काठमाडौं-निजी मेडिकल कलेजहरूले भौतिक तथा प्राज्ञिक मापदण्ड पूरा नगरी जथाभावी विद्यार्थी भर्ना गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल मेडिकल काउन्सिलले आकस्मिक निरीक्षण अभियान सुरु गरेका छन्।चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) को भर्ना प्रक्रियामा हस्तक्षेप गर्दै पहिलोपटक कलेजहरूलाई पूर्वजानकारी नदिई अनुगमन गरिएको हो। पूर्वाधार नपुगेका कलेजले पनि जथाभावी भर्ना गर्दै विशेषज्ञ उत्पादन गरिरहेको भन्दै विद्यार्थीहरूले गत वर्ष नै उजुरी गरेका थिए। अख्तियारले पूर्वाधार नपुगेका कलेजमा विद्यार्थी भर्ना रोक्न काउन्सिललाई निर्देशन दिइसकेको छ।
पिजी पढाइ हुनेमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गतका तीन मेडिकल कलेजमा मंगलबार आकस्मिक निरीक्षण टोली पठाइएको छ। अनुगमन गरिएकामा युनिभर्सल मेडिकल कलेज भैरहवा, नेसनल मेडिकल कलेज वीरगन्ज र पिपल्स डेन्टल कलेज काठमाडौं छन्।
त्यस्तै, काठमाडौं विश्वविद्यालय अन्तर्गतका ६ मेडिकल तथा एक डेन्टल कलेजमा अघिल्लो मंगलबार यसैगरी आकस्मिक निरीक्षण गरिएको थियो। त्यसबेला नेपालगन्ज मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, नोबल मेडिकल कलेज विराटनगर, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज जोरपाटी र कान्तिपुर डेन्टल कलेजको भौतिक तथा प्राज्ञिक (प्राध्यापक) अवस्था अनुगमन गरिएको थियो। केयुअन्तर्गतकै धुलिखेल मेडिकल कलेजमा पनि अघिल्लो बुधबार अनुगमन गरिएको थियो। अनुगमन गर्न अख्तियार टोलीसँग जानेमा त्रिविअन्तर्गतका प्राध्यापकलाई केयु र केयुका प्राध्यापकलाई त्रिवि खटाइएको स्रोतले बतायो।
विगतमा यसरी भौतिक तथा प्राज्ञिक पूर्वाधारको अनुगमनमा जाँदा काउन्सिलले कम्तीमा एक साताअघि नै सूचना दिने गरेको थियो। त्यही सूचनाका आधारमा अनुगमन टोलीलाई देखाउन मात्रै नक्कली बिरामी, प्राध्यापक र भाडामा उपकरण जडान गरिँदै आएको उजुरीका आधारमा अख्तियारले आकस्मिक छानबिन अघि बढाएको हो।
पिजीका लागि त्रिभुवन र काठमाडौं विश्वविद्यालयले आफैं कलेजहरूको कोटा तोक्ने गरेकामा यसपटक काउन्सिलले डेढ साताअघि दुवै विश्वविद्यालयलाई पत्राचार गरी उक्त प्रक्रिया रोक्न आदेश दिएको थियो। कलेजहरूले पिजी अध्ययनका लागि विषयअनुसार ५० लाखदेखि डेढ करोड रुपैयाँसम्म लिने गरेका छन्। काउन्सिल स्रोतका अनुसार पिजी पढाइरहेकामध्ये चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र धुलिखेल केयुमा मात्रै पूर्वाधार पुग्छ।
अख्तियारले यस वर्ष भर्ना प्रक्रिया सुरु हुने समयमै काउन्सिलका भौतिक तथा प्राज्ञिक मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई विद्यार्थी भर्ना बन्द गर्न निर्देशन दिएको थियो। काउन्सिलले पनि सिट संख्या नतोकिँदासम्म भर्ना प्रक्रिया नथाल्न पत्राचार गरेको थियो।
कलेज सञ्चालकहरू भने पूर्व जानकारीबिना अनुगमन गरेको भन्दै आक्रोशित छन्। वीरगन्जस्थित नेसनल मेडिकल कलेजले खबर नगरी आएको भन्दै निरीक्षण टोलीको प्रवेशमै अवरोध गरेको थियो। त्यसलगत्तै अख्तियारले पर्साका प्रमुख जिल्ला अधिकारीलाई जसरी पनि निरीक्षणको वातावरण बनाउन आदेश दियो।
अख्तियारका उपसचिव लक्ष्मी निरौलाले अनुगमनमा गएको टोलीलाई कलेजमा प्रवेश रोकिएको सूचना आएको भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए। ‘अनुगमन निकायबाट गएको टोलीलाई रोक्नु गम्भीर विषय हो,' उनले बुधबार नागरिकसँग भने, ‘पूर्वाधार नपुगेका कलेजलाई विद्यार्थी भर्ना नदिन अख्तियारले काउन्सिललाई निर्देशन दिइसकेको छ, पूर्वाधार नपुगेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना हुन्न।'
काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले यसपटकको अनुगमन स्वतन्त्र रूपमा हुन सकोस् भनेर काउन्सिलले सहयोग मात्रै गरेको बताए। ‘अनुगमन हामीले नै गर्ने हो, तर कतिपय कुरामा काउन्सिलले गर्दा पूर्वाग्रही देखिएला भनेर हामीले अख्तियारको अनुगमनलाई सघाएका मात्रै हौं,' उनले भने।
विद्यार्थीहरूले पिजी पढाइमा मनपरी शुल्क असुल्ने कार्य भइरहेको भन्दै गत वर्ष अख्तियारमा उजुरी दिएका थिए। उनीहरूले कलेज प्रशासनले शुल्कका निम्ति गरेको मोलमोलाइको अडियो–भिडियो रेकर्ड गरेर आयोगमा बुझाएका थिए। त्यतिखेर अख्तियारले भर्ना प्रक्रिया अघि बढिसकेको भन्दै कुनै कारबाही थालेको थिएन। यसबीच अख्तियारले विज्ञ समिति बनाएर कलेजहरूको पूर्वाधारको अनुसन्धानसमेत गरेको थियो। त्यसै आधारमा भौतिक पूर्वाधार पालना गराउन गत वैशाखमा कलेज, काउन्सिल र शिक्षा तथा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। तर, यी निकायले निर्देशन पालना गर्न नसकेको भन्दै अख्तियारले एक वर्षदेखि विभिन्न विज्ञ टोली एवं सरोकारवालासँग छलफल जारी राखेको छ।
अख्तियारले भदौबाट हुने एमबिबिएस तहको अध्ययनका लागि चाहिने पूर्वाधारसमेतको अनुगमन गरेको स्रोतको भनाइ छ। अघिल्लो अनुगमन प्रतिवेदनका आधारमा पछिल्लो प्रतिवेदन दाँजेर पूर्वाधार नपुगेका कलेजको सिट संख्या घटाउने र आवश्यक परे भर्ना प्रक्रिया नै बन्द गर्ने तयारी भइरहेको अख्तियार स्रोतले जानकारी दियो।
स्रोतका अनुसार चिकित्सक उत्पादनमा भएको त्रुटिका कारण चिकित्सा क्षेत्रको गुणस्तरमा गम्भीर संकट आएको भन्दै प्रमुख आयुक्त र आयुक्तहरूले मेडिकल कलेजलाई नियमको परिधिभित्र ल्याउन अधिकारीहरूलाई निर्देशन दिएका छन्। कलेजको पूर्वाधार एवं बिरामी संख्याका आधारमा एकजना प्राध्यापक मातहत अन्य सह र सहायक प्राध्यापकको संख्या हेरेर एउटा विषयमा एकदेखि तीन जनासम्म विद्यार्थी कोटा दिने चलन छ।
देशकै ठूलो र पुरानो वीर अस्पतालमा विशेषज्ञ डाक्टर पढ्न बढीमा २० लाख रुपैयाँ शुल्क तिरे पुग्छ। यही सुविधा लिन निजी मेडिकल कलेजमा करोडभन्दा बढी खर्चनुपर्छ। गत वर्ष भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले रेडियोलोजीमा विशेषज्ञता हासिल गर्ने तीनवर्षे कोर्सको शुल्क १ करोड २० लाख तोकेको थियो। कलेजले अर्थोपेडिक्समा ७५ लाख, इन्टरनल मेडिसिनमा ६० लाख र स्त्री तथा प्रसूति रोगमा ५० लाख शुल्क निर्धारण गरेका थिए। यो त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको कलेज हो। आइओएमको शुल्क तिर्नुपर्ने कोटा (पेइङ) मा तीनवर्षे कोर्सको २० लाख ८५ हजार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा १९ लाख तिरे पुग्छ। यी दुवै संस्थामा ठूलो संख्यामा आशिंक शुल्क र निःशुल्क सिटसमेत उपलब्ध छ।
विकसित देशमा यो तह पढ्नेले कुनै शुल्क तिर्नुपर्दैन। प्राध्यापक मातहत अस्पतालमै बसेर अभ्यास गर्दै पढिने (रेजिडेन्सी) कोर्स भएकाले आफूले तिरेको शुल्कभन्दा बढी तलबभत्ता पाउँछन्। नेपालका कतिपय निजी कलेजले सीमित भत्ता त दिन्छन्, तर त्यसको कयौं गुना बढी शुल्क असुल्छन्।
विश्वविद्यालयहरूले कोटामा चलखेलको वातावरण बनाइदिन सिटभन्दा बढी विद्यार्थी पास गराइदिएर जसले बढी पैसा तिर्छ, उसले पढ्न पाउने अवस्था सिर्जना गरिदिने गरेको काउन्सिलका एक अधिकारीले जनाए।
केयुअन्तर्गतका ८ मेडिकल कलेजमा पिजी तहको पढाइ हुन्छ। ती कलेजमा १८ विषयका २ सय ५० सिट छन्। आइओएममा २५ फ्याकल्टी (विषय) मा १ सय १७ सिट छ। त्रिविअन्तर्गत मात्र ११७ सिटका लागि १ हजार ८ सय ५० लेे प्रवेश परीक्षा दिएकामा ७ सय ६९ जना पास भएका थिए। तीमध्ये करिब ६० सिट आइओएम र बाँकी निजी मेडिकल कलेजले भर्ना लिन्छन्। त्रिविअन्तर्गत युनिभर्सल र नेसनलले मात्र स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्छन्।
आइओएममा २० लाख ८५ तिरेर पढ्ने विद्यार्थीले पनि अस्पतालमा पुर्याएको सेवाबापत मासिक २६ हजार तलब (स्टपेन्ड) पाउँछन्। आंशिक सहुलियतमा पढ्नेले १२ लाखमात्रै तिर्नुपर्छ। न्याम्सका अस्पतालमा सेवास्वरुप २१ हजार पाउँछन्। कतिपय निजी कलेजले यस्तो शुल्कसमेत नदिने सर्तमा विद्यार्थी लिने गरेका छन्।