँदा महिला कामदार विदेशमा अलपत्र पर्दा कसलाई कारबाही गर्ने भन्नेमा सरकार अन्योलमै छ। 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले पनि सरकारले महिला कामदारलाई खाडी पठाउन तालिम दिन लगाउने, भिसा प्रमाणित गर्ने, अन्तिम श्रम स्वीकृति दिने हुँदा उसकै सहयोगमा तालिम दिने संस्थाले कामदार पठाइरहेको बताउँछन्। सरकारले म्यानपावरलाई प्रतिबन्ध लगाएर तालिम दिने संस्थालाई नियमन र अनुगमन नगरी छाडा छाडेकाले महिला कामदार विदेशमा अलपत्र परेको उनले बताए। 
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका सदस्यसमेत रहेका वाग्लेका अनुसार बोर्डमा ४ सय कामदार विभिन्न मुलुकमा अलपत्र परेको जानकारी आएको छ। 
केही महिनाअघि साउदीको रोजगारदाता नेपाल आउँदा घरेलु कामदार पठाए दुई हजार डलरसम्म कमिसन दिने आश्वासन दिएका थिए। ‘हामीले नेपालमा प्रतिबन्ध छ भनेर पठाउन सकिँदैन भन्यौं,' वाग्ले भन्छन्, ‘अहिले कमिसनकै लागि संस्थाले गैरकानुनी रुपमा कामदार पठाइरहेका छन्। सरकारको नियमन र अनुगमन छैन।' 
१७ वटा तालिम दिने संस्थाले अहिले ८ सय ५० महिला कामदारको तालिम सकिएको र सिकाइको मूल्यांकन हुन नपाउँदा कामदार विदेश जानबाट बन्चित रहेको भन्दै विभाग र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। 
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुस्करले तालिम दिने संस्थाहरु घरेलु कामदारलाई अझ व्यवस्थित र उनीहरुका समस्या पहिचान गर्नुपर्ने तथा अन्तिम श्रम स्वीकृति खुलाई दिनुपर्ने मागसहित विभागमा आएको बताए। 
तालिम दिने संस्थाले श्रम स्वीकृति बन्द हुँदा टाउको दुखाउनु पर्दैन भनेर नकारात्मक जवाफ दिएको उनले बताए। ‘प्रवर्द्धन बोर्डको बैठकमा घरेलु महिला कामदारमा अनेक समस्या देखिएपछि अध्ययन समिति बनाउने र अन्तिम श्रम स्वीकृति बन्द गर्ने निर्णय भएकाले तत्काल बन्द भएको हो। अध्ययन समितिको रिपोर्ट आएपछि नयाँ निर्णय हुन्छ,' उनले भने। 
१७ वटा तालिम संस्थाले नयाँ कार्यविधिअनुसार अनुमति लिनुपर्ने भए पनि लिएका छैनन्। ‘घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि २०७०' गत माघदेखि लागू भएर त्यसअनुसार इजाजत लिनुपर्ने प्रावधान भए पनि तालिम संस्थाले इजाजत लिएका छैनन्। त्यसअघि निर्देशिकाको आधारमा नियमन हुँदै आएको थियो। 
समीक्षा ओरियन्टेसन सेन्टर प्रालि जोरपाटीकी सञ्चालका सीता देवकोटाले बोर्ड बैठक नै नबसेर संस्था नयाँ कार्यविधिमातहत नआएको बताइन्। ‘हामीले सबै मापदण्ड पूरा गरेर प्रत्येकमा १० लाखभन्दा बढी लगानी गरेका छौं, अहिले अचानक बन्द गर्दा हाम्रो लगानी डुब्छ,' उनले भनिन्। 
विदेशमा महिला कामदार अलपत्र पर्दा सरकार उदासीन हुने र अहिले तालिमसमेत बन्द हुने हुनाले व्यवसायीलाई असर गरेको उनले बताइन्। ‘हामीले कुनै पनि हालतमा कामदार विदेश पठाउदैनौं। हामीले तालिममात्र दिने हो। त्यसै गरेका छौं,' उनले भनिन्। 
माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर, सामाखुसीका सञ्चालक खिम भण्डारीले सरकारले नेपालबाट अनुमति रोके पनि कामदार भारतको बाटो हुँदै जाने हुनाले रोक्नुभन्दा पनि नियमन र व्यवस्थित गर्नुपर्ने बताए। 
सरकारी सहयोग र अवैध बाटो हुँदै नेपाली महिला कामदार घरेलु कामदारको रुपमा कुवेत, लेबनान, बहराइन, कतार, दुबई पुग्ने गरेका छन्। घरेलु कामदारको रुपमा खाडी मुलुक पुगेका महिलाले समयमा र सम्झौताअनुसार तलब नपाएको, शारीरिक र मानसिक यातना सहनुपरेको, घरमा सम्पर्क गर्न नपाएको, फर्कन खोज्दा नदिनेलगायत समस्या रहेको बताएका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस