नमुना युवा संसद परिषद्को पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक बर्ष नमूना युवा संसद गठन गरेको छ ।
युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य र अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका सङ्घ र प्रदेशमा संसद कार्यक्रम भइरहेको छ । यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ । ७५३ स्थानीय तहका छ हजार ७६३ वडामा वडास्तरीय युवाक्लब गठन गरिएको छ ।
युवामैत्री स्थानीय तह छनौट तथा प्रोत्साहन कार्यक्रम हरेक बर्ष स्थानीय तहलाई छनौट गर्ने गरिन्छ । युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा युवा सुचाङ्कलाई हेरि परिषद्ले युवा मैत्री स्थानीय तह भनि घोषणा गरि पाँच लाख रुपिया पुरस्कार समेत प्रदान गरिदै आइरहेको छ । विगतमा सातवटै प्रदेशबाट एक÷एक स्थानीय तहलाई गरिएपनि यसपटकदेखि दुई वटामात्र स्थानीय तहलाई युवामैत्री स्थानीय तह घोषणा गरिने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।
परिषद्ले युवामा भएको ज्ञान प्रस्फुटन गराई उद्यमशिलता बनाउनका लागि ‘नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरिएको छ । नवप्रवर्तन केन्द्रमा युवाले आफूमा भएको ज्ञान, सीप क्षमता अनुसार काममा दक्ष बनाइ एउटा सफल उद्यमशील उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
परिषद्ले केन्द्रीय स्तरमा ‘राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र’ र प्रदेशस्तरमा ‘युवा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी थालेको हो । अहिले केन्द्रीय स्तरमा परिषद्ले काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नं. ६ स्थित आरुवारीचौरमा सञ्चालन गर्ने अन्तिम तयारी रहेको छ भने प्रदेश नं. १ को मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृतिप्रतिष्ठानको भवनमा युथ इन्क्युवेशन केन्द्र स्थापना गर्ने तयारी गरिएको छ ।
उपाध्यक्ष ढुङ्गेलले सवै प्रदेशमा केन्द्र स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारसंग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले चीन र अन्य देशमा भएको जस्तै युवालाई क्रियटिभ बनाउने केन्द्रजस्तै नेपालमा पनि त्यस्तै खालको केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । सातवटै प्रदेश पनि नवप्रवर्तन केन्द्र स्थापनाको कार्य अगाडि बढाएको छ ।
यसैगरी परिषद्ले युवा नेपाली वैज्ञानिकको राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । युवा वैज्ञानिक पलायन भइरहेको वेला नै नेपालमा नै अवसरको प्रयाप्त छ भन्ने सन्देश दिनका लागि बैज्ञानिक सम्मेलन गर्दै आइरहेको हो ।यसैगरी परिषद्ले विपद् व्यवस्थापन, भूकम्प र कोरोना महामारीमा यसबर्ष एक हजार ६०० युवालाई परिचालन गरिरहेको छ ।
युवा विकासको क्षेत्रमा कार्यरत संघसंस्थाहरुसंगको सहकार्यमा युवाक्षित कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने उद्देश्यले हालसम्म परिषदमा ५०० वटा सामाजिक संघसंस्थाहरु आवद्ध भएका छन् । यी संस्थाहरुसंगको सहकार्यमा निरन्तर युवालक्षीत कार्यक्रमहरु सञ्चालन गर्दै आइहेको छ ।
नेपाल युवा सस्था सञ्जाल (आयोन)का अध्यक्ष जगदीश ऐनले नेपालमा युवाको क्षेत्रमा सरकारी तवरबाट हुनै संस्था नभइरहेको वेला परिषद्ले युवाको क्षमता विकासमा काम गरिरहेको बताए ।