काठमाडौं- काठमाडौं महानगरपालिकाले मातहत कार्यालयमा हुने राजस्व छली नियन्त्रण गर्न तेस्रो पक्षबाट लेखापरीक्षण गराउने भएको छ। नक्कली कागजातमा राजस्व उठाएर दुरुपयोग गर्ने, नगदी रसिद नै गायब बनाउनेजस्ता समस्या बढ्दै गएपछि महानगरले कर लेखापरीक्षण गर्न लागेको हो।महानगरले लेखा परीक्षणका लागि सुबोध एसोसिएट नामक कम्पनीलाई शुक्रबारै कार्यादेश दिएको छ। कम्पनीले मंगलबारदेखि स्थलगत कार्य थाल्ने जनाएको छ। कम्पनीले १० हजार वर्गफिटभन्दा ठूला घरले तिर्ने कर, लिने सेवा, सेवाबापत पाउने सुविधालगायत कार्यको अनिवार्य अनुसन्धान गरेर उठ्नुपर्ने र उठेको करको विवरण बुझाउने महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बताए।
उनका अनुसार नमुनाका रुपमा घर छानेर त्यसको विवरणअनुसार तिरेको बहाल कर, घरजग्गा कर, नागरिकता, नक्सा पासलगायतको विवरण संकलन गरिनेछ। यसबाट करदाताको संख्या र राजस्वमा स्वतः वृद्धि हुने लक्ष्य लिएको उनले जनाए। 'हाम्रा कर्मचारीले पनि मिलेमतोमा थुप्रै रकम दुरुपयोग गरेका गुनासा आइरहेका छन्,' उनले भने, 'त्यस्ता कर्मचारीलाई होसियार बनाउन र महानगरको कामलाई चुस्त पार्न लागिपरेका छौं।'
यो कार्यबाट राजस्व बढी उठ्ने र कर्मचारीलाई वित्तीय अनुशासनमा राख्न सहयोग पुग्ने उनले विश्वास गरे। 'अहिलेसम्म नगरपालिकाले खर्चको लेखापरीक्षण गर्ने गरेकामा स्थानीय निकायमै पहिलोपटक महानगरपालिकाले करको लेखापरीक्षण गराउन लागेको छ,' उनले भने, 'कर्मचारीलाई अनुशासित बनाउन आवश्यक भएकाले यस्तो व्यवस्था छानेका हौं।'
सुबोध एसोसिएटले पहिलो चरणमा जेठमा प्रारम्भिक प्रतिवेदन तथा असार मसान्तमा अन्तिम प्रतिवेदन बुझाउने सम्झौता रहेको महानगरपालिका प्रशासन महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए। उनका अनुसार करदाताले कति तिर्नुपर्ने हो, कति तिर्यो , उसले तिरेको पैसा कता पुग्यो भन्नेबारे पनि लेखापरीक्षणबाट थाहा हुनेछ।
'लेखापरीक्षणले दिएको विवरणका आधारमा त्यस्ता व्यक्तिलाई कारबाही गर्ने काम महानगरले गर्छ,' उनले भने, 'यसबाट करदाता पनि बढ्न सक्छन्। कतिपय राजस्व रसिदबिनै बुझिएको घटना आएका छन्, त्यसको प्रमाण हामीसँग नहुँदा कारबाही गर्न नसकिएको अवस्था छ, त्यस्ता कुरालाई बाहिर ल्याउन पनि कर लेखापरीक्षणले सहयोग पुर्याहउँछ।'
महानगरपालिकामा कुल २ लाख ५६ हजार अनुमानित करदाताबाट नियमित कर उठ्न सकेको छैन। 'नयाँ नियमअनुसार उनीहरुले कर तिरेको विवरण छानबिन गरेर पत्ता लगाइन्छ,' काफ्लेले भने, 'यसबाट छुटेका करदाताले कर दिन सक्छ र उनीहरुले दिएको करको दुरुपयोग भएको भए पनि पत्ता लाग्छ।'
महानगरको पछिल्लो रिपोर्टअनुसार ०५७/५८ सालदेखिको बक्यौता रकम उठ्न थालेपछि आन्तरिकतर्फको आम्दानी अघिल्लो आर्थिक वर्षको साउनदेखि चैत र चालु आर्थिक वर्षको सोही समयमा करिब ५० प्रतिशतले वृद्धि भएको छ।
यसका लागि महानगरपालिकाभित्र करदाता सहयोगी कक्ष स्थापना, बक्यौता बाँकी रहेका ठूला करदातालाई चालू आर्थिक वर्षको पुस मसान्तसम्म जरिवाना छुट, त्यस्तै असोजसम्म तिर्नेलाई कर रकमको १० प्रतिशत छुट दिनेलगायत योजना प्रभावकारी बनेको महानगरपालिकाले जनाएको छ।
'बक्यौता रकम अहिले ठूला करदाताबाट उठाइरहेका छौं तर अझै पनि कतिपय करदाता पहिचान हुन नसकेको अवस्थामा छन्,' महाशाखाका अर्का प्रमुख ध्रुव काफ्लेले भने, 'घरजग्गा र घरबहाल करको बक्यौता रकम साना करदाताबाट नउठेका कारण लेखापरीक्षणले सफलता पाउनेछ।'
उनका अनुसार दर्जनौं व्यापारिक भवन, सिनेमा घर र होटलले वर्षौंदेखि कर नतिरेका कारण महानगरले अहिले ताकेता गरिरहेको छ। उनका अनुसार यकिन संख्यामा करदाताको संख्या नआइसके पनि पछिल्लो समय कर तिर्नेलाई आधार मान्दा करिब २५ प्रतिशत करदाता वृद्धि भएका छन्, यसभन्दा बढी करदाता रहेको महानगरको आँकडा छ।
हनुमानढोकाका कर्मचारीलाई कारबाही हुने
वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा हुने गरेका फिल्म, सिरियल र भिडियो सुटिङका क्रममा नक्कली कागजमा दस्तुर उठाउने कर्मचारीमाथि कारबाही हुने भएको छ। खाली कागजमा कार्यालयको छाप र कर्मचारीको हस्ताक्षर गरी रकम उठाएको भन्दै महानगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको कार्यकारी अधिकृत अर्यालले बताए।
'रसिद हुँदाहुँदै खाली कागजबाट पैसा उठाएकाले संलग्नलाई कारबाही निश्चित छ,' महानगरपालिकाका स्रोतले भन्यो, 'यससम्बन्धमा हामीलाई पहिल्यै शंका लागेको थियो, अहिले प्रमाणित भएको छ।'
एक स्टुडियोले चैत २४ गते जुसको विज्ञापन सुटिङका लागि तिरेको तीन हजार फर्जी कागजमा उठाइएको थियो। सोबारे महानगरपालिकाले स्पष्टीकरण सोध्दा हनुमानढोका कार्यालयले नगदी रसिद सकिएकाले खाली कागजमा रसिद काटिएको जवाफ पठाएको स्रोतले बतायो। 'एक दिन नगदी रसिद सकिए पनि अर्को दिनसमेत त्यसैगरी उठाएको भेटिएको छ,' स्रोतले भन्यो, 'त्यसैले फर्जी कागजको आधारमा कारबाही हुन्छ।'