काठमाडौं-अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले नवीकरणमा अटेर गर्ने निजी अस्पताल सञ्चालन अनुमति खारेज गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।अख्तियारले सोमबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी ‘निजी अस्पताल स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७०' अनुसार १५ दिनभित्र दर्ता नगर्ने अस्पतालको सञ्चालन अनुमति नै खारेज गर्न निर्देशन दिएको हो।
पछिल्लोपटक मन्त्रिपरिषदले गत पुस ७ गते जारी गरेको निर्देशिकाअनुसार चैत मसान्तभित्र पुनः दर्ता गर्न अस्पतालहरुले अटेर गरे पनि स्वास्थ्यले कुनै कारबाही अगाडि नबढाएपछि अख्तियारको यस्तो निर्देशन आएको हो। ‘तत्काल सूचना जारी गरी १५ दिनभित्र पुनः दर्ताका लागि आह्वान गर्न अटेर गर्ने अस्पतालको सञ्चालन स्वीकृति खारेज गर्नू,' अख्तियारको निर्देशनपत्रमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा. गुणराज लोहनीले अख्तियारको निर्देशन आएको पुष्टि गर्दै त्यही आधारमा बुधबारै १५ दिने सूचना जारी गरिने बताए। मापदण्ड कार्यान्वयन स्वास्थ्यकै दायित्व भए पनि ढिलासुस्ती देखिएको स्विकार्दै आगामी दिनमा त्यस्तो नहुने बताए।
‘राज्यले नियम लागू गरेपछि अटेर गर्न मिल्दैन,' उनले भने, ‘अब मन्त्रालयसँग यसको कार्यन्वयनमा जानुको विकल्प छैन।
नयाँ निर्देशिकाअनुसार मन्त्रालयले गत चैतभित्रै पुनः दर्ताका लागि सूचना जारी गरे पनि अस्पतालले अटेर गर्दै आएका छन्। उक्त अवधिभित्र तीनवटा अस्पतालले मात्र पुनः दर्ताको निवेदन दिएका छन्। देशभर ३ सय ६७ भन्दा बढी निजी अस्पताल सञ्चालनमा छन्।
राजधानीका अधिकांश ठूला र नाम चलेका निजी अस्पतालले सरकारी निर्देशनको अवज्ञा गरेका छन्। कतिपय ठूला अस्पताल सञ्चालन स्वीकृतिसमेत नलिई सञ्चालनमा छन्।
निर्देशिका मस्यौदा तयारी समितिमा निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको समेत प्रतिनिधित्व भएकाले सञ्चालकहरुले मापदण्ड पुनः संशोधन हुनुपर्ने अड्को थापेका छन्।
अस्पतालहरुले पुर्याएका सेवालाई सम्मान गर्दागर्दै अटेरीको सीमा नाघेको लोहनीले बताए। ‘स्वास्थ्यकै मान्छेहरुले पनि यसलाई मागिखाने भाँडो बनाए,' उनले भने, ‘अब यो रोकिन्छ।'
अस्पतालहरुले अटेरी जारी राखेमा बन्द गर्न सकिने नसकिने विषयमा गृह मन्त्रालयले मंगलबार आयोजना गरेको ‘प्रकोप पूर्वतयारी सम्बन्धी' बैठकमा समेत छलफल भएको थियो। त्यहाँ स्वास्थ्यका प्रतिनिधिले पनि अस्पताल बन्द गर्न सकिने/नसकिनेभन्दा पनि राज्यको कानुन नमानेपछि बन्द गर्नुपर्ने बताएका थिए।
निर्देशिकाअनुसार अस्पतालहरुले पूर्वाधार तथा मापदण्ड पूरा गरी सार्वजनिक सूचनामा दिइएको अवधिभित्र पूर्वाधार तयारी योजना (भवन प्रबलीकरण वा नयाँ निर्माण योजना) सहित सम्बन्धित निकायसमक्ष निवेदन दिनुपर्छ।
सोही प्रयोजनका लागि स्वास्थ्य मन्त्रालयले गत पुस ३० गते सूचना प्रकाशित गर्दै सबै अस्पताललाई मापदण्ड पूरा गरी पुनः सञ्चालन स्वीकृति लिन निर्देशन दिएको थियो।