डडेल्धुरा-सुदूरपश्चिमका पहाडी जिल्लाहरूबाट वार्षिक करोडौं रुपैया बराबरको जडीबुटी अवैध रुपमा निकासी हुने गरेको छ।
तस्कर र वनकर्मीहरुको मिलोमतोमा यस क्षेत्रका दार्चुला, डडेल्धुरा, डोटी, दार्चुला, बझाङलगायत जिल्लाबाट औषधी बनाउन प्रयोग गरिने जडीबुटी भारत र चीन स्वशासित तिब्बत तस्करी हुँदै आएको छ।तस्करहरुले जिल्ला वन कार्यालयहरूबाट इजाजत नै नलिई ठाउँ–ठाउँमा केन्द्र राखेर सीमावर्ती गाउँहरूबाट जडीबुटी संकलन गरी सोझै जडीबुटी तस्करी गर्ने गरेका छन्। सामुदायिक वन उपभोक्ता महासंघ डडेल्धुराको तथ्यांकअनुसार यस क्षेत्रका पहाडी जिल्लाहरुबाट वार्षिक ४० देखि ५० करोड रुपैयाँ बराबरको जडीबुटी भारत र तिब्बत तस्करी हुने गरेको छ।
पहाडी जिल्लाहरुमा पाइने रिठा, अमला, तेजपात, सुनगाभा, अल्लो, विषजरा, सुगन्धवाल, पासाङवेद, काउलो, सिमजरा, भिडाते, लोक्ता, झ्याउ, चिराइतो, जिवन्ती, ओखरको बोक्रा, यार्सागुम्बालगायत जडीबुटी इजाजतपत्रबिनै निकासी भइरहेको छ। जिल्ला वन कार्यालय डडेल्धुराका अनुसार तस्करहरुले पाँचऔंले, काफलको बोक्रा, बेलको दाना, काँकड, यार्सागुम्बालगायत प्रतिबन्धित जडीबुटीमा समेत आँखा गाडिरहेका छन्।
‘डडेल्धुरा, बैतडी, दार्चुला र डोटीबाट ठूलो परिमाणमा जडीबुटी तस्करी हुने गरेको छ, तर नियन्त्रणमा सरकारी चासो छैन,' सामुदायिक वनउपभोक्ता महासंघ, डडेल्धुराका अध्यक्ष चन्द्रदेव बोहराले नागरिकसँग भने।
नेपाली सीमा क्षेत्रमा पर्याप्त सुरक्षा पोस्ट नहुँदा तस्करलाई सजिलो भएको छ। भारतले नेपालको सीमा जोडिएको टनकपुरदेखि धार्चुला क्षेत्रमा १२ वटा सीमा सुरक्षा चेकपोस्ट राखेको छ, नेपालतर्फ भने दुईटा मात्रै।
भारतीय क्षेत्रमा प्रत्येक ३ किलोमिटर दुरीमा एउटा चेकपोस्ट छ भने नेपालमा भने ५० किमि दुरी एउटैले हेर्नुपर्छ।
नेपालतर्फ डडेल्धुराको तातोपानी र दार्चुलाको डुमलिङमा मात्र सीमा प्रहरीचौकी छन्। सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी नभएको फाइदा उठाउँदै तस्करले जडीबुटीमा कब्जा जमाइरहेका छन्।
डडेल्धुराका जोगबुढा, शीर्ष, रुपाल, बैतडीको महाकाली, पन्चेश्वर, गिरगिडा आमचोरा, रोडीदेवल र दार्चुलाका दर्जन सीमा गाविसमा सुरक्षा चौकी छैनन्।
‘भारतीयले प्रत्येक तीन/तीन किलोमिटरमा सीमा सुरक्षा बल राखेको छ, नेपालतर्फ भने एउटा मात्रै सीमा सुरक्षा पोस्ट छ,' नेपाली कांग्रेस डडेल्धुरा सचिव लोकराज भट्टले भने, ‘५० किलोमिटरमा एक मात्रै सुरक्षा पोस्ट भएकाले तस्करी सहज भएको हो।'
सीमामा सुरक्षा पोस्ट नहुँदा चरेस, बहुमूल्य जडीबुटी र विभिन्न जीवजन्तुको ठूलो मात्रामा तस्करी हुने गरेको उनी बताउँछन्। भारतीय अर्धसैन्यबल एसएसबीले सीमाबाट आवतजावत गर्नेलाई एक/एक किलोमिटरमा जाँचपडताल गर्छ। नेपाली सीमामा सुरक्षाकर्मी नहुँदा पछिल्लो समय भारतीय क्षेत्रतिर ठूलो मात्रामा काठसमेत तस्करी भइरहेको छ।
पुर्जी एउटा, जडीबुटी अर्कै
डडेल्धुरालगायत जिल्लामा वातावरणीय प्रभाव मूल्यांकन गरी करिब २० प्रकारका जडीबुटी मात्रै बिक्रीवितरण गर्न दिइए पनि तस्करहरुले मनपरी जडीबुटी निकासी गरिरहेका छन्।
‘एउटा जडीबुटीको छुटपुर्जी लिएर अर्कै लैजाने क्रम बढ्दो छ,' सामुदायिक वनउपभोक्ता महासंघ, डडेल्धुराका अध्यक्ष बोहराले भने, ‘बाटोमा जाँचपडताल हँुदैन, डडेल्धुरादेखि कैलाली पुग्दा दुइटा मात्रै चौकी छन्।'
डडेल्धुराबाट धेरैजसो जिवन्ती, काउलो र तेजपत्ता (दालचिनी) लगायत जडीबुटी चोरीनिकासी हुने गरेको उनले बताए। भारतीय सीमा क्षेत्रसँग जोडिएका यस क्षेत्रका केही बस्तीबाट सोझै भारत जडीबुटी निकासी हुने गरेको पाइएको छ। सीमावर्ती डडेल्धुराको भित्री मधेस क्षेत्र, बैतडीको तल्लो स्वराड क्षेत्र र दार्चुलाबाट जिल्ला वन कार्यालयबाट इजाजत नै नलिई गाउँमा संकलन गरिएका अमूल्य जडीबुटी सोझै भारत पठाउने गरिएको स्थानीय बताउँछन्। यसबाहेक तस्करले वनकर्मीलाई मिलाएर तराईको बाटा हुँदै पनि भारत पठाउने गरेका छन्।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट सुनगाभा, विषजरा, सुगन्धवाल, पासाङवेद, सिमजरा, भिडाते, जिवन्ती, ओखरको बोक्रा र यार्सागुम्बा बढी मात्रामा तस्करी हुने गरेको जडीबुटी व्यवसायमा संलग्न भारतीय प्रेम बल्लभ गड्कोटीले बताए।
‘चोरी निकासीबारे कुनै जानकारी छैन,' जिल्ला वन अधिकृत डा. विनेाद देवकोटाले भने, ‘जडीबुटीबाट आउनुपर्ने राजस्व भने घट्दो छ।'
तस्करले डडेल्धुराको शीर्ष गाविसमा पर्ने चौड, शीर्ष, रुपाल र देवलदिव्यपुरमा इजाजतबिनै जडीबुटी संकलन गरिरहेको डडेल्धुराका स्थानीय राजेप्रसाद पनेरु बताउँछन्। बैतडीको तल्लो स्वराड क्षेत्र र दार्चुलाका विभिन्न गाविसबाट समेत बिनाइजाजत संकलन गरेर दैनिक ठूलो मात्रामा जडीबुटी भारत निकासा भइरहेको स्थानीयको दाबी छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रका डडेल्धुराका ५, बैतडीका १२ र दार्चुलाका १३ गाविसका विभिन्न नाकाबाट बिनाइजाजत जडीबुटी भारत निकासी गर्ने गरिएको छ। तस्करी रोकेर नियमानुसार जडीबुटी निकासी गर्ने हो भने यी तीनटै जिल्लाबाट वार्षिक १० करोडभन्दा बढी राजस्व संकलन हुने वनकर्मी बताउँछन्।
सीमावर्ती गाउँमा यातायात अभाव र स्थानीय गाउँमै बेच्न पाउँदा जडीबुटी सिधै भारत जाने गरेको हो। गत वर्ष डडेल्धुराबाट जडीबुडी निकासीमा रोक लगाइए पनि जिल्लाभित्रको वनपैदावार अन्य जिल्लाको इजाजतपत्र देखाउँदै लैजाने गरिएको जिल्ला वन कार्यालयले जनाएको छ।
लुकिचोरी वार्षिक करोडौंका जडीबुटी अवैध ढंगले निकासी भइरहेको प्रति स्थानीय व्यवसायी आक्रोसित छन्। ‘इजाजतै नलिई अमूल्य जडीबुटी तस्करी गर्नेहरुले सर्वसाधारण व्यवसायीले भन्दा बढी काम पाइरहेका छन्,' स्थानीय जडीबुटी व्यवसायी सुरेन्द्र भट्टले भने, ‘तराईका जिल्लामा जडीबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमका जडीबुटी सोझै भारत सप्लाई भइरहेको छ।'
तस्करी रोक्न पटकपटक प्रयास गर्दा पनि सफल नभएको जिल्ला वन कार्यालयको दाबी छ। ‘चोरीनिकासी बन्द गर्न गस्ती बढाएका छौं,' डडेल्धुराका प्रमुख देवकोटाले भने, ‘हाम्रो एक्लो प्रयासले भएन, यसमा सबै पक्षले सहयोग गरे चोरीनिकासी रोक्न सम्भव छ।'
जिल्लाहरुमा दरबन्दीअनुसारका पर्याप्त कर्मचारी नहँुदा चोरीनिकासी रोक्न समस्या भइरहेको देवकोटाले बताए।
गत आर्थिक वर्ष मात्र राष्ट्रिय वनबाट निकासी भएको जडीबुटीबापत ६ लाख १ हजार १ रुपैयाँ र सामुदायिक वनबाट पठाइएका झ्याउ, तेजपात, गिठी, चुत्रो, अल्लो, पासानवेद र कुरिलोबाट १० लाख ७३ हजार ८ सय २८ रुपैयाँ संकलन भएको जिल्ला वन कार्यालय, डडेल्धुराले जनाएको छ।
वनकर्मीकै मिलेमतो
पहाडी जिल्लाबाट ठूलो मात्रामा तस्करीहरु हुने जडीबुटीमा वनकर्मीकै मिलेमतो हुने गरेको छ। भारतीय खुला सिमाना र चेकपोस्टविहीन राजमार्गमा वनकर्मीकै मिलोमतोमा बहुमूल्य जडीबुटी तस्करी हुने गरेको छ। बझाङ, बैतडी, डोटी र डडेल्धुराबाट वनकर्मी ट्रक आफैं स्कर्टिङ गरेर तराईका जिल्ला पुर्याउने गरेका छन्। तस्करले वनकर्मीलाई मिलाएर सोझै भारत निकासी गरिरहेका छन्।
डडेल्धुराका वनबाट प्रारम्भिक वातावरणीय परीक्षण गरी २० प्रकारका जडीबुटी निकासी भइरहेका छन्। जिल्ला वन निकटस्थ स्रोतहरुका अनुसार जडीबुटी तस्करले कम परिमाणको छुटपुर्जी बनाएर बढी जडीबुटी लैजाने गरेका छन्। जिल्लामा राष्ट्रिय वनबाट मात्रै वार्षिक ५० लाखभन्दा बढीको राजस्व संकलन हुने गरेको जिल्ला वन कार्यालय, डोटीले जनाएको छ।
तस्करीमा संलग्न पक्राउ परे पनि राजनीतिक दबाबमा छुट्ने गरेका छन्। तीन महिनाअघि वनकर्मीहरुले डोटीबाट जडीबुटी तस्करी गरेको अवस्थामा एकजनालाई रंगेहात पक्राउ गरे। उनी एक साता नबित्दै राजनीतिक पहुँचमा थुनामुक्त भए। तिनै व्यक्तिको एक महिनाअघि फेरि जडीबुटी समातियो तर उनी फरार छन्।
जडीबुटी तस्करीमा केही राजनीतिक दलका नेतासमेत संलग्न भएकाले नियन्त्रणमा समस्या रहेको वनकर्मीको भनाइ छ। ‘राजनीतिक संरक्षणमा वनपैदावार तस्करी भइरहेकाले वनकर्मीले चाहेर मात्र रोक्न नसकिने रहेछ,' एक वनकर्मीले भने, ‘दोषीलाई समात्नेबित्तिकै राजनीतिक दबाब आइहाल्छ।'