काठमाडौं-स्वास्थ्यमन्त्री खगराज अधिकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ६७ औं साधारण सभामा भाग लिन असम्बन्धित व्यक्तिहरूको जम्बो टोली नेतृत्व गर्दै स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।सोमबार सुरु छदिने साधारण सभाका लागि आयोजकले राष्ट्रिय प्रतिनिधिका रूपमा तीनजनाको कोटा तोके पनि नेपाली टोली भने १६ सदस्यीय छ। टोलीका अधिकांश सदस्य असम्बन्धित विभागका निर्देशक, एमालेनिकट चिकित्सक र कर्मचारी छन्।
संगठनले नेपाली प्रतिनिधिमण्डलको प्रमुखका रूपमा स्वास्थ्यमन्त्री अधिकारी, प्रतिनिधिका रूपमा स्वास्थ्यसचिव डा. प्रवीण मिश्र र नीति योजना तथा वैदेशिक सहयोग महाशाखा प्रमुख विशेषज्ञ डा. तीर्थराज बुर्लाकोटीलाई मात्रै आमन्त्रण गरेको थियो। मन्त्रिपरिषदले पनि तीनजनालाई नै पठाउने निर्णय गरेको थियो। यसविपरीत अरू १३ जना भने ‘वैकल्पिक' रूपमा गएका छन्। उनीहरूमध्ये अधिकांशलाई ‘मन्त्रीकै दबाबमा' फरकफरक दातृ निकायको खर्चमा पठाइएको छ। मन्त्री र विभागका निर्देशकलाई रिझाउन दातृ निकायले उनीहरूको खर्च बेहोरिदिएका हुन्।
विश्व स्वास्थ्य संगठनको निमन्त्रणामा गएकाहरूको हवाई टिकट र दैनिक भत्ता सरकारले बेहोर्छ। यस्तो खर्च दैनिक २ सय डलर हुन्छ। दातृ निकायको कोटामा गएकाले सोही निकायको नियमअनुसार भत्ता पाउँछन्।
साधारण सभामा जम्बो टोली पुगे पनि नेपाल तर्फबाट कुनै प्रस्तुति छैन। शुक्रबार निस्किएको टोली आगामी शुक्रबार नेपाल फर्किनेछ। सचिव डा. मिश्र र स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा. पदमबहादुर चन्द सम्मेलन सकिएपछि एक्जेक्युटिभ बोर्ड बैठकमा सहभागी हुनेछन्।
टोलीमा मन्त्रीको सचिवालयमा कार्यरत अधिकृत लीलाराज पौडेल पनि छन्। उनी कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्। टोलीका अन्य सदस्यमा स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. दीपेन्द्ररमण सिंह, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. किरण रेग्मी, व्यवस्थापन महाशाखाका निर्देशक डा. भीम आचार्य, बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेती, तालिम केन्द्रका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक विनोदविन्दु शर्मा, भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतम छन्। विभागबाट गएका कोही पनि साधारण सभामा छलफल हुने विषय वा क्षेत्रका जिम्मेवार होइनन्।
यीमध्ये हालै मात्र राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा विभागीय कारबाही भोगेका डा. गौतम एमालेनिकट स्वास्थ्यकर्मी संगठनका अध्यक्ष हुन्। मन्त्रालय र विभागमा कार्यरत नभए पनि जेनेभा जाने टोलीमा पर्ने उनी एकमात्रै भाग्यमानी हुन्। स्रोतअनुसार यसअघि कुनै पनि सम्मेलनमा विभागका महानिर्देशकलाई लाने गरिएकोमा यसपटक महानिर्देशकलाई सूचीमै नपारी गौतमलाई राखिएको थियो।
सम्मेलनका एजेन्डामा परेका नसर्ने रोग, सर्नेतर्फ पनि क्षयरोग, हेपाटाइटिस र पोषणजस्ता महत्त्वपूर्ण विषय कार्यान्वयनका क्षेत्रमा काम गर्ने कोही परेका छैनन्। टोलीमा गैरसरकारी संस्थाको कोटामा ‘परमानेन्ट मिसन अफ नेपाल टु द युनाइटेड नेसन्स अफिस एन्ड अदर इन्टरनेसनल अर्गनाइजेसन'बाट मिनिस्ट्री कन्सुलर भृगु ढंुगाना र घनश्याम भण्डारी छन्। हेल्थ रिसर्च एन्ड सोसियल डेभलपमेन्ट फोरम काठमाडौं तर्फबाट डा. सुशीलचन्द्र बराल छन्।
सामान्यतया विदेश भ्रमणमा जाँदा एकैचोटि मन्त्री र सचिव दुवै नजाने तथा सबै महाशाखा खाली हुनेगरी नपठाउने प्रचलन थियो। यसपटक भने विदेश सयरले मन्त्रालय र विभागका उच्च नेतृत्व तह खाली भएको छ। जानकारका अनुसार स्वास्थ्य सेवाको इतिहासमै यस्तो घटना पहिलो हो।
औषधि खरिद अनियमितता छानबिन क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित आधादर्जन उच्च अधिकारी निलम्बनमा रहेकै अवस्थामा सचिवसहित उच्च तहका निर्देशकहरू विदेश सयरमा निस्किएपछि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागका महत्त्वपूर्ण निकाय एकैपटक नेतृत्वविहीन भएका हुन्।
तेस्रो चौमासिकको अन्तिम महिना चलिरहँदा जिम्मेवार निर्देशक नहुँदा कार्यक्रममा प्रभाव पर्ने विज्ञहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षमा काम गर्न करिब एक महिना मात्रै बाँकी रहँदा स्वास्थ्यमा ४० प्रतिशत हाराहारी मात्रै प्रगति छ। विभागअन्तर्गतका एघारांै तहका निर्देशक कार्यरत रहने सात महाशाखामध्ये सरुवा रोग नियन्त्रण महाशाखाबाहेक सबै नेतृत्वविहीन भएका छन्। त्यसैगरी मन्त्रालयमा एघारांै तहमा प्रशासनबाहेक निर्देशक तहका छवटा दरबन्दीमा तीन रिक्त छ।
विभागका महानिर्देशक डा. लखनलाल साह, बालस्वास्थ्य महाशाखाका डा. सेनेन्द्रराज उप्रेती, आपूर्ति व्यवस्था महाशाखाका डा. तारा पोखरेल र एचआइभी तथा यौन रोग केन्द्रका डा. नरेशप्रताप केसी अख्यिारको निलम्बनमा छन्।
अन्य महाशाखा बाल, परिवार स्वास्थ्य, व्यवस्थापन, एचआइभी केन्द्र, तालिम, सूचना केन्द्रका निर्देशक/प्रमुखहरू जेनेभा जाने टोलीमा छन्। विभागका महानिर्देशक साहलाई निलम्बनको जानकारी मन्त्रीटोली जेनेभा जाने दिनमै आएकाले हाल निमित्तको जिम्मेवारीसमेत कसैलाई दिइएको छैन।
देशभर झाडापखाला र विराटनगरमा जन्डिसको प्रकोप फैलिएका बेला आर्थिक अधिकार भएका अधिकांश निर्देशक लिएर विदेश सयरमा निस्कनु मन्त्रालय नेतृत्वको गैरजिम्मेवारी भएको स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक बताउँछन्।
‘डब्लुएचओको सदस्य राष्ट्रका रूपमा साधारण सभामा भाग लिन यत्रो जम्बो टोली गएको पहिलोपटक हो,' डा. पाठकले अख्तियारको कारबाही र महामारी प्रसंग कोट्याउँदै भने, ‘देशको स्वास्थ्य क्षेत्रमा यतिधेरै समय भएको अवस्थामा उच्च तहका सबै अधिकारी विदेश सयरमा निस्कनु गैरजिम्मेवारी हो।'
मन्त्रालयका निमित्त सचिव डा. रोजेनसुन्दर श्रेष्ठले स्वास्थ्यमा नेपालले राम्रो प्रगाति गरेकाले त्यसबारे विश्व समुदायलाई जानकारी गराउन सम्मेलनमा जानुपरेको बताए। उनले सहभागीको संख्याबारे केही प्रतिक्रिया दिन मानेनन्।
मन्त्रालयका सहायक प्रवक्ता रामकृष्ण अधिकारीले सदस्य राष्ट्रका रूपमा नेपालको उपस्थिति महत्त्वपूर्ण हुने भए पनि संख्याबारे आफूले केही बताउन नसक्ने बताए। उनले मन्त्रीसहितको टोली विदेश जाने निर्णय पहिल्यै भएको र अख्तियारले महानिर्देशक र निर्देशकलाई पछि निलम्बन गरेकाले निमित्त दिन नभ्याइएको दाबी गरे।