इटहरी- दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार राति यहाँ भएको सवारी दुर्घटनामा परेका दुई जनाको मृत्यु भएको छ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो साँझ को १ प ७१५५ नम्वरको मोटरसाइकल र मे १ ज १६११ नम्बरको कार पूर्व पश्चिम राजमार्गअन्तर्गत इटहरीमा–५ मा जुध्दा मोटरसाइकलमा यात्रारत मोरङ सुन्दरपुरका ७० वर्षीय धनप्रसाद भण्डारीको मृत्यु भएको हो। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो।
यसैगरी धरानबाट इटहरीतिर आउँदै गरेको ना ४ ख ४९४८ नम्बरको ट्याङ्करले धरान–८ का गोपाल भुजेललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको पनि ट्राफिक प्रहरीले बताएको छ।
भुजेललाई ठक्कर दिने ट्याङ्कर र चालकलाई तरहरा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।