सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै छैन
०७ जेष्ठ २०७१
•
७ मिनेट पाठ
सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै छैन
काठमाडौं-सुत्केरी अवस्थामा हुनसक्ने अत्यधिक रक्तस्राव रोक्न र पाठेघरको मुख खुलाउन प्रयोग गरिने औषधि ‘मिसोप्रोस्टल' देशव्यापी अभाव देखिएको छ।सुरक्षित प्रसूति सेवा विस्तार नभएका पहाडी र हिमाली जिल्लामा मातृमृत्युदर घटाउने उद्देश्यले वितरण गरिने यो औषधि झन्डै एक महिनादेखि अभाव छ। 

यो वर्ष प्रयोग गर्नका लागि गएका दुई आर्थिक वर्षमा टेन्डरमार्फत खरिद गरिएका करिब २० लाख चक्की औषधि एकैपटक कम गुणस्तरको पुष्टि भएपछि प्रयोग नगरी फिर्ता गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको थियो। त्यसयता विभागले नयाँ औषधि व्यवस्था गर्न नसक्दा अभाव देखिएको हो। 

मातृ–मृत्युको प्रमुख कारण रक्तस्रावको जोखिम कम गरी घटाउन सरकारले तीन वर्षदेखि ४१ जिल्लामा महिला स्वयंसेविकामार्फत औषधि वितरण गर्दै आएको छ। 
आठ साताकी गर्भवती महिलालाई रक्तस्राव रोक्न महिला स्वास्थ्य स्वयसेविकामार्फत तीन चक्की दिइन्छ। सन् २००५ मा बाँकेमा पाइलट कार्यक्रम सफल भएपछि सरकारले पाँचवटा जिल्ला हुँदै गत वर्ष ३० र यस वर्ष ४१ जिल्लामा यो औषधि वितरण गरिरहेको छ।
कार्यक्रम लागू भएका जिल्लामा वितरणका लागि करिब साढे ६ लाख चक्की औषधि आवश्यक पर्छ। 
‘अहिले स्वास्थ्य संस्थामा मिजोप्रोस्टोलको शून्य स्टक छ,' परिवार स्वास्थ्य महाशाखाका निमिक्त प्रमुख भोगेन्द्र डोटेलले भने।
उनका अनुसार औषधिको चरम अभाव पूर्ति गर्न दातृ निकायहरुको आकस्मिक बैठक राखेर सहयोगको आग्रह गरिसकिएको छ। ‘हामीसँग भएको थोरै बजेटले पनि खरिद प्रक्रिया अगाडि बढाएका छौं,' उनले भने, ‘अब केही सातामा प्रबन्ध गर्न सकिन्छ कि?' 
उनका अनुसार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले केही साताभित्रै २१ हजार चक्की दिने प्रतिबद्धता गरेको छ। यसले करिब एक महिना धान्ने र बाँकी औषधिका लागि प्रयास जारी राख्ने डोटेलले जनाए। अतिरिक्त बजेटमा रहेको करिब १० लाखबाट पनि औषधि खरिद गर्न खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। त्यसका लागि कम्तीमा १० देखि १२ साता लाग्छ। त्यतिबेलासम्म औषधि अभाव कायम रहने अधिकारीहरु बताउँछन्। 
औषधि ठेकेदारलाई कमसल औषधिको सट्टाभर्ना गर्न आग्रह गरे पनि यस सम्बन्धी मुद्दा अख्तियारमा चलिरहेकाले तत्काल सम्भावना नदेखिएको उनीहरुको बताउँछन्। 
सुरुमा प्रत्येक वर्षको आवश्यकता साढे ६ लाखका दरले दुई वर्षका लागि करिब २० लाख औषधि चक्की खरिद गरिएको थियो। पहिलो चरणमा आर्थिक वर्ष ०६७/६८ मा ५ रुपैयाँ प्रतिचक्कीका दरले ७ लाख खरिद गरिएकोमा दोस्रो वर्ष ४२ रुपैयाँ प्रतिचक्कीका दरले १३ लाख चक्की खरिद गरिएको थियो। 
भारतीय उत्पादक कम्पनी ल्याबोरेट फर्मास्युटिकल्स इन्डिया प्रालिले चालु वर्षसहित तीन वर्षका लागि करिब १३ करोडको टेन्डर पारेको थियो। 
कमिसनका लागि कम्पनीबाटै मूल्य बढाएर आवश्यकताभन्दा बढी खरिद गरिएको उजुरीपछि अख्तियारले उक्त खरिद प्रकरण छानबिन थालेको थियो। त्यस क्रममा स्वास्थ्यका पूर्व महानिर्देशकसहित छजनालाई अख्तियारले हिरासतमा लिएर छानबिन गरिरहेको छ भने महानिर्देशक र आपूर्ति व्यवस्था विभागका निर्देशक निलम्बित छन्। 
गत भदौमै एटलस्टमार्फत गरिएको दोस्रो चरण खरिदमा औषधिको बजारबाट नमुना संकलन गरेर औषधि व्यवस्था विभागले परीक्षण गरेर कमसल देखाए पनि वितरण जारी राखिएको थियो। त्यस क्रममा सरकारी प्रयोगशालामा जाँच गर्दा २ सय ग्राम लेखिएको उक्त ट्याबलेट १ सय ५८ ग्रामको मात्र भेटिएको थियो ।

फागुनमा यो प्रकरण सार्वजनिक भएपछि पहिलो चरणमा ल्याब्रोटमार्फत खरिद सम्झौता भएको औषधिको नमुनासमेत परीक्षणमा कमसल प्रमाणित भए पछि आपूर्ति व्यवस्था विभागले प्रयोग नगर्न र स्टक फिर्ता गर्न सम्पूर्ण जिल्लालाई पत्राचार गरेको थियो। आपूर्तिकर्ता दुवै कम्पनीका व्यापारी सञ्जय गुप्ता हुन्। 
औषधि कमसल पुष्टि भएलगतै विभागले दोस्रो चरणमा खरिद औषधिको झन्डै १४ करोड र ३ करोड बैंक ग्यारेन्टीसमेत रोक्का गरेको छ। 
कमसल औषधि बढी मूल्यमा खरिद गर्ने निर्णयमा संलग्न छजनालाई अख्यितारले जेठ २ गते पक्राउ गरी हिरासतमा राखेको छ भने दुईजनालाई निलम्बन गरेको छ। औषधिको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी खरिद गर्ने क्रममा अत्यधिक अनुमानित लागत मूल्य कायम गरी आवश्यकताभन्दा बढी संख्यामा खरिद गरिएको, औषधि गुणस्तरहीन रहेको प्रयोगशाला परीक्षणले पुष्टि गरे पनि आपूतिर्कर्तालाई कुनै कारबाही भएको छैन। बरु बाँकी भुक्तानी गरी करोडौ मूल्य पर्ने गुणस्तरहीन औषधि स्टोरमा थन्क्याएर सरकारी सम्पत्तिको दुरुपयोग तथा हानि–नोक्सानी गरेको सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस