गोदक (इलाम)-‘हजुरबा सरको क्लास राम्रो,' गोदकस्थित पूर्णस्मारक उमाविमा १० कक्षा अध्ययनरत छात्रा ज्योति राई भन्छिन्, ‘उहा“ले बुझाएर पढाउनुहुन्छ, सुनिरहुँ लाग्छ।'‘हजुरबा सरकै कारण शैक्षिक उपलब्धि राम्रो हुँदैछ,' विद्यालय सुधार्न सक्रिय प्रधानाध्यापक विमल प्रधान भन्छन्, ‘उहाँ शिक्षक–विद्यार्थी दुवैका गुरु हुनुहुन्छ, सुख दुःखको आडभरोसा।'
‘हजुरबा सरकै कारण विद्यालय स्रोतसाधन सम्पन्न हुँदैछ,' व्यवस्थापन समिति अध्यक्ष हरिकला श्रेष्ठ उसैगरी भन्छिन्, ‘पढाउन होस् कि स्रोत जुटाउन, उहाँकै योगदान छ।'
विद्यार्थी, शिक्षक, अभिभावक सबैले ‘हजुरबा सर' भन्ने ‘शिक्षक' को हुन्? उनी किन सबैद्वारा रुचाइएका छन्?
उनी हुन्– देवमणि दाहाल। उमेर– ६२ वर्ष। शिक्षा– स्नातकोत्तर। घर– तीनकुने, काठमाडौं। अनुभव– ३७ वर्ष सरकारी नोकरी। अवकाश– उपसचिव (राष्ट्रिय योजना आयोग)। पुर्ख्यौली ठेगाना– गोदक, इलाम।
झन्डै चार दशक सरकारी जागिर खाएको व्यक्ति गाउँको विद्यालयमा फेरि शिक्षक? अनौठो लाग्नसक्छ। तर, पुर्ख्यौली घर यहीं र आफूले कखरा सिकेको विद्यालय यही भएकाले दाहाल गोदक फर्केर पूर्णस्मारक उमाविमा पढाउँदैछन्। २०६५ मा उपसचिवबाट अवकाश भएपछि गाउँ फर्केका उनी एक हितैषीको घरमा ‘पेइङ गेस्ट' बस्छन्। विद्यालयमा दिन बिताउँछन्।
११ र १२ कक्षामा अर्थशास्त्र तथा ९ र १० कक्षामा शिक्षा पढाउँछन्। दैनिक चार पिरियड पढाउने उनी तलब–भत्ता लिँदैनन्। बरु आठ वर्षदेखि बर्सेनि ५० हजारभन्दा धेरै खर्चेर विद्यार्थीलाई छात्रवृत्ति दिँदैछन्। यतिमात्रै होइन, विद्यालय ‘दह्रो पार्न' आफ्नै अगुवाइमा देउसीभैलो खेल्नेदेखि दाता खोज्दै साधन–स्रोत जुटाउने काम गर्छन्। देशभरका निम्न र मध्यमवर्गीय विद्यार्थीको ज्ञानआर्जन गर्ने थलो सामुदायिक विद्यालयको खस्किँदो शैक्षिकस्तर सुधार्न अविच्छिन्न प्रयासरत छन्।
०००
‘शिक्षाको जरा तीतो भए पनि फल मीठो हुन्छ' अरस्तुको यो भनाई दाहालले सुनेका छन्, छैनन् तर व्यहारमा चरितार्थ गर्दैछन्। २००९ सालमा जन्मेका उनले आफूभन्दा ३ बर्ष जेठो यो विद्यालयमा ५ कक्षासम्म पढेका थिए। ६ र ७ घरमै पढे भने ८ कक्षा नामसालिङमा। ९ र १० सदरमुकामको आदर्श माविमा। बुवा गोविन्दप्रसादले मित तिलविक्रम श्रेष्ठसँग मिलेर खोलेको यो स्कुलमा दाहालको साइनो त्यसैबेलादेखि जोडियो, जतिबेला उनी धूलेपाटीमा कखरा सिक्न बुवाको पछि लागेर दौडिए।
‘बुवाले स्कुल नखोलेको भए म पढ्ने थिएँ–थिइनँ, थाहा छैन,' दुई छोराका अभिभावक दाहाल सोचमग्न देखिए, ‘नपढी जीवन बित्न नि सक्थ्यो, यो अवस्थामा पक्कै हुने थिइन“।' एसएसली सकेलगत्तै उनी विराटनगर हान्निए। महेन्द्र मोरङ क्याम्पसमा आइए भर्ना भई लगातार पढ्दै एमए उत्तीर्ण गरे। पढाइ सकेलगत्तै जुट विकास संस्थानमा २०२८ मा जागिर थाले। ११ वर्ष विराटनगरमै अल्भि्कए। निजामती सेवामा शाखा अधिकृत पास गरेपछि २०३९ मा राजधानी हान्निए।
जागिरक्रममा थुपै्र अड्डा र निकाय चहारे। योजना आयोगमा लामो समय बिताए। ‘त्यहाँ १६ वर्ष बिताएछु,' उनले जागिरे जीवन सम्भि्कए, ‘देश–विदेश घुमें, साथीभाइ चिनें, देश कसरी चल्छ भन्ने बुझें र भविष्य कसरी बिताउ“छु भन्ने टुंगो गरें।'
जागिरक्रममा भारत, जापानदेखि कोरिया र स्विट्जरल्यान्डसम्म फन्को मारे। पढेर शिक्षित कहलिएका, जागिर खाएर सुविधा भोगिरहेका र आर्थिकरुपले सम्पन्न कहलिएका व्यक्तिहरू जीवनको उकालीमा लाग्दै गर्दा पुर्ख्यौलीथलो बिर्सिएर सहरिया परिवेशमा साँघुरिएको उनले देखे। ‘नेपालमा त झनै अनौठो छ,' दाहाल भन्छन्, ‘यहाँ गाउँ, बजार, सदरमुकाम हुँदै राजधानीमा बस्न पुग्नुलाई सफलता मानिन्छ, यसले गाउ“को गरिमा त सकिन्छ नै सहरको कोलाहल पनि झनै बढ्छ।'
एउटा छोरा बैंकको मेनेजर र अर्का कलेजका प्रोफेसर भएर मात्रै होइन, महिनैपिच्छे आउने पेन्सनले पनि दाहाललाई राजधानीमा बसी–बसी खान पुग्छ। त्यहाँ बस्न मन नलागे विराटनगरमा ससुरालीले दिएको अर्को घरै छ। ‘मलाई गाउँ नै प्यारो लाग्छ, बुढेसकाल पनि सहरकै गज्याङगुजुङमा बिताउन मन लागेन,' गाउँ फर्किनुको कारणबारे उनले भने, ‘वातावरण र स्वास्थ्यका हिसाबले गाउ“ दसौं गुणा राम्रो, त्यसमाथि आफूले जाने–सिकेको कुरा अरुलाई बाँड्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।'
जागिरे जीवनका सिनियर र जुनियर सहकर्मी अवकाशपछि पनि ‘कन्सल्ट्यान्ट' का रुपमा पैसाकै पछि लागिरहेका बेला दाहाल पेन्सनको पैसा ‘पेइङ गेस्ट' मा खर्चिने गरी स्वयंसेवी शिक्षकका रुपमा खट्दैछन्।
महिनाको १७ हजार रुपैयाँ पेन्सन पाउने दाहालको सोच गोदकको स्कुल सुधार्नुमात्र होइन, देशभरका सामुदायिक स्कुलको मुहार फेर्नु पनि हो। यसनिम्ति सानो–सानो प्रयासले पनि ठूलो उपलब्धि हुने ठान्छन् उनी। ‘अवकाशप्राप्त सरकारी कर्मचारीको एउटा संगठन बनाएर पेन्सनको निश्चित अंश शैक्षिक विकासमा खर्चिनुपर्छ' उनको सोचाइ छ, ‘स्वास्थ्यले साथ दिउन्जेल आफू पढेको स्कुलमा सबैले स्वयंसेवा गर्नुपर्छ र सिकेजानेको कुरा नया“ पुस्तालाई बाँड्नुपर्छ।'
०००
जागिरबाट अवकाश मिल्नासाथ गोदक फर्किने योजना बुनेका दाहालले पहिल्यैदेखि ‘बाटो खुलाउने' काम गरेका थिए। ०६२ साल सुरुमा १ देखि १० कक्षासम्मका उत्कृष्ठ अंक ल्याउने जेहेन्दार तर गरिव विद्यार्थीलाई छात्रवृत्ति दिनथाले। उच्च मावि हुनासाथ ११ र १२ कक्षाका विद्यार्थी थपिए। ‘अहिले बर्षेनी १२ जनाको पढाईमा प्रत्यक्ष अभिभावकत्व लिएको छु' दैनिक योग र शिक्षण साधनाले फूर्तिला देखिने दाहालले जिम्मेवारी महसुस गर्दै भने, ‘खाता कितावको अभाव हेर्नेदेखि पोशाक र शुल्कसम्म व्यहोर्छु।' '
दरवन्दी नहुँदा उच्च माविका शिक्षक शिक्षिकालाई तलव खुवाउन आइपरेको समस्या सुल्झाउन अस्तिको तिहारमा दाहाल अघिसरे। सहकर्मी बनेका शिक्षक शिक्षिकालाई उचाले, विद्यार्थीलाई साथ लिए र अभिभावकको घरदैलोमा देउसी खेले। रमाइलो पनि भयो, ख्यालख्यालमै २ लाख ३० हजार उठ्यो। ‘देउसीको पैसा विद्यालय र विद्यार्थीकै हितमा खर्चियौं' प्रधानाध्यापक प्रधानले दाहालको कामबारे सुनाए, ‘जब जब संकट आइपर्छ, त्यसलाई टार्न हजुरबा सरको यस्तै आइडियाले ठूलो काम गर्छ।'
विद्यालयका अर्का शिक्षक तेजकुमार राई ‘हजुरबा सर'लाई आदर्श मान्छन्। ‘हजुरबा सरलाई उहिले जग्गा बेचेर पढाएको अरे' बुवाले भनेको सम्भि्कँदै उनले भने, ‘जग्गा बेचेको पैसाले पढेर माथिल्लो ओहोदामा पुगे पनि घमण्ड नभएको र गाउँ फर्केर केटाकेटीसँग रमाइरहेको मान्छेसँग स्टाफ हुन पाउँदा गर्व लागेको छ।' राईले यसो भनिरहँदा दाहाल भने ‘अझै गर्न धेरै बाँकी रहेको' सुनाउँदै सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न लागिपर्ने बताउँदैथिए। यसनिम्ति उनले थुपै्र आइडिया जुटाइसकेको सुनाए।
०००
‘हजुरबा सरका अघि सरम होला है' पूर्णस्मारक उमाविका शिक्षिक शिक्षिकामाझ यो वाक्य निकै चल्तीमा छ। कारण हो, दाहाल विद्यालय आउन नसक्दा पहिल्यै प्रधानाध्यापकलाई विदा माग्छन्। ढिलो आउने हुँदा खबर गर्छन्। पाठ्य योजना बनाएर मात्रै कक्षा लिन्छन्। ‘जसले कुनै तलव भत्ता लिँदैन उसैले चाहिं सबक सिकाउने काम गरिरहेको छ' प्रधानाध्यापक प्रधानले सहकर्मी बनेका पूर्वउपसचिवबारे भने, ‘उहाँजस्ता २/४ व्यक्ति गाउँ फर्किने हो भने जिल्लाको शैक्षिकस्तर निकै माथि पुग्नेथ्यो।'
उमेरले कान्छा ‘स्टाफ'सँग सहकार्य गर्दै पढाउँदा दाहाल आफूलाई झनै फुर्तिलो ठान्छन्। ‘युवा साथीहरुको संगतले म पनि झन् झन् केटौले पो हुँदैछु' कक्षामा छिर्नुअघि दाहालले मुस्कुराउँदै सुनाए, ‘यस्तै उर्जा रहिरहे थुपै्र काम गर्नसक्ने ठानेको छु।' देश दुनियाँ चहारेका र उस्तै अनुभव सुनाउने बृद्ध तर केटौले पाराका ‘स्टाफ'को संगत गर्न पाएर शिक्षकहरु पनि कम्ती खुसी छैनन्। ‘पूर्वउपसचिव दाहाल सरलाई विद्यार्थी हजुरबा सर भन्छन्, हामी चाहिं जुनियर स्टाफ ठान्छौं' ख्यालठट्टा गरिरहने शिक्षक गिताराम निरौला भन्छन्, ‘हामीले अह्राउँदा पनि उहाँ हाँसी हाँसी क्लास रुम छिर्नुहुन्छ।'