‘व्यवस्थित पोखरा बनाउन बजेट देऊ'
१७ जेष्ठ २०७१
•
६ मिनेट पाठ
‘व्यवस्थित पोखरा बनाउन बजेट देऊ'
पोखरा-निकट भविष्यमा आउने अर्को वर्षको बजेटमा पोखरालाई व्यवस्थित सहर बनाउने रकम छुट्याउन सरकारसँग स्थानीयले माग गरेका छन्। क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्कापक्की भएकाले त्यसपछि सहरलाई व्यवस्थित बनाइनुपर्ने उनीहरुको भनाइ छ।‘विमानस्थल बनेपछि यहाँका बाटाघाटा चौडा हुनुपर्छ,' नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘सहरमा हरियाली र पार्कहरु बनाएर अन्तर्राष्ट्रिय स्तरका पर्यटक तान्नुपर्छ।' उनका अनुसार केही वर्ष लगातार बजेट छुट्याएर ३/४ अर्ब दिने हो भने पोखरालाई व्यवस्थित बनाउन सकिन्छ। भन्छन्, ‘एयरपोर्ट बनाउन २४ अर्ब खर्च हुँदैछ भने पोखरालाई व्यवस्थित बनाउन ३/४ अर्ब छुट्याउनु सरकारका लागि कुनै गाह्रो काम होइन।'
एयरपोर्ट बन्ने ३ वर्षकै समयभित्र पोखरालाई व्यवस्थित सहर बनाउने उद्देश्य राखेर आउँदो बजेटदेखि नै रकम छुट्याउन सुरु गर्नुपर्ने मुल्मी बताउँछन्। पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनीसँग सरकारले अघिल्लो साता सम्झौता गरिसकेको छ। 
पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्य भुजेल र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव कोइराला पनि व्यवस्थित सहर पोखराको निर्माणमै सरकारले ध्यान दिनुपर्ने बताउँछन्। ‘पोखराको सौन्दर्य बढाउन बजेट छुट्टिनुपर्छ,' भुजेलले भने। यहाँको सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवातालको संरक्षण, पार्कहरु निर्माणमा तत्काल बजेट चाहिने उनले बताए। पर्यटन उद्योगमा खड्किएको दक्ष जनशक्ति अभाव पूरा गर्न पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘सिटिइभिटीलाई अपग्रेड गरेर जनशक्ति उत्पादन बढाउनुपर्छ,' भुजेलले भने। 
उद्योग वाणिज्य संघ अध्यक्ष कोइराला पोखरा र आसपासमा कृषि, पर्यटन र ऊर्जामा सम्भावना रहेकाले त्यसैमा केन्द्रित रहेर बजेट दिइनुपर्ने बताउँछन्। भन्छन्, ‘प्रकृतिले दिएकाले मात्रै सबैलाई आकर्षण गर्दैन। त्यसैले पोखराको ब्युटिफिकेसनमा लगानी गरेर पर्यटक तान्नुपर्छ।' 
पृथ्वीराजमार्ग खण्डमा पर्ने विजयपुर खोलाको पुलले मात्रै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि धान्न नसक्ने हुँदा वैकल्पिक मार्ग बनाउनुपर्ने खाँचो स्थानीयले देखिसकेका छन्। ‘त्यहाँ अरु ४ वटा पुल चाहिन सक्छन्,' पोखराका पूर्वउपमेयर तीर्थ श्रेष्ठ भन्छन्, ‘एयरपोर्ट बनेपछि थुप्रै वैकल्पिक मार्ग चाहिन्छ। तनहुँका खैरनीटार, दुलेगौंडा र दमौलीसम्म पुग्ने फराकिला सडक बन्नुपर्छ।' 
पाँच करोड रुपैयाँमात्रै आन्तरिक आम्दानी गर्न सफल जिल्ला विकास समितिले पोखरालाई चाहिने ठूला पूर्वाधार निर्माणमा लगानी गर्नसक्ने अवस्था छैन। आफूले लगानी गर्न नसक्ने पूर्वाधार निर्माणका लागि सरकारसँगै माग गरिँदै आएको जिविसका योजना अधिकृत निशानराज गौतम बताउँछन्। ‘स्थानीय स्रोतबाट कार्यान्वयन गर्न सम्भव नहुने योजनाको प्रक्रिया अघि बढाउन केन्द्रीय निकायलाई अनुरोध गर्ने निर्णय जिल्ला परिषदले गरिसकेको छ,' उनले भने। 
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पोखरेलीले पहिलो आवश्यकतमा राख्दै आएका छन्। तर, पर्यटकीय बसपार्कसमेत गतिलो छैन। पर्यटन बसपार्कको पनि उस्तै बिजोग छ। सबैलाई खुसी पार्ने गरी परम्परागत ढंगबाट आउने बजेटबाट कुनै सहरको मात्र नभई देशकै विकास हुँदैन भन्छन् मुल्मी, ‘केही महत्वपूर्ण पूर्वाधारमा लगानी गर्ने गरी बजेट आउनुपर्छ,' उनले भने। राजधानीबाहिर पनि राष्ट्रियस्तरका पूर्वाधार सार्नुपर्नेमा उनको जोड छ। आसन्न सार्क सम्मेलन नै काठमाडौंबाहिर आयोजना गर्न नसके पनि त्यसका केही गतिविधि पोखरामा गरेर यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनले बताए। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पोखरामा बनाउन सके ठूला सभासम्मेलन आयोजना गर्न काठमाडौंकै भर पर्नुपर्दैन,' उनले भने। 
पोखरालाई पर्यटन राजधानी भनिए पनि पर्यटन बोर्डको क्षेत्रीय कार्यालयमा खास बजेट नआउने भुजेलको गुनासो छ। ‘क्षेत्रीय कार्यालयलाई बजेट दिने र पोखरा पर्यटन परिषदको समन्वयमा कार्यक्रम गर्ने व्यवस्था हुनुपर्छ,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस