इलाम निषेधाज्ञामा कडाई, अब खाद्य पसलसमेत बन्द
१८ साउन २०७८
•
२ मिनेट पाठ
इलाम निषेधाज्ञामा कडाई, अब खाद्य पसलसमेत बन्द
फाइल तस्बिर
जिल्लामा कोराना संक्रमणको जोखिम उच्च भएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाई गरेको छ। सिडिओ ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै जिल्लामा आउँदो २५ गतेसम्म निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सबै बन्द गर्न आदेश जारी गरेका हुन्।  




मंगलबारदेखि लागू हुने निषेधाज्ञामा खाद्य पसलसमेत बन्द गर्ने आदेश गरिएको छ। यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो। तर, सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएपनि खाद्यान्न पसलसमेत खुला नहरने उल्लेख छ। ‘आउँदो २५ गतेसम्मलाई अब खाद्यान्नसमेत सोमबार नै जोहो गर्नुपर्नेछ,’ सिडिओ खड्काले नागरिकसँग भने, ‘औषधि पसलबाहेक सबै क्षेत्र बन्दको आदेश गरिएको छ।’

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोप केन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपर्ने उल्लेख छ। निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ। परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ।  

यसअघि गत १५ गते प्रशासनले आउँदो २५ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो। तर, केही खुकुलो रहेको निषेधाज्ञा मंगलबारदेखि लागू हुने गरी कडा बनाइएको हो। जिल्लामा कोरोना संक्रमण र मृत्युदर बढेपछि स्थानीयले ‘कडा’ बन्द गर्न सामाजिक सञ्जालमार्फत् दबाब दिइरहेका छन्।  

जिल्लामा आइतबार साँझसम्म कोरोना संक्रमितको कुल संख्या ३ हजार ५ सय ९ पुगेको छ । यीमध्ये ९ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ हजार ४ सय ४८ जना निको भइसकेका छन्। ७५ जनाको निधन भएको छ । सक्रिय संक्रमितमध्ये ९ जना इन्टेन्सिभ केयर युनिट (आइसियु) र ८ जना सामान्य उपचारमा छन् भने ९ सय ६९ जना होम आइसोलेसनमा छन्।  
अर्को समाचार
उपचुनावको सन्देश
१८ वैशाख २०८१
•
२ मिनेट पाठ
उपचुनावको सन्देश
गत शनिबार बझाङमा प्रदेश सांसद र इलाममा संघीय सांसदका लागि भएको चुनावले मुलुकको राजनीतिक हावा कता बगिरहेको छ भन्ने बुझ्न सघाएको छ। यतिबेला मतदाता कुन दल, कुन वाद वा कुन विचार मन पराउँछन् वा उनीहरू राजनीतिप्रति कति वितृष्णा पालेर बसेका छन् भन्ने जिज्ञासाको उत्तर पनि यो चुनावको परिणामले दिएको छ। खासमा दल/व्यक्ति विशेषको वास्तविक धरातल सम्झाइदिएको छ यो चुनावले।




यतिबेला नेपाली मतदातासँग राजनीतिप्रति रुष्ट भएका अनुमान सर्वत्र गरिएको हो। तर बझाङमा ४९ प्रतिशत र इलाममा ५७ प्रतिशत हाराहारीमा मतदान हुनुले यो अनुमानमा आशंका गर्ने ठाउँ दिएको छ। मुलुक चलाउने सबै नीतिको माउनीति राजनीति भएकाले यसमा सम्पूर्ण मतदाता प्रत्यक्ष संलग्न नभए पनि चासो राख्नु लोकतन्त्र फस्टाउनका लागि अपरिहार्य छ। यसरी हेर्दा मतदानमा देखिएको यो सहभागितालाई उत्साहजनक नै भन्नुपर्छ। भलै बाँकीले किन मतदान गरेनन् भनेर खोजतलास गर्नु पनि उत्तिकै आवश्यक छँदैछ।

अब पुराना दलका दिन सकिए भन्ने भाष्य पछिल्लो समय एउटा वृत्तबाट खडा गरिँदै आएको थियो। अर्कोतर्फ नयाँ खोलिएका दलले चमत्कार नै गर्छन् भन्ने हौवा पनि फैलाइएको थियो। चुनावमा पनि त्यसैगरी प्रचारप्रसार गरिएको थियो। तर मतदाताले यी दुवै दाबीलाई खारेज गरिदिए। पुराना दलले आमजनको अपेक्षा अनुरूप काम नगरे पनि आशा गर्ने ठाउँचाहिँ बाँकी परिणामले देखाएको छ।

अर्कोतर्फ लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा पनि व्यक्तिविशेषलाई सर्वोच्च स्थानमा राखेर अघि बढ्न खोज्ने प्रवृत्तिलाई मतदाताले अस्वीकार गरे। केही लोकप्रिय निर्णय गरेर वाहवाही खाने बानी परेका र दीर्घकालीन असर/प्रभावबारे नसोच्नेहरूलाई पनि मतदाताले सशंय गरेका छन्। पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा वा कुनै वंशवादका आधारमा राजनीति गर्नेहरूलाई पनि उनीहरूले भद्रतवरले सतर्क गराएका छन्। तर, पहिचानको राजनीतिलाई पूर्णरूपमा अस्वीकार गर्न पनि नहुने प्रस्ट संकेत पनि गरेका छन्।

अवश्य हो, नेपाली कांग्रेस र एमालेले अक्षम्य गल्ती गरेका छन्। त्यो पनि पटक पटक। भ्रम नपाले हुन्छ, जनताले खुसी भएर यिनै पुराना दललाई मतको पोको ओइराएका हैनन्। तुलनात्मकरूपमा अहिलेका लागि आफ्नो निर्णय दिएका मात्र हुन्। विजयी हुनेहरू राम्रो काम गरेकाले हैन, विकल्पमध्ये कम खराब छनोट गरेका मात्र हुन्।

स्थिरता समृद्ध मुलुकका लागि पहिलो सर्त हो। हाम्रो सन्दर्भमा राजनीतिक स्थिरता कंग्रेस, एमाले जस्ता ठूला दलबाट मात्र सम्भव देखिन्छ। अझ यी दुई दल मिल्दा झनै प्रभावकारी वातावरण बन्न सक्छ। अहिले आममतदाताले यी दुई दलप्रति मतमार्फत प्रदर्शन गरेका अपेक्षा पनि यही स्थिरताका चाहना हो भन्ने बुझ्न कठिन छैन । मतदाताले त आफ्नो चाहना मतपत्रमार्फत व्यक्त गरे। अब यसलाई व्यावहारिक साँचोमा ढाल्ने काम भने यिनै ठूला दलको काँधमा आइपुगेको छ। उपचुनावको ताजा नतिजालाई यही सन्देशका रूपमा बुझ्दा सबैको भलो होला।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ११ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस