पौडी खेल्दा डुबेर एक युवतीको मृत्यु
१९ साउन २०७८
•
१ मिनेट पाठ
पौडी खेल्दा डुबेर एक युवतीको मृत्यु
बागलुङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ। 




मंगलबार दिउँसो ४ बजेर ३५ मिनेट जादाँ समयमा जिल्लाको काठेखोला गाउँपालिका-७ रेश बस्ने देवराज कार्कीको छोरी २० वर्षीया मनकुमारी कार्की घाँस काटेर फर्किने क्रममा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले बताए।  

घरदेखि तल घाँस काट्न गएकी उनी घाँस काटेर फर्किदा बहिनीसंगै ढाँवाखोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। 

उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५ जनाको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। 
अर्को समाचार
घरको छतबाट हामफाल्दा युवतीको मृत्यु
०३ असोज २०७८
•
१ मिनेट पाठ
घरको छतबाट हामफाल्दा युवतीको मृत्यु
मोरङको सुन्दरहरैँचाकी एक युवतीले आफ्नो घरको चार तलाबाट हामफाल्दा मृत्यु भएको छ।




सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीया रुवी मुखियाको चार तलामाथिबाट हामफाल्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। शनिबार राति साढे ८ बजेतिर चार तला घरमाथिबाट हामफाल्दा मुखिया गम्भीर घाइते भएकी थिइन्। 

तत्काल मुखियालाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको र उनको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मुखियाले छतबाट हामफाल्दा बुवा छतमै सुतेको र भाइ दोस्रो तलमा साथीहरुसँग मोबायल गेम खेलिरहेको प्रहरीले जनाएको छ। एक्कासी आँगनमा ठूलो आवाज आउँदा भाडा बसेका व्यक्ति र भाइले हेर्दा रुवी लडेको देखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  

डिएसपी श्रेष्ठका अनुसार दिदी लडेको देखेर बुवालाई बोलाउन जाँदा बुवा निदाएका रहेछन् भने आमा भरतपुर उपचारका लागि गएकी थिइन्। उनका अनुसार युवतीले आफ्नै घरबाट किन हामफालेकी हुन्भन्ने बारेमा खुल्न बाँकी छ। पोष्टमार्टमपछि शव परिवारका सदस्यले बुझेर लगेको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस