धादिङ– बैरानीमा भर्खरै भएको सवारी दुर्घटनामा दुुई जनाको मृत्युभएको छ । माइक्रोबस, ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
बा.५३प २९३३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा काठमाडौंबाट पोखरा गइरहेको बा.२ख. १८०३ नम्बरको माइक्रोबस र ना.४ख १०२२ नम्बरको ट्रकसमेत ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइतेमध्ये एक दर्जनभन्दा बढीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।