भेरी–बबई आयोजनाः सुरुङ परीक्षणविनै निर्माण कम्पनीलाई उन्मुक्ति
०५ भदौ २०७८
•
३ मिनेट पाठ
भेरी–बबई आयोजनाः सुरुङ परीक्षणविनै निर्माण कम्पनीलाई उन्मुक्ति
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुरुङको परीक्षणविनै निर्माण कम्पनीले तयार पारेको प्रारम्भिक कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको पाइएको छ। भेरी नदीको पानी बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत उत्पादन गर्ने तथा बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिंचाई सुविधा पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो आयोजनामा नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीवीएम) प्रयोग गरिएको थियो।  




भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माणका लागि सिंचाई विभागले चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सम्झौता गरेको थियो। हालसम्म ९ अर्ब ८८ करोड रुपैयाँ आयोजनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ।  

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणविनै कार्य सम्पादन प्रतिवेदन स्वीकार गरेको औल्याइएको छ। ‘सुरुङभित्रको ग्राउटिङको अवस्था, चुरे तथा महाभारत रेन्जमा निर्मित सुरुङमा रहेको चट्टान तथा अन्य भौगोलिक अवस्था र सुरक्षितपनाको सुनिश्चितता, सुरुङमा पानी भरी केही समय राखी सकेपछि गुणस्तर यकिन हुने पक्षमा आयोजनाले ध्यान पुर्‍याएको देखिएन्,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाले २०७७ भदौ १७ मा कार्य सम्पादन प्रतिवेदन स्वीकार गरी सुरुङमा पानी भरेपछि भौगोलिक कारणले आउने क्षति, जोखिम तथा सुरुङको गुणस्तर सम्वन्धमा निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको देखियो।’  

महालेखा परीक्षकको कार्यालयले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यमूलक लेखा परीक्षण गरेको थियो। लेखा परीक्षण प्रतिवेदनमा सुरुङको त्रुटि सच्याउने अवधि बढाउन र सुरुङ निर्माण गुणस्तरयुक्त भएको सुनिश्चित गरिनुपर्ने औल्याएको छ। ‘ठेक्काको त्रुटि सच्याउने अवधि ३६५ दिन भए पनि मूल नहरको हेडवर्क र सुरुङ निर्माण कार्य संगसंगै नगरेकोले सो व्यवस्था पालना हुने स्थिति देखिएन्,’ प्रतिवेदनमा भनिएको छ, ‘त्रुटि सच्याउने अवधि बढाउनुको अलवा सुरुङमा पानी पठाई सुरुङको निर्माणकार्य गुणस्तरयुक्त भएको सुनिश्चित हुनुपर्दछ।’

५१ हजार हेक्टर भन्न मिल्दैन

भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टरमा बाह्रैमास सिंचाई सुविधा पुर्‍याउने गरेर आयोजनाको निर्माणकार्य थालिएपनि बबई सिंचाई परियोजनाको स्रोत र सिंचित क्षेत्रलाईसमेत भेरी–बबई डाइभर्सन आयोजनाले आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको छ । बबई सिंचाई योजनाले ३६ हजार हेक्टरमा सिंचाई सुविधा पुर्‍याउँदै आएको छ ।  

‘बबई सिंचाई आयोजनाको कमाण्ड एरिया ३६ हजार र सो योजनाले समेट्न नसकेको थप १५ हजार हेक्टरमा वर्षभरी सिंचाई सुविधा पुर्‍याउन भेरी नदीको ४० क्यूसेक पानीलाई सुरुङको माध्यमबाट बबई नदीमा पुर्‍याउने उद्देश्यले भेरी–बबई डाइभर्सन आयोजना सञ्चालित छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा बबई सिंचाई आयोजनाको स्रोत र सिंचित क्षेत्रलाई यस आयोजनाको कार्यक्षेत्रमा गणना गरेकोले दोहोरो गणना गरी आयोजना संभाव्य देखिएकोमा थप विश्लेषण भएको छैन् ।’

राष्ट्रिय गौरवको भेरी–बबई आयोजनाले बाह्रै महिना सिंचाई सुविधाबाट कृषिको व्यवसायीकरण, कृषि उद्योग स्थापना, जग्गाको चक्लाबन्दीकरण जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेपनि कार्यान्वयन नभएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ ।  

‘उक्त कार्यहरु बबई सिंचाई आयोजनाबाट सम्पादन गर्ने लक्ष्य राखिएपनि जिम्मेवारी दिइएको छैन्,’ प्रतिवेदनमा भनिएको छ, ‘भूमि, पानी, उत्पादन र उत्पादकत्वबीच अन्योन्यास्रित सम्वन्ध कायम राख्न सिंचित क्षेत्रको मापदण्ड तयारी र कार्यान्वयनसँगै सिंचित हुने कृषि भूमिको दीगो रुपमा संरक्षण गर्न ध्यान दिनुपर्दछ।’

आयोजना समयमै सम्पन्न हुने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ। ‘हालसम्मको प्रगतिस्थित हेर्दा आयोजनाको सम्पूर्ण कार्य गुरुयोजनाले लक्षित गरेको समयमा सम्पन्न हुने देखिँदैन्,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको कुल कार्य मध्ये मूल नहर निर्माण तथा पक्की गर्ने कार्य १४.८ किलोमिटर, शाखा उपशाखा नहर १२१.६७ किलोमिटर, सर्भिस रोग विस्तार ११०.९३ किलोमिटर र पक्की नहर निर्माण १८।१ किलोमिटर बाँकी देखिन्छ।’ आयोजनाले भौतिकतर्फ ५२.१२ प्रतिशत र वित्तियतर्फ ४४.७७ प्रतिशत प्रगति गरेको उल्लेख छ।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
११ मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस