स्वास्थ्यका १२ विरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा
११ जेष्ठ २०७१
•
६ मिनेट पाठ
स्वास्थ्यका १२ विरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा
काठमाडौं-सुत्केरी गराउँदा पाठेघरको मुख खुलाउन र रक्तश्राब रोक्न प्रयोग गरिने सरकारद्धारा निःशुल्क वितरित औषधि मेजोप्रोटोल खरिद प्रक्रियामा भएको अनियामिता संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशकसहित १२ जनाविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।

खरीद,आपूर्ति प्रक्रियाहरूमा संलग्न स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.मिङमार ग्याल्जेन शेर्पा, आपूर्ति व्यवस्था महाशाखाका तत्कालीन प्रमुख डा. नरेश प्रताप के.सी., आपूर्ति व्यवस्था महाशाखाका तत्कालीन वरिष्ठ निर्देशक कृष्णबहादुर चन्द, आपूर्ति व्यवस्था महाशाखा खरीद ईकाइमा कार्यरत पवन कोइरालाविरुद्ध आइतबार मुद्दा दायर गरिएको हो।

 

यसैगरी तत्कालीन आपूर्ति व्यवस्था महाशाखामा कार्यरत जनस्वास्थ्य अधिकृत राम सुन्दर यादव, जन स्वास्थ्य निरीक्षक हेमलाल ज्ञवालीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ द्वारा परिभाषित कसुर अपराध गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

 

आयोगले एटलस मेडिसन कन्सर्नका आपूर्तिकर्ता संजय गुप्ता तथा फर्म धनी विद्या सुवेदीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) बमोजिम कसुर गरेको भन्दै उनीहरु सँग बिगो ६ करोड ३४ लाख ६६ हजार माग गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ द्वारा परिभाषित कसुरको अपराधमा बिगो २९ लाख ७३ हजार ६ सय कायम गरी हदैसम्मको सजायको माग गरेको छ। साथै कन्सर्नका कर्मचारी निर्जना शाह तथा ल्यावरोटर फार्मसिटिकल्स कम्पनिका डाईरेक्टर आदित्य भाटियाले गुणस्तरहीन औषधि उत्पादन तथा आपूर्ति गरी भुक्तानी लिई नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) को कसुर गरेको पुष्टि भएको भन्दै आयोगले बिगो ६२ लाख ७४ हजार ३ सय ८ रुपैयाँ कायम गरी हदैसम्मको सजाय माग गरिएको छ।

 

मुद्दा दायर गरिएका १२ जनालाई सात करोड सत्ताईस लाख तेह्र हजार नौ सय आठ रूपैयाँ बरावरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन साथै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.लखनलाल साहको हकमा सरकारका विशिष्ट श्रेणी सरहका पदाधिकारी भएकोले ऐनको दफा २४ बमोजिम थप सजायहुन समेत आयोगले माग गरेको छ।

 

अख्यितारले हालका महानिर्देशक डा.लखनलाल शाह र आपुर्ति व्यवस्था महाशाखाका निर्देशक डा.ताराप्रसाद पोखरेललाई निलम्बनका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ।

 

अख्तियारले हिरासतमा लिएकामा पूर्व महानिर्देशक डा.मिङमार गेल्जेन शेर्पा, हाल राष्ट्रय यौन रोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख डा.नरेश प्रताप के.सी., वरिष्ट जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर चन्द, जनस्वास्थ्य अधिकृत पवनप्रसाद कोईराला, जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव, जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवाली छन्।

 

थप अनुसन्धान गर्नुपरेकाले हिरासतमा राखिएको अख्तियारले विज्ञाप्तिमार्फत् जनाइएको छ। त्यसैगरी अनुसन्धानका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.लखनलाल साह तथा आपुति र्व्यवस्था महाशाखा टेकूका प्रमुख डा. तारानाथ पोखरेलसमेतको संलग्नता रहेको पाइएकोले निजहरुलाई जिम्मेवार पदमा बहाल मै राखिरहँदा प्रमाण लोप वा नष्ट गरी अनुसन्धानलाई प्रभावित बनाउने सक्ने भएकोले निलम्बनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निलम्बन सिफारिश गरिएको छ। यसअघि अख्यितारले गत फागुनमा सो केशमा पाँच जनालाई निलम्बन गरेको थियो।

 

उनीहरु सबैलाई औषधिको अन्तराष्ट्रिय स्तरको आह्वान गरी खरीद गर्ने क्रममा गुणस्तरहीन औषधि खरिद गरेकोलगायतका आरोप छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस