सिमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन्। शुक्रबार ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको बताए।
चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए। उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि.थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
‘अब नेपालको बढेको क्षेत्रफल कति हो त? सविकमा १ लाख ४७ हजार १८१ वर्ग कि.मि. थियो भने कति बढ्यो ? ’उनले भने, ‘यस बारेमा अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन।’