पोखरा-लोपोन्मुख वनस्पतिसहित वन्यजन्तु संरक्षण गर्दै पर्यटकीय गन्तव्य विकास गर्न फेवाताल छेवैको रानीवनमा जैविक विविधता पार्क निर्माण सुरु भएको छ। आउँदो वर्षदेखि नै पर्यटकलाई घुम्न डाक्ने गरी पार्कका पूर्वाधार निर्माण गर्न केही दिनअघि काम सुरु भएको हो।‘पार्क घेराबन्दी गर्न पर्खाल बनाउने काम सुरु भएको छ,’ वनस्पति विभागका महानिर्देशक यमबहादुर थापाले नागरिकसँग भने। सरकारले यसपालि ४ करोड रुपैयाँ छुट्याएको र त्यही बजेटबाट काम थालिएको उनले बताए। पोखराबाट पश्चिमदक्षिणको पुम्दीभुम्दी गाविसमा पर्ने जंगलको १६४ हेक्टर वनमा सरकारले जैविक विविधता पार्क निर्माण गर्न लागेको हो।
थापका अनुसार पार्क निर्माणकै लागि भनेर विभागले पोखरामा अस्थायी कार्यालय खोलिसकेको छ। काम अघि बढाउने गरी जिम्मेवार अधिकारीलाई पोखरै सरुवा गरी पठाएको जानकारी पनि उनले दिए। ‘अहिले आएको ४ करोडबाट पर्खाल, पैदलमार्ग, पानी ट्यांकी, सूचना केन्द्र र प्रवेशद्वारहरु बनाउन सुरु गरेको छौं,’ थापाले भने। मनोज निर्माण सेवा, नागराज इन्जिनियर्स एन्ड बिल्डर्स र अनिश एन्ड आशिष कम्पनीले जिम्मा पाएर काम थालेका हुन्। उनका अनुसार आउँदो असारभित्रै यी कम्पनीले आफ्नो जिम्मेवारीअनुसारको निर्माण पूरा गर्नेछन्।
९० करोड जति खर्च हुने पार्क निर्माणको सम्पूर्ण निर्माण ५ वर्षमा सक्ने लक्ष्य छ। पार्कमा लोपोन्मुख वनस्पतिका बिरुवा उमार्ने, हुर्काउने/बढाउने लक्ष्य राखिएको जानकारी विभागका सहायक वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीले दिए। पिकनिक स्पटदेखि रक क्लाइबिङको ठाउँ बनाउने लक्ष्य पनि सरकारले समेटेको छ। चितुवा र मृग लगायत विभिन्न वन्यजन्तु राख्ने चिडियाखाना पनि यहाँ बनाइँदैछ। चिडियाखाना २५ हेक्टरमा बन्नेछ। फेवातालसँगै जोडिएको रानीवनमा अहिले २ सयथरी वनस्पति पाइन्छ। ‘सुनाखरी र उन्यु यहाँका विशेषता हुन्,’ क्षेत्रीले भने। यो वर्षको काम सकेर आगामी वर्ष १९ करोड रुपैयाँ खर्चने योजना रहेको क्षेत्रीले बताए। वनस्पति विभागले फेवाताल किनारतिरको भागमा कुनै पनि भौतिक पूर्वाधार नबनाई प्राकृतिक सुन्दरता कायम राख्ने योजना बनाएको छ।
रानीवनको उत्तरमा बौद्धमार्गीको मन्दिर विश्वशान्ति स्तूपसमेत छ। स्तूप पुग्ने पर्यटक बिनाकुनै पूर्वाधार पनि रानीवनको भ्रमणमा जाने गरेका छन्। अहिलेसम्म पर्यटकीय उपयोगितामा आउन नसकेको रानीवनमा जैविक विविधता पार्क बनेपछि पोखरामा नयाँ गन्तव्य थपिने विश्वास गरिएको छ।
वन कार्यालय कास्की र अन्य सरोकारवालाको सक्रियतामा रानीवनमा जैविक विविधता पार्क बनाउन सुझावसहितको प्रस्ताव २०६५ सालमा पेस गरिएको थियो। त्यही आधारमा सरकारले निर्माण अघि बढाएको हो।