बंगलादेशमा बेचिन्छ नेपाली पासपोर्ट
०५ जेष्ठ २०७१
•
८ मिनेट पाठ
बंगलादेशमा बेचिन्छ नेपाली पासपोर्ट
काठमाडौं-नेपाली राहदानी बंगलादेशमा तीन लाख रुपैयाँमा बिक्री हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको ६ महिने अनुसन्धानमा वैदेशिक रोजगारीमा संलग्न केही म्यानपावर व्यवसायीले बंगलादेशी गिरोहसँग मिलेर गल्फ मुलुकको रोजगारीको भिसा लागेको र श्रम विभागको स्टिकरसमेत टाँसिएको नेपाली राहदानी बंगलादेशी नागरिकलाई बिक्री गर्ने गरेको खुलेको हो।
ब्युरोका प्रमुख एसएसपी उत्तमबहादुर कार्कीका अनुसार नेपाली राहदानी बिक्रीमा संगठित गिरोह नै सक्रिय छ। सो गिरोहले गल्फ मुलकका कम्पनीबाट कामदार माग गर्ने र रोजगारीमा जान इच्छुक नेपालीको राहदानी एजेन्ट र कम्पनीमार्फत संकलन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने गरेको अनुसन्धानमा पत्ता लागेको छ। वैदेशिक रोजगारका लागि सम्बन्धित देशको दूतावासबाट भिसा लिएर बंगलादेशी एजेन्टमार्फत प्रतिगोटा तीन लाख रुपैयाँसम्ममा राहदानी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानको निचोड छ।
कार्कीका अनुसार साउदी अरबबाट भिसा र नेपालको श्रम स्वीकृति अनुमतिप्राप्त नेपाली नागरिकको १४ वटा राहदानी २९ लाख ५० हजार रुपैयाँमा बंगलादेशीलाई बिक्री भइसकेको छ। अन्य ११ वटा राहदानी प्रहरी अनुसन्धानपछि फर्किएको छ।
गिरोहले प्रतिगोटा एक लाख पचास हजारदेखि तीन लाख रुपैयाँसम्ममा बिक्री गर्न २५ वटा राहदानी बंगलादेश पठाएको र अनुसन्धानपछि ११ वटा फिर्ता भएको ब्युरोका अधिकारीले जानकारी दिए। 
प्रहरीले यसरी बिक्री भएका १४ वटा राहदानी र बिक्रीमा संलग्न समूहको समेत पहिचान गरेको छ। ब्युरोको विवरणअनुसार कुमार पुरी र पूर्णबहादुर मगरलाई पक्राउ परेका छन् भने इनसिएफ इम्प्लोइमेन्ट सर्भिस प्रालिका सञ्चालक देवीप्रसाद काफ्ले र बंगलादेशी नागरिक मोहम्मद डेलावार हुसेन फरार छन्।
प्रहरी अनुसन्धानमा नेपाली नागरिकको राहदानी बिक्रीमा केएल इम्प्लोइमेन्ट सर्भिस प्रालि र वर्ल्डवाइड इन्टरनेसनलको समेत संलग्नता देखिएको छ। ब्युरोले गत वर्ष भदौबाट नेपाली राहदानी बिक्री गर्ने समूहबारे अनुसन्धान थालेको थियो। भदौ २६ गते केएल इम्प्लोइमेन्टले साउदी अरबको अल यमन कम्पनीबाट एक सय कामदारका लागि डिमान्ड लेटर पाएपछि राहदानी बिक्रीको खेल सुरु भएको हो। 
ब्युरोका अनुसार सोही लेटरका आधारमा देवीप्रसादले २५ जनाको राहदानी संकलन गरेर केएलका कमल सापकोटालाई बुझाएका थिए। सापकोटाले असोज १६ गते साउदीमा सयजना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट अनुमति लिएका थिए। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गत मंसिर १६ गते कमलले सोही राहदानी ढाकास्थित साउदी अरबको दूतावासमा भिसा स्ट्याम्पिङका लागि पठाएका थिए। 
साउदी अरबमा भिसाका लागि सापकोटालाई वर्ल्डवाइड इन्टरनेसनलका पुष्प भण्डारीले सहयोग गरेका थिए। बंगलादेशस्थित साउदी अरब दूतावासका अधिकारीसँगको राम्रो सम्बन्धका आधारमा भण्डारी नेपाली कामदारका लागि भिसा दिलाउन सक्रिय रहेको एसएसपी कार्कीले बताए। 
ब्युरोका अनुसार भिसा लागेका सयवटै राहदानी नेपाल आइपुगेपछि काफ्लेले २५ वटा राहदानी स्क्यान गरी बिक्रीका लागि आरपी इन्टरनेसनलका पूर्णबहादुर मगरको सहयोगमा बंगलादेशी नागरिक हुसेनलाई मेल गरेका थिए। 
त्यही बीचमा सो समूहमा जोडिए कमल पुरी। बंगलादेशमा बिक्रीका लागि पठाइएको २५ वटा राहदानीको नक्कल निकाल्न सो समूहले पुरीको सहयोग लिएको ब्युरोको अुनसन्धानमा देखिएको छ। 
प्रतिवेदनअनुसार कमलले माघ २० गते द्वारिका होटलमा पार्किङ गरिएको गाडीबाट ३२ वटा राहदानी चोरिएको दाबी गर्दै खोजीका लागी महानगरीय प्रहरी वृत्त गौशालामा निवेदन दिएका थिए। निवेदनमा शंका लागी प्रहरीले अनुसन्धान अगाडि बढाउँदा पार्किङमा रहेको गाडीबाट पासपोर्ट हराएको जानकारी होटललाई नभएको खुलेको थियो। हराएको दाबी गरिएका राहदानी खोज्दै जाँदा बिक्रीमा सक्रिय संगठित गिरोहसम्म प्रहरी पुगेको हो। 
‘उनीहरुले बिक्रीका लागि बंगलादेश पठाएको राहदानीको नक्कल निकालेर राहदानीबाहकलाई दिन प्रहरीमा निवेदन दिएका थिए,' एसएपी कार्कीले भने, ‘तर बीचैमा सो सूचना प्रहरीसम्म आइपुग्दा गिरोहको पहिचान गर्न सहज भयो।'
एसएसपी कार्कीका अनुसार १४ वटा राहदानी बिक्री गरेर बंगलादेशी नागरिक हुसेनले २९ लाख ५० हजार रकम पठाइदिएका थिए। सो रकममध्ये पूर्णबहादुर मगरले १९ लाख ५० हजार देवीप्रसादलाई दिएर बाँकी रकम आफूले राखेका थिए। 
अनुसन्धान प्रतिवेदनअनुसार सापकोटाले माघ १० गते वैदेशिक रोजगार विभागमा आफ्नो कम्पनीबाट प्रक्रिया अगाडि बढी भिसा लागेको राहदानी काफ्ले र मगरले दुरुपयोग गरेको निवेदन दिएपछि सापकोटालाई १२ लाख ५० हजार रुपैयाँ दिएका थिए।
अनुसन्धानका क्रममा सबै तथ्य खुलेपछि ब्युरोले वैशाख १२ गते अल जरिफ म्यानपावरका कुमार पुरीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। लगत्तै १७ गते आरपी इन्टरनेसनलका मगरसमेत पक्राउ परे पनि अन्य भने अझै फरार नै छन्। 
देवीप्रसाद पटके अभियुक्त
फरार रहेका देवीप्रसाद काफ्ले वैदेशिक रोजगारको पटके अभियुक्त रहेको अनुसन्धानमा खुलेको छ। ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार युएइको क्युबिजी सेक्युरिटी कम्पनीको नाममा नक्कली इमेल बनाएर वैदेशिक रोजगारमा जान इच्छुकसँग २९ लाख ८५ हजार रकम ठगी गरेको अभियोग लागेको थियो।
सोही अभियोगमा असार १८ गते पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले २९ लाख धरौटी लिएर तारेखमा छाडेको थियो। एसएसपी कार्कीले देवीप्रसाद वैदेशिक रोजगार व्यवसायको नाममा संगठित अपराधमा सक्रिय रहेको बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस