विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ
२६ साउन २०७८
•
१ मिनेट पाठ
विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ
चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।  




वन पैदावर चोरी निकासी मुद्दामा दुई लाख छ हजार नौ सय साठी जरिवाना तोकिई फरार रहेका चितवनको खैरहनी नगरपालिका वडा न.१ बस्ने ३० को वर्षीय बिनोद बुर्लाकोटीलाई पक्राउ गरिएको छ। जिल्ला अदालत चितवनको मिति २०७६ मंसिर १७ गतेको फैसलाले जरिवाना तोकेको थियो।  

त्यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र नगद पचास रुपैयाँ जरिवाना तोकी फरार रहेका चितवनको खैरहनी नगरपालिका वडा न.२ बस्ने २६ वर्षीय संजोग भट्टलाई पनि पक्राउ गरिएको छ। 

जिल्ला अदालत धादिङको २०७४ माघ २८ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा जरिवाना तोकिएको थियो। पक्राउ गरिएकाहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए।
अर्को समाचार
२५ जना फरार अभियुक्त पक्राउ
११ माघ २०७७
•
१ मिनेट पाठ
२५ जना फरार अभियुक्त पक्राउ
चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विशेष प्रहरी टोली परिचालन गरेर खोज तलास गरी पक्राउ गरिएको बताइएको छ। पक्राउ गरिएका २५ जनामध्ये २२ जना पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।




लागुऔषध, चोरी, सवारी ज्यान, राष्ट्रिय निकुञ्ज सम्बन्धी कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। ‘विभिन्न मुद्दामा फरार रहेका २५ जनालाई एकै दिन पक्राउ गरेका छौं,’ डिएसपी थापाले भने, ‘पक्राउ गरिएकालाई सजाय भुक्तानका लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ।’  

पक्राउ परेकामध्ये राष्ट्रिय निकुञ्ज सम्बन्धी ७ जना, केही सार्वजनिक अपराधमा ५ जना, सवारी ज्यानमा ३ जना, गाली बेइजती ३ जना, जालसाजी, चोरी, लागुऔषध, सम्बन्ध विच्छेद, सवारी अंगभगमा एक÷एक जना फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य घटनाका २ जना रहेको डिएसपी थापाले बताए। चितवन प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म १ सय ८६ जना फरार अभियुक्तहरू पक्राउ गरेको छ।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस