जोखिमपूर्ण क्षेत्रका बस्ती सार्ने तयारी
३१ साउन २०७८
•
१ मिनेट पाठ
जोखिमपूर्ण क्षेत्रका बस्ती सार्ने तयारी
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गरिने बताएका छन्। आइतबारको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले खोला छेउ, पहिरो जानेस्थानलगायतका जोखिमपूर्ण क्षेत्रमा निर्माण भएका घरहरू र बसेका बस्तीहरू स्थानान्तरणको तयारी भइरहेको बताएका हुन्।  




संघ, प्रदेश र स्थानीयतहबीच समन्वय गरेर प्रदेश १ का विभिन्न जिल्लामा निर्माण भएका जोखिमपूर्ण स्थानका बस्तीहरू स्थानान्तरण गरिने मन्त्री कार्कीले स्पस्ट पारे। ‘तीनै तहका सरकारबीचको समन्वयमा जोखिम स्थानका बस्ती स्थानान्तरण गरिनेछ’, उनले भने, ‘खोलामा घर बनाउने अनि बाढीले बगायो भनेर खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नु आवश्यक छ।’  

मन्त्री कार्कीले प्रदेश १ मा बाढी पहिरोलगायतका प्राकृतिक विपद्ले घर भत्काएको अवस्थामा हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ घर निर्माण गर्नका लागि उपलब्ध गराईने जानकारी दिए। विपद् न्यूनीकरणमा प्रदेश सरकार सचेत रहेको र विपद्का घटना न्यूनीकरण गर्ने विषयमा प्रदेश सरकारले विभिन्न काम र कार्ययोजना अघि बढाइरहेको उनले स्पष्ट पारे। 

प्रदेशको नामाकरणमा ढिलाई भइरहेको स्वीकार्दै मन्त्री कार्कीले ढिला भएको तर, वितिनसकेको बताए। उनले सबैको सहमतिमा नाम राख्न खोज्दा ढिला भएकाले यहि अधिवेशन नभए आगामी अधिवेशनबाट नामाकरण टुंगो लगाइने स्पष्ट पारे।
अर्को समाचार
मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण
११ भदौ २०७८
•
३ मिनेट पाठ
मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण
मेची राजमार्गको माइखोला–गोलाखर्क खण्डको जोखिमपूर्ण सडकमा गुड्दै सवारी साधन। तस्बिर: भीम/नागरिक
मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको इलाम–गोलाखर्क भञ्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारी साधन गुडिरहेका छन्।  




धस्सिएर र माथिबाट पहिरो झरेर सडक क्षतिग्रस्त भएको लामो समय बितेको छ। हिउँदमा मर्मतले चलिरहेपनि बर्खा लागेपछि यो सडक निकै जोखिमपूर्ण भएको हो। सडक क्षतिग्रस्त हुँदा झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ आउ–जाउ गर्ने सवारीका साधनले सास्ती बेहोर्नुपरेको छ। माइखोलाभन्दा माथि करिब ३ सय मिटरको सडक कम्तीमा ३ ठाउँमा जोखिमपूर्ण बनेको छ। डिभिजन सडक कार्यालयले ठूलो रकम खर्च गरेर वर्षाैंदेखि मर्मत गरिरहेको छ। 

तर, सडक सुध्रिनुको साटो झन् बिग्रिरहेको छ। सवारी चालक विवेक थापाले कतिबेला माथिबाट पर्खाल झरेर गाडी पुर्ला भन्ने त्रासमा हिँड्नुपरेको बताए। ‘यहाँ आइपुगेपछि गाडीको स्पिड बढाएन भने सडककै पर्खाल झरेर पुर्छ भन्ने डर छ,’ उनले भने, ‘स्पिड बढाउँदा पनि भुइँमा हिलो र धेरै अप्ठ्यारो भएकाले गाडी नियन्त्रण गर्न सकिँदैन।’

पटक–पटकको सामान्य मर्मतले नधानेपछि करिब ६ वर्षअघि यो खण्डमा ७ करोड हाराहारी रकम खर्चेर ‘रक एंकरिङ’ प्रविधिबाट पहिरो नियन्त्रण प्रयास गरिएको थियो। तर, काम सम्पन्न गरेकै बेलादेखि सडक सुध्रिएको छैन। त्यतिबेला यहाँको भौगर्भिक अध्ययनसमेत गरिएको थियो। अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको करिब ३ सय मिटरको भू–भाग भित्रभित्रै बग्दैगरेको पाएको थियो। सतहभन्दा करिब १५ मिटर तलको जमिन बग्दै र भास्सिँदैगरेको पाइएपछि २५ मिटर भित्रसम्म रक एंकरिङ गरी सडक सुधार्ने प्रयास गरिएको थियो। भित्तामा कंक्रिट वाल र पिल्लरसमेत राखिएको छ। तर, अहिले त्यही पिलर र वाल ढल्केर सवारीका साधन गुडाउन जोखिम बढेको हो।  

पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले पटक–पटक आफूहरुले जोखिमपूर्ण सडक मर्मतका लागि दबाब दिएपनि अहिलेसम्म समाधान नभएको बताए। ‘पानीले माटो भिजेर निकै जोखिम भएको ठाउँमा गाडी गुडाउँदा त्यसैको थर्काेले पहिलो झर्ला भन्ने निकै त्रास छ,’ उनले भने, ‘यसको मर्मतका लागि सयौंपटक सरोकारवालालाई भनियो तर केही लागेन।’

जिल्ला विपद् व्यवस्थापन समितिले गतवर्ष नै यो सडकको वैकल्पिक मार्ग पहिल्याउन सडक डिभिजनलाई सुझाव दिएको थियो। सुझावअनुसार कार्यालयले यसको विकल्पका लागि बजेट र कार्यक्रम व्यवस्था गर्न विभागलाई पत्राचार गरेको थियो। तिल्केनीबाट सोझै माइखोला र सिलपुरनजिक निस्कने वैकल्पिक मार्ग बनाउन डिभिजनले विभागलाई प्रस्ताव गरेको थियो। तर, डिभिजन प्रमुख अविमन मुल्मीले चालू वर्षमा वैकल्पिक मार्गका लागि बजेट नै विनियोजन नभएको बताए। 

‘यो सडकको विकल्प नै सबैभन्दा राम्रो समाधान हो तर यो वर्ष त्यसका लागि पैसा नै छुट्टिएन,’ उनले भने, ‘बीचमा स्रोत मिल्यो भनेमात्र सडक सुधार्न सकिने अवस्था छ।’ उनले अहिले कुनै अवरोध आइहाले एक्स्काभेटर लगाएर सडक पन्छाउने गरेको बताए। ‘बर्खाको समयमा राजमार्गको यो खण्ड निकै नै जोखिमपूर्ण भइसकेको छ,’ उनले भने, ‘हामीले अहिले सडकमा बाधा–अवरोध पन्छाइदिनेबाहेक अरु काम गर्न बजेट नै छैन।’

विभागले अहिले पुनः विज्ञ टोली खटाएर यो क्षेत्रको अध्ययन गरी सडक निर्माण गर्ने सम्भावना रहेको उनले जनाए। विभागले यो क्षेत्रको भौगर्भिक अध्ययन गर्न टोली छनौट गर्दैछ भन्ने सुनेको छु,’ उनले भने, ‘विज्ञ प्राविधिक टोलीले अध्ययन गरेर विभागमा प्रतिवेदन बुझाएपछि सडकको त्यो क्षेत्रमा कुन विकल्प खोज्ने भन्ने टुंगो लाग्छ।’
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस