गृहमन्त्री बालकृष्ण खाँणले यस वर्षको विपतबाट ५५ जिल्ला प्रभावित भएको बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत मनसुनजन्य विपतका कारण हालसम्म ६७ जनाको मृत्यु, ४० जना बेपत्ता र ८१ जना घाइते भएको बताएका हुन्।
विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले उल्लेख गरे। उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परि ५ जना मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको बताए।
यसैगरि, ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति उनले जानकारी दिए। उक्त क्षेत्रमा पुनर्निर्माणका विभिन्न कामहरु सुरु हुन लागको पनि उनले बताए।
गृहमन्त्री खाँणले प्राकृतिक विपत्तिबाट केही असहजता देखिएको भन्दै ति चुनौती सामना गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए। जनताको जीवन रक्षाको लागि सरकार प्रतिवद्धतापूर्वक अगाडि बढ्ने पनि उनले बताए।
यस्तै, गृहमन्त्री खाँणले धनुषा जिल्ला प्रहरी कार्यालयमा बन्दी पल्टुदासको साउन १५ गते मृत्यु भएको घटनाको पनि गम्भिरतापूर्वक छानविन भइरहेको पनि जानकारी दिए।