कपिलवस्तुमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ। केही वर्षअघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुनेक्रम अहिले उत्साहजनकरुपमा वृद्धि भएको देखिन्छ।
सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको व्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीयरुपमा भूस्वामित्व बढेको हो। सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेशनमा सहुलियत दिए पछि महिलाको जग्गामा स्वामित्व बढ्दै गएको हो।
जमिनमा महिलाकाे स्वामित्व बढाउन छुट पाईने भए पछि महिलाहरुको नाममा जग्ग्गा पास गर्नेक्रम निरन्तर बढदै गएको हो। जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ। यसैको फाईदा उठाउँदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन्। बिगत ढेड दशकदेखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिस्ट्रेशन शुल्कमा छुटको सहुलित दिए पछि उनीहरुको नाममा जग्गा पास गर्नेको संख्या हवात्तै बढेको हो।
‘यो प्रावधान नहुँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भईरहेको छ,’ मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले भने, ‘अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ।’
मोलपोत कार्यालय तौलिहवा अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ४३५ जना महिलाको नाममा जग्गा पास भएको छ। जसबाट उनीहरुलाई १ करोड ८५ लाख ९८ हजार ९६० रुपैयाँ छुट दिइएको छ। यस्तै मालपोत कार्यालय चन्द्रौटामा गत आर्थिक वर्ष २ हजार २५० जना महिलाको नाममा जग्गा पास भएको र जसबाट ६८ लाख ३८ हजार २५० रुपैयाँ छुट दिइएको कार्यालय प्रमुख टीका पौडेले बताए।
तौलिहवा र चन्द्रौटा गरी गत वर्ष कुल कपिलवस्तुमा ७ हजार ६८५ महिला जग्गाको मालिक बनेका छन्। सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिलाअधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन्। ‘पहिला पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरु आनाकानी गर्थे तर छुटको ब्यवस्था लागु भए पछि धमाधम महिलाको नाममा जग्गा दर्ता भईरहेको छ।’
अधिकारकर्मी पुष्पा रेग्मीले भनिन्, ‘यो प्रावधानले केही सकारात्मक संदेश गएको छ।’ महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन्। लालपट्टारुपी कागजमा अधिकार आएको देखाई पनि त्यसको प्रयोगमा भने पुरुषहरु नै हावी हुने गरेका अधिकारकर्मी उनी बताउँछिन्। स्मामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी माधुरी श्रेष्ठको भनाई छ।‘ यही कारणले कतिपय महिलालाई हिंसा सहन बाध्य तुलाएको र निम्त्याएको छ', उनले भनिन्,‘महिलाको नाममा जग्गा त आयो तर अधिकार आएन।’
‘आफ्नो नाममा रहेको जग्गा बेचबिखन गर्न खोज्दा परिवारका अन्य सदस्यले बिभिन्न अड्चन लगाउने गर्छन् यसलाई कसरी महिलाको नाममा सम्पत्ति आयो,' उनले भनिन्।
लालपुर्जामा महिलाको नाम लेखिनुलाई स्वामित्व नाममा आयो भन्न मिल्दैन, उपभोग गर्न पाए मात्र स्वामित्व प्राप्त भएको भन्न मिल्ने उनको भनाई छ। सरकारले गरेको यो सकारात्म कार्यको सही कार्यान्वय हुनका लागि ठोस पहल गर्नु पर्ने उनले बताईन्।
२०६८ सालको तथ्यांक अनुसार महिलाको नाममा देशभर घर वा जग्गा १९ दशमलव ७१ प्रतिशत मात्र छ।