‘लापरबाहीले' जन्डिस महामारी
२९ वैशाख २०७१
•
९ मिनेट पाठ
‘लापरबाहीले' जन्डिस महामारी
काठमाडौं-फोहर र संक्रमण व्यवस्थापन हुन नसक्दा विराटनगरमा तीन सातादेखि फैलिएको जन्डिस नियन्त्रणबाहिर पुगेको विज्ञले बताएका छन्।चिकित्सकका अनुसार विराटनगरमा देखिएको ‘जन्डिस' उक्त ठाउँमा फैलिएको हेपाटाइटिस ईको लक्षण मात्रै हो। जन्डिस लक्षणलाई रोग ठानेर खाने बानीमा परिवर्तन गर्दा बिरामीले बढी दुःख पाएको उनीहरुको भनाइ छ। 
वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा.सुधांशु केसीका अनुसार हेपाटाइटिस ई पानी र खानाको माध्यमबाट सर्छ। संक्रमित व्यक्तिको दिसाबाट भाइरस पानीमा मिसिएपछि रोग फैलिन्छ।
रोग फैलिएपछि पानी उमालेर खाए पनि संक्रमणबाट जोगिनेगरी सरसफाइ नगरिएको र जन्डिसमा खाना बार्नुपर्छ भन्ने परम्परागत सोच समस्या बनेको केसी बताउँछन्। ‘जन्डिसमा खाना बार्ने अवधारणा गलत छ, हाइक्यालोरी डाइट खानुपर्ने समयमा ऊखुको रस, ग्लुकोज र उसिनेको खाना खाँदा संक्रमण भइसकेका व्यक्तिलाई रोगले झन् गाल्छ,' उनले भने, ‘जन्डिस सुरु भइसकेका व्यक्तिले राम्रोसँग खानुपर्छ। सरसफाइ र प्रतिरोधात्मक क्षमता बढाउन ध्यान दिनुपर्छ।' 
विराटनगरमा संकलन गरिएको पानीका नमुनामध्ये अधिकांशमा दिसामा हुने कोलिफर्म नामक ब्याक्टेरिया भेटिएकाले जन्डिस फैलाउने भाइरस ठूलो मात्रामा रहेको उनले बताए। ‘खाना राम्रोसँग नखाँदा इम्युन कमजोर हुन्छ र ब्याक्टेरियाको इन्फेक्सनले संक्रमण बढेर मृत्यु हुन्छ,' उनले भने।
वीरका कलेजो रोग विशेषज्ञ डा.दिलीप शर्माका अनुसार जन्डिसमा प्रोटिनयुक्त खाना खानुहुन्न भन्ने मान्यता र सरसफाइमा बेवास्ताले बिरामीको संख्या बढिरहेको छ। ‘नगरको पानी संक्रमित भएको अवस्थामा सरसफाई सही रुपमा व्यवस्थापन नगर्दा रोग फैलिरहेको छ,' डा.शर्माले भने, ‘भाइरस संक्रमणको लक्षण देखिनासाथ प्रोटिन इन्टेक घटाएर खानेबानी परिवर्तन गर्ने भएकाले बिरामी झन् कमजोर बन्छन्।' 
समस्याको सही व्यवस्थापन हुन नसकेकाले एकदमै न्यून मृत्युदर भएको संक्रमणबाट पनि दसजनाको ज्यान गएको उनले बताए। उनले रोग फैलिएको अवस्थामा पानी तताएर खाएपछि मात्रै पुग्छ भन्ने धारणा गलत भएको बताए। ‘तरकारी, भाँडा, फलफूल पखाल्ने पानी पनि सफा हुनुपर्छ,' उनी थप्छन्, ‘पूर्ण रुपमा सरसफाइ नअपनाउँदासम्म रोग फैलिइरहन्छ।' 
डा.शर्माले हेपाटाइटिस ई ठूलो रोग नभएको बताए। ‘उसिनेको र पानीको मात्रा बढी भएको खाना खाँदा बिरामीलाई सजिलै भाइरसले आक्रमण गर्छ।' 
डा.केसीले अस्पतालमा दुई सय बेड छुट्याएको समाचार सुनेको भन्दै बमिट नरोकिए मात्रै अस्पताल भर्ना गर्नुपर्ने र बमिट रोकिएर खानसक्ने बिरामीलाई अस्पताल भर्ना गर्नु नपर्ने बताए।
जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका अनुसार हालसम्म १ हजार ३ सय ३६ बिरामी देखिएकोमा २६ जना अस्पतालमा उपचार गराइरहेका छन्। सरकारी तथ्यांकबाहेक सयौंको संख्यामा निजी क्लिनकमा उपचार गराइरहेको र त्यति नै रेफरसमेत भएको चिकित्सकले बताएका छन्।
जुनसुकै भाइरसको संक्रमण हुँदा पनि जिउ दुख्ने, हल्का ज्वरो आउने, खान मन नलाग्ने, बान्ता हुने र कतिपयलाई पखालासमेत लाग्छ। मधुमेहका रोगी, गर्भवती, बालबच्चा, वृद्धवृद्धालाई संक्रमणले बढी गाल्छ। यस्ता बिरामीलाई संक्रमण भए कडा खालको एन्टिबायोटिक्स जरुरी पर्छ। चिकित्सकका अनुसार १० देखि १५ हजारलाई हेपाटाइटिस ईको संक्रमण हुँदा ५ देखि ६ जनाको मात्रै कलेजो फेल भएर मृत्यु हुने सम्भावना हुन्छ।
चिकित्सकले जिउ दुख्ने, वाकवाकी लाग्ने, थकित हुने र काम गर्न मन नलाग्ने जस्ता समस्या देखिनासाथ बढी पोसिलो खाना खानपर्ने सुझाव दिएका छन्। तर, मदिरा र प्रशोधन नगरिएका जडीबुटी प्रयोगले जन्डिसको अवस्थामा ज्यानै जानसक्ने उनीहरू बताउँछन्। ‘जन्डिस हुँदा कलेजो सुन्निएको हुन्छ, त्यस्तोमा मदिरा र प्रशोधन नगरिएका जडीबुटी पचाउन सक्दैन,' डा. शर्माले भने।
विराटनगरको सन्दर्भमा पूरै पानीमा संक्रमण देखिएकाले बिरामी बढ्नसक्ने जनस्वास्थ्य विज्ञ बताउँछन्। डा. शर्माका अनुसार हेपाटाइटिस ईको भाइरस शरीरमा प्रवेश गरेको अवस्थामा सामान्यतः २ देखि ९ हप्तासम्म पनि लक्षण देखिनसक्ने भएकाले शरीरमा प्रवेश गरिसकेको भाइरसले आक्रमण नगरोस् भन्नका लागि राम्रो खाना खाएर प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ।
मोरङ जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले भने बिरामी आउने दर घटेको बताए। खानेपानीको स्रोतबाटै संक्रमण फैलिएको अनुसन्धानले देखाएपछि बिरामीलाई उपचारसँगै पानीको सरसफाइमा विशेष ध्यान दिएको उनले बताए। 

जन्डिस के हो?
शरीरको अन्य अंगजस्तै पित्तथैली, कलेजो आदिमा लाग्ने थुप्रै रोगको लक्षण जन्डिस हो। ‘हेपाटाइटिस बी' ले जन्डिस देखिनसक्छ तर सबै जन्डिसको कारण हेपाटाइटिस बी होइन। हेमोग्लोबिनमा मेटाबोलिज्मको मात्रा बढेमा जन्डिस देखिन्छ। बहिरी रूपमा छाला, आँखा पहेंलो हुनु जन्डिसको लक्षण हो।
रक्तकोशिकाभित्र भएको हेमोग्लोबिन हेमो र ग्लोबिन गरी दुई भागमा टुक्रिन्छ। यसरी आएको हेमो बिलिरुविनमा परिणत हुन्छ। अत्यधिक रुपमा भएको रक्त कोशिकाको हानिले हेमोग्लोबिनका मेटाबोलिज्ममा तीव्रता आउँछ। हेमो बिलिरुविनमा परिणत भएपछि रगतको माध्यमद्वारा कलेजोमा जान्छ। कलेजोको बाटो हुँदै बिलिरुविन वाइलमा जान्छ र पित्तथैलीमा जम्मा हुन्छ। कलेजोबाट सिधै सानो आन्द्रामा जान पनि सक्छ। पित्तथैलीमा संकलन भएको बिलिरुविन पनि अन्ततः बाइलडक्टको माध्यमद्वारा आन्द्रामै पुग्छ।
बिलिरुविन प्रवाहित हुने मार्गमा कुनै किसिमको अवरोध उत्पन्न भए रगतमा त्यसको मात्रा बढ्न जान्छ। सामान्यभन्दा बढी नाघेको खण्डमा बिलिरुविन छाला, टिस्यु, आँखा आदिमा गएर मिसिन्छ र शरीर पहेंलो हुन्छ। पित्तथैलीमा पत्थरी, क्यान्सर, जुकाको समस्यमा पोस्ट हेपाटिक जन्डिस हुन्छ। 
विषाणुको कारण कलेजोमा संक्रमण बढे हेपाटाइटिस हुन्छ। हेपाटाइटिस गराउने विषाणु ‘ए' ‘बी' ‘सी' ‘डि' ‘ई' हुन्छन्। हेपाटाइटिस ‘ए' र ‘ई' को संक्रमण त्यति खतरनाक हुँदैन तर ‘बि' ‘सि' घातक हुन्छ। ‘ए' र ‘ई' मा प्रशस्त रसिलो पदार्थ, कार्बोहाइडे्रडयुक्त भोजन, केही भिटामिन र पर्याप्त आरामको खाँचो पर्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस