डडेल्धुरा-वनका कर्मचारीले नै तस्करलाई फर्जी छुटपुर्जी बनाइदिएर जडीबुटीको अवैध निकासी सजिलो पार्ने गरेको पाइएको छ । यसबापत उनीहरूले तस्करबाट दस प्रतिशत कमिसन असुल्ने गरेका छन्।
गत वर्ष डोटीको बुडरबाट नक्कली पुर्जी बनाएर निकासी गर्न लागिएको एक गाडी जडीबुटी प्रहरीले कैलालीबाट पक्राउ गरेको थियो। सुदूरपश्चिमका पहाडी जिल्लाबाट वार्षिक करोडौं रुपैयाँको प्रतिबन्धित जडीबुटी भारत तथा तिब्बत निकासी हुने गरेको छ।
तस्करीमा वनकर्मीले नै नक्कली छुटपुर्जी बनाइदिने गरेको जोगबुडा सामुदायिक वनका सचिव सरेशराज जोशी बताउँछन्। भन्छन्– ‘डडेल्धुराबाट बनाइएको पुर्जीले कैलालीसम्म काम गर्छ।' उनका अनुसार वनकर्मीले दालचिनीको छुटपुर्जी बनाई काफलको बोर्का बिक्री गर्न लगाउने गरेका छन्। डडेल्धुरा र डोटी हेर्ने गरी बुडरमा रहेको चेकपोस्टमा वर्षांैदेखि एकै कर्मचारी रहनाले पनि तस्करी सजिलो भएको छ। कर्मचारीले एक ट्रक जडीबुटीको नक्कली पुर्जी बनाइदिएबापत १० प्रतिशत कमिसन लिने गरेको एक जडीबुटी व्यवसायी बताउँछन्।
तस्कर र वनकर्मीको मिलेमतोमा यस क्षेत्रका सातै पहाडी जिल्लाबाट अमूल्य जडीबुटी बिनाअनुमति भारत गइरहेका छन्। डडेल्धुरा, बैतडी र दार्चुलामा रहेका खुला सिमानाबाट खुला रूपमै चोरीनिकासी भइरहँदा सम्बन्धित निकायको आँखा पर्न सकेको छैन। दार्चुला र बझाङका कर्मचारीले तस्करी सजिलो पार्न आफ्नो क्षेत्रसम्म जडीबुटी बोकेको गाडी एस्कर्टिङसमेत गरिदिने गरेको पाइएको छ।
नक्कली पुर्जीकै कारण चेकपोस्ट कर्मचारी बेलाबखत विवादमा पनि आउने गरेका छन्।
कर्मचारीले बढी जडीबुटीको कम छुटपुर्जी बनाएर पठाउने गरेको जिल्ला उद्योग वाणिज्य संघका कर्मचारी नीरज रावलले बताए। कति तस्करले आफैं नक्कली छुटपुर्जी बनाई कर्मचारीबाट छाप लगाउनेसम्म गरेको पाइएको छ। ‘कर्मचारीकै मिलमतोमा सबै काम हुन्छ,' सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सदस्य गणेश बोहराले बताए। सबैभन्दा बढी बझाङ, दार्चुला, बैतडी र डोटीमा नक्कली पुर्जी बन्ने गरेको स्थानीयको दाबी छ।
बैतडीबाट नक्कली पुर्जी बनाई नेपालगन्ज लैजान लागिएको जडीबुटी गत वर्ष डडेल्धुरामा समातिएको थियो। जिल्ला वन कार्यालय स्रोत पनि अधिकांश अवैध निकासीमा कर्मचारीकै हात रहेको बताउँछ। सामुदायिक उपभोक्ता वन उपभोक्ता महासंघ डडेल्धुराका एक कर्मचारी भन्छन्, ‘कर्मचारीले पुर्जी नबनाई कुनै हातलमा जडीबुटी निकासी हुन सक्दैन।'
एक वर्षअघि डडेल्धुरामा सुदूरपश्चिमका पहाडी जिल्लाका लागि स्थापना गरिएको जडीबुटी प्रशोधन केन्द्र पनि कर्मचारीकै कारण राम्ररी चल्न नसकेको स्थानीय बताउँछन्।
सीमामा सुरक्षा पोस्ट नहुनु पनि चरेस, बहुमूल्य जडीबुटी र वन्यजन्तु निकासी बढ्नुको कारण बताइन्छ। डडेल्धुराका जोगबुडा, शीर्ष, रुपाल, बैतडीका महाकाली, पञ्चेश्वर, गिरगिडा, आमचोरा, रोडीदेवल र दार्चुलाका सीमासँग जोडिएका दर्जनौं गाविसमा चोकपोस्ट छैन। यी जिल्लाबाट रिठा, अमला, तेजपात, सुनगाभा, अल्लो, विषजरा, सुगन्धवाल, पासाङवेद, काउलो, सिमजरा, भिडाते, लोक्ता, ‰याउ, चिराइतो, जीवन्ती, ओखरको बोक्रा र यार्सागुम्बालगायत जडीबुटीको अवैध निकासी भइरहेको वनकर्मी नै स्विकार्छन्।
डडेल्धुराबाट धेरैजसो जीवन्ती, काउलो र तेजपत्ता (दालचिनी) निकासी हुने गरेको एक कर्मचारीले बताए। स्थानीयका अनुसार डडेल्धुराको सीमावर्ती भित्री मधेस, बैतडीको तल्लो स्वराड र दार्चुलाबाट वन कार्यालयको इजाजतबिनै गाउँमा संकलित जडीबुटी सोझै भारत पठाइने गरेको छ। यसबाहेक तस्करले वनकर्मीलाई मिलाएर तराईका जिल्लाको बाटो पनि प्रयोग गर्छन्। प्रतिबन्धित ओखरको बोक्रा, पाँचऔंले, काफलको बोक्रा, बेलको दाना, काकड र यार्सागुम्बा बढीजसो भारत पुग्ने गरेको छ। सीमावर्ती क्षेत्रमध्ये डडेल्धुराका ५, बैतडीका १२ र दार्चुलाका १३ गाविसका नाकाबाट भारत पुर्याउन सजिलो छ। तस्करी रोकी नियमानुसार निकासी गर्ने हो भने यी तीन जिल्लाबाट मात्रै वार्षिक १० करोड बढी राजस्व संकलन गर्न सकिने वनकर्मी बताउँछन्। प्रारम्भिक वातावरणीय परीक्षणले डडेल्धुराका वनबाट २० प्रकारका जडीबुटी निकासी गर्न सकिने देखाएको छ। तर, जिल्लाबाट रिठा, अमला, तेजपात, सुनगाभा, अल्लो, विषजरा, सुगन्धवाल, पासाङवेदको चोरीनिकासी हुने गरेको वन प्राविधिक बताउँछन्।