जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्ष धरौटीमा रिहा
०१ भदौ २०७८
•
२ मिनेट पाठ
जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्ष धरौटीमा रिहा
जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो।  




जिल्ला अदालत जुम्लाका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाले जनाएको छ।

वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तादार तथा सुचना अधिकारी चेतराज पन्तले बताए।

’अभियोग पत्रको माग दावी सजायको हकमा दुई महिनादेखि दुई वर्षसम्म कैद र बीस हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने गरी भएको छ,’ उनले भने, ’तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा न्यायालयले धरौटी लिने गरेको हुन्छ। ’  

अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढाले सिंजा गाउँपालिका –६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातीय विभेद गरेका थिए।  

गएको असार २५ गते पीडित नेपालीले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र उनका छोरा नविनलाई प्रतिवादी बनाइ जोहेरी दिएका थिए।

जातीय भेदभाव तथा छुवाछूत सजाय कसूर मुद्दाका प्रतिवादी वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटी माग गरि पुर्पक्षको लागि न्यायिक प्रक्रियामा राखिएको पन्तले बताए।

पीडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको जाहेरी दर्ता गरेका भएपनि प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागि नगराई सिधै अदालतमा उपस्थित गराएको हो। जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार थिए।  

वडाध्यक्षका छोरा नविन बुढालाई प्रहरीले १० दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि वडाध्यक्ष र उनका छोरालाई अदालमा पेश गरेको थियो।
अर्को समाचार
जुम्लामा जातीय विभेदको घटना: प्रहरी नै संरक्षण बनेको आरोप
२५ असार २०७८
•
४ मिनेट पाठ
जुम्लामा जातीय विभेदको घटना: प्रहरी नै संरक्षण बनेको आरोप
सिंजा गाउँपालिका ६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नविन बुढाले गरेको जातीय विभेदको घटनाको मुद्दा दर्ता हुने प्रक्रियामा प्रहरी अवरोधक देखिएको छ। प्रहरीले दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खोजेको पीडित विवेन्द्र नेपालीले बताए। जाहेरी लिएर प्रहरी कार्यालयमा गएको २४ घण्टा वितिसकेको छ। तर पनि प्रहरीले मुद्दा दर्ता गर्न मानेको छैन,उनले भने, ‘यो मुद्दा दलितको भएकै कारण दर्ता हुन सकिरहेको छैन। प्रहरी विभिन्न बहाना बनाई उम्किन खोजिरहेको छ भने हामीले प्रहरीबाटै विभेद सहनु परेको छ। ’




जुम्लाकी प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले जातीय विभेदका घटनामा राज्यले शुन्य सहनशीलता अपनाउनुपर्ने बताएकी छिन्। जातीय विभेद, छुवाछूत लगायतका घटनामा राज्यले शुन्य सहनशीलता अपनाउनु पर्छ, उनले भनिन्, ‘घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर पीडितको उजुरी दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्छ।’

तथापि जुम्लाका डिएसपी भने मुद्दा दर्ता पछि अनुसन्धान प्रक्रिया झन्झटिलो हुने भएकाले सबै बुझ्नुपर्ने बताइरहेका छन्। हामी सुरुमा घटनाको सत्यतथ्य बुझ्ने कोसिस गरिरहेका छौं। जाहेरी आउनेवित्तिकै दर्ता गर्ने हो भने प्रहरीले कति मुद्दा दर्ता गर्नु,उनले प्रश्न गर्दै भने, ‘सबै कुरा नबुझी प्रहरीले मुद्दा लिदैन। हामीले मुद्दा दर्ता हुँदैन भनेकै छैनौं।’

प्रहरीले मान्छे चिनेर अन्याय गर्ने भन्दा पनि पीडितलाई न्याय दिलाउने विषयमा नचुक्ने उनले बताए। प्रहरीले पीडितका अगाडि मिठा कुरा गरेको भएपनि यति लामो समयसम्म मुद्दा लिन नमान्नुको पछाडि शंका गर्ने थुप्रै ठाउँ भएको अधिवक्ता नरेश नेपालीले बताए।  

डिएसपीले थेसिस लेख्दा गरिने जस्तो परिकल्पना गरेर हरेक मान्छे मुद्दा हाल्न आउँदा प्रहरीले कति अनुसन्धान गरिसक्नु भनेर प्रश्न गर्नु हाँस्यास्पद छ,उनले भने, ‘प्रहरीले मुद्दा लिन नमान्दा पनि थुप्रै बाटाहरु हुन्छन्। ती प्रक्रिया अपनाउन सकिन्छ। हामी एमिकस क्युरीबाट पनि जान सक्छाैं। तर जाहेरी लिने काम प्रहरीकै हो।’

उनले प्रहरीले अनुसन्धान गरी सकेर जाहेरी लिने हो कि पीडितले जाहेरीमा उल्लेख गरेको घटना विवरणको आधारमा लिने हो भनेर प्रश्न गरे। तर प्रहरी जातीय विभेद जस्तो गम्भीर अपराधको घटनामा पहिला अनुसन्धान गर्नुपर्ने जस्तो तर्क गरि उम्किन खोजेको छ। जातको आधारमा व्याक्ति विरुद्ध छुवाछुत र भेदभाव गरिने कार्य क्रुर र अमानवीय कार्य भएको तथा संविधान विपरीत भएको अर्की अधिवक्ता अनिता तिमिल्सिनाले बताइन्।  

यस्ता कार्यलाई संविधान र कानुनले वर्जित गरेको छ भने दण्डनिय अपराध मानेको छ। यस्ता विषयमा छलफल गरेर जाहेरी दर्ता गर्छौ भन्नू राज्य संरक्षीत अपराध हो, उनले भनिन्,‘यस प्रकारका अपराधलाई थप प्रोत्साहन समेत गर्नु हो। जाहेरी लिने प्रसङ्गलाई जटिल बनाईनु भनेको अपराधलाई लुकाउनु, दबाउनु र अपराधलाई मिलापत्र गराउनु हो। ’

उनले कानुन र विधायिकाको मक्सद भनेको अपराधीलाई संरक्षीत गर्नु कदापि नभएको थपिन्। वडा अध्यक्ष आफैलै फोनमा तथानाम गाली गरेको तथा उनका छोराले कुटपिट गरि डुम भनेको रेकर्ड र साक्षीहरुलाई समेत प्रमाणको रुपमा पेश गर्दा समेत जाहेरी लिन नमान्नु प्रहरी स्वयं विभेदको संरक्षक भएको रंगकर्मी गोविन्द सुनारले बताए।

मुद्दा फाँटमा भएको प्रहरीसँग प्रश्नगर्दा समेत हामीलाई थर्काइरहेको छ। उल्टो अभद्र व्यववहारको मुद्दा लगाइदिन्छु भन्छ,उनले भने, ‘तर आफ्नै अगाडि आएको मुद्दालाई वेवास्ता गरिरहेको छ।’ लामो समयसम्म प्रहरीले मुद्दा अड्याएर दर्ता गरि अनुसन्धान प्रक्रियामा जानुको सट्टा बहाना बनाउनुले पीडितलाई निरुत्साहित गरेर गलाउने खेल प्रहरीले खेलिरहेका अनेरास्ववियु जुम्लाका नेता भरत नेपालीले बताए।

विभिन्न बहाना बनाएर पीडितलाई गलाउन खोजिएको छ। मुद्दा प्रक्रियालाई झन्झटिलो बनाएर निरुत्साहित बनाउने खेल हिजोदखि नै खेलिएको हो,उनले भने, ‘यो मुद्दा दलित समुदायको हुँदैनथ्यो भने यति लिंगरिङ हुँदैन थियो। सत्ता र शक्तिको दुरुपयोग गरि न्याय मार्न खोजिदैछ। यो मान्य हुनेछैन। ’

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४  अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात(जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा  जातीय तथा अन्य सामाजिक छवाछुत र भेदभाव गरि  सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन, निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने गरेमा छुवाछूत गरेको ठहर्छ।

यस्तो कार्य गरेको ठहरेमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४ को उपदफा १ र २ अनुरुप कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने पीडितले दफा (९) को उपदफा (१) बमोजिम अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनु पर्ने हुन्छ।

त्यतिमात्र नभइ सोही ऐनको दफा ५ मा दफा ४ बमोजिमको कसूर कसैले गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले समेत नजिकको प्रहरी कार्यालयमा तोकिए बमोजिम उजुर गर्न सक्ने प्रावधान हुँदाहुँदै पनि प्रहरी विभेद संरक्षणको ढोका पाले बनेर उभिदिदा आफूले न्याय पाउने वातावरण धमिलिएको पीडित नेपालीले बताए।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस