काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लाका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सप्तरीको एक बिद्यालयमा विभिन्न शिर्षकमा निकासा भएको रकम कामै नगरी हिनामिना गरेको आरोपमा तत्कालिन जिशिअहरु सहित अन्यलाई भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।
गम्हरिया प्रवाहा वडा नम्वर ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा आव २०६४र६५ देखि २०६८र६९ सम्म विभिन्न शिर्Èकमा निकासा भएको रकम भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि छ। बिद्यालयमा भौतिक संरचना निर्माण र मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रवृत्ति तथा खाजा वितरणको लागि निकासा भएको ४९ लाख ५१ हजार रुपैया" हिनामिना भएको अख्तियारले विशेषमा दायर गरेको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले सप्तरीका तत्कालिन जिशिअहरु केदार तिवारी, शत्रुघन यादव, दोलराज पाण्डे, लेखापाल गणेश कटुवाल, स्रोतव्यक्ति सुनिलकुमार प्रसाद, सव ईन्जिनियरहरु योगेशकुमार साह, उपेन्द्रप्रसाद साह तथा भुपेन्द्रप्रसाद साहसहित बिद्यालयका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान, जिशिका सप्तरीका लेखा अधिकृत कामेश्वर साह, सव ईन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, स्ा्रोतव्यक्ति राविन्द्रप्रसाद यादव, बिद्यालयका तत्कालिन प्रअ चन्द्रदेवकुमार यादवलाई मुद्दा दायर गरेको छ।
अन्य बिद्यालयमा भएको भ्रष्टाचारको बिषयमा अनुसन्धान भइरहेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कैद हुनुपर्ने माग आरोपपत्रमा गरिएको छ। विद्यलायको रकम दुरुपयोगमा संलग्न रहेका सम्पूर्ण कर्मचारीहरुलाई दावसाही जनही ४९ लाख ५२ हजार १ सय ५२ रुपैया वरावर विगो र सोही वरावर जरिवाना हुनुपर्ने माग गरिएको छ।