फेवाताल संरक्षण गर्न बनाईएको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि निर्माण कम्पनीले पुनःमर्मत गरिदिने प्रतिबद्धता जनाएको छ । गत असार २३ गते फेवा तालको सिरान हर्पन खोलामा बनाईएको ड्याम भत्किएको थियो । ड्याम भत्किएपछि चौतर्फी आलोचना भएको थियो ।
चर्को आलोचना र दबावसँगै पोखरा महानगरपालिकाले कानूनी उपचार खोज्ने जनाउँदै ड्याम निर्माण कम्पनी खड्क, कृष्ण पिके जेभी दाङ घोराहीलाई पत्रचार गरेको थियो । पत्रचार गरेको एक महिनापछि प्रतिउत्तर दिदैं कम्पनीले ड्याम पुर्ननिर्माण गर्ने प्रतिबद्धता गरेको छ ।
‘हामीले पठाएको पत्रको प्रतिउत्तरसँगै क्षतिभएको ड्यामको कम्पनीले मर्मत सम्भार गर्ने प्रतिबद्धता गरेको छ,’ महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘पानीको सतह घटेपछि तत्काल आरम्भ गर्ने जनाएको छ ।’ भदौ अन्तिम सातादेखि पानीको सतह घटेपछि मर्मत सम्भार थाल्ने उनले बताए । भत्किएको ड्यामको पुर्ननिर्माणमा महानगरपालिकाले कुनैपनि प्रकारको आर्थिक भार व्यहोर्न नपर्ने गरी पुनर्निर्माण कार्य गरिने समेत उनको भनाई थियो । सम्बन्धित कम्पनीबाट प्रतिउत्तर नआएको अवस्थामा महानगरपालिकाले कानूनी उपचार खोज्ने जनाएपछि कम्पनीले प्रतिउत्तर पठाउँदै मर्मत सम्भारको प्रतिबद्धता गरेको हो ।
महानगरपालिकाले प्रतिउत्तर नआए जरिवाना लगाउने तयारीमा थियो । महानगरपालिकाले कम्पनीको लाईसेन्स खारेज गर्न सिफारिस गर्ने उल्लेख गरेको थियो । ‘आयोजनाको त्रुटी सच्याउने अवधि तथा बिमा लगायतका विषयमा महानगरपालिका थप स्पष्ट हुने प्रयास गरेको छ,’ प्रवक्ता नेपालीले ड्याम भत्किए लगत्तै महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो, ‘सम्बन्धित पक्षहरुले कानुनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानुनी रुपमा आफ्नो हित रक्षाको लागि चाल्नु पर्ने सम्पूर्ण कदमहरु चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानुन बमोजिम निष्कर्षमा पु¥याउने छ ।’
वर्षायाम सकिएको छैन् । वर्षाकै कारण खोलमा आउने बाढीले तत्कालै मर्मत सम्भार गर्न सकिने अवस्था समेत छैन् । ‘बाँध पुरानै अवस्थामा ल्याउनुप¥यो । त्यसपछि त्यसलाई सपोर्ट हुने चेकड्याम बनाउनुपर्छ ।’ उनले भने, ‘फेरी बाढी आउँदा भत्किने डर उस्तै हुन्छ । त्यसलै बाँध संरक्षण गर्न अतिरिक्त काम कम्पनीले गर्ने छ ।’ अतिरिक्त काम भने पोखरा महानगरपालिकाका प्राविधिकले निर्णय गरेपछि थपिने छ । ड्याम ७ करोड ८८ लाख रुपैयाँमा निर्माण पुरा गरिएको थियो । निश्चित समय सीमा भित्र पठाउनुपर्ने नियम भएपनि महानगरपालिकाको पत्रले पनि ठेकेदार कम्पनीलाई प्रतिउत्तरको लागि बाध्यात्मक परिस्थिति भने देखिएको थिएन् ।
निर्माणकै क्रममा कमसल सामानको प्रयोग र गुणस्तरहीन निर्माण भएको जनगुनासो व्यापक थियो । गण्डकी प्रदेशका सदस्य तथा पोखरा महानगरपालिकाका प्राविधिकले समेत निर्माणकै क्रममा अनुसन्धान गरेका थिए । मेयर मानबहादुर जिसी तथा उपमेयर मन्जुदेवी गुरुङको टोलीले समेत अनुगमन गरेर फर्किएको थियो । पटक पटक अनुगमन गरेपनि ठेकेदार कम्पनीले पनि कमसल सामानको प्रयोग गरेर ड्याम निर्माण पुरा गरी हस्तान्तरण गरेर फर्किएपछि असारमा आएको बाढीले भत्काईदिएको थियो ।
महानगरपालिकाले त्यतिबेला नै ठेकेदार कम्पनीलाई सचेत गराउने तर्फ ध्यान नदिएको गुनासो स्थानीयले गरेका थिए । महानगरपालिकाले गम्भीर चासो नदिँदा असार २३ गते आएको बाढीले ड्याम भत्काउँदा बस्ती नै जोखिममा परेको थियो । फेवा ताल संरक्षण गर्न महानगरपालिका र गण्डकी प्रदेश सरकार बीचको संयुक्त लगानीमा तालमा मिसिने विभिन्न खोलामा सिल्टेसन ड्याम(पोखरी) निर्माण गरिएको थियो । २८ करोड १६ लाख रुपैयाँको विभिन्न खोलामा ड्याम निर्माण गरिएका छन् ।