काठमाडौं - महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी रमेश खरेलको सरुवाको विषयमा आज निर्वाचन आयोगमा छलफल हुने भएको छ। खरेललाई हेर्डक्वार्टर सरुवा गर्दा निर्वाचन आचार संहिताका कारण रोक लागेपछि गृहले निर्वाचन आयोगलाई पत्राचार गर्दै सरुवा स्विकृत गर्न आग्रह गरेको थियो।गृहको पत्रमाथि आज ४ बजे छलफल हुन लागेको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए। बैठकले उनको सरुवाका लागि स्विकृत दिने या नदिने निर्णय गर्नेछ।
नेपाल प्रहरीको एआइजी बढुवामा पैसाको चलखेल तथा दलीय प्रभाव रहेको अभिव्यक्ति दिएपछि खरेल विवादमा मुछिएका हुन्। यसै विषयलाई लिएर प्रहरी डिआइजी विज्ञानराज शर्माको नेतृत्वमा नेपाल प्रहरीले तीन सदस्यीय छानविन समिति गठन गरेको छ। खरेलको अभिव्यक्तिको सत्यतथ्यता तथा उनको पदीय मर्यदा सहि भए नभएको समितिले पहिचान गर्ने छ।