चितवन- अखिल नेपाल युवक संघले चुरे क्षेत्रमा पर्यावरणविरोधी गतिविधि मौलाएको भन्दै त्यसलाई कडाइका साथ रोक्न सरकारसँग माग गरेको छ। संघको चितवनमा सम्पन्न छैंटौं राष्ट्रिय सम्मेलनले पारित गरेको २५ बुँदे विशेष प्रस्तावमा चुरे क्षेत्रको संरक्षणको विषयलाई पनि समेटिएको छ।‘पर्यावरणमा गम्भीर असर पर्ने गरी चुरे क्षेत्र र अन्य वन जंगलमा भएको फडानी र क्रसर उद्योगको बहानामा हुने गरेको चुरे दोहन तुरुन्त रोकिनु पर्छ’ सम्मेलनबाट पारित प्रस्तावका बारेमा जानकारी दिन बिहीबार बिहान नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा नव गठित कार्य समितिका अध्यक्ष तिलक थापाले भने।
राष्ट्रिय जनमोर्चा निकटको संघको सम्मेलनको उद्घामटन वैशाख २९ गते नारायणगढमै भएको थियो। सरकारले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले क्रसर उद्योग सम्बन्धी नयाँ मापदण्ड तयार पारेपछि त्यसको विरोधमा क्रसर व्यवसायीहरु आन्दोलित छन्। प्राकृतिक सम्पदा र वातावरण संरक्षणका लागि सरकार कसैसँग झुक्न नहुने थापाले बताए।
त्यस्तै जलवायु परिवर्तनमा असर पार्ने हरित ग्यास उत्सर्जन गर्ने क्रम विश्व व्यापी रुपमा नै कटौती हुनुपर्ने र यसका लागि नेपाल सरकारले समेत आवाज उठाउनुपर्ने सम्मेलनको प्रस्तावमा उल्लेख छ। पर्यावरण र जनस्वास्थ्यमा असर गर्नसक्ने रसायनिक आणविक भट्टी बन्द हुनुपर्ने पनि युवक संघको माग छ।
युवक संघले हालै रुपन्देहीमा देखिएको पेट्रोल चोरीको घटनामा दोषी देखिएका सबैलाई कडा कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेको छ। राष्ट्रिय सम्मेलनले २३ सदस्यीय केन्द्रीय समितिका साथै २१ सदस्यीय केन्द्रीय परिषदको पनि गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।