'अन्यायमा परेको' भन्दै सिफारिस चरणमा रहेका शाखा अधिकृत परीक्षार्थीद्वारा आयोग र मन्त्रालयमा ज्ञापन पत्र
१० भदौ २०७८
•
२ मिनेट पाठ
'अन्यायमा परेको' भन्दै सिफारिस चरणमा रहेका शाखा अधिकृत परीक्षार्थीद्वारा आयोग र मन्त्रालयमा ज्ञापन पत्र
लोक सेवा आयोगद्वारा सञ्चालित सबै चरणका परीक्षाहरू सकेर सिफारिसको पर्खाइमा बसेका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका परीक्षार्थीहरुले लोक सेवा आयोगका अध्यक्ष र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन्।  




परीक्षार्थीहरुले बुधवार आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र मन्त्रालयका सचिव एक नारायण अर्याललाई भेटेर छुट्टाछुट्टै ज्ञापन बुझाएका हुन्। स्थानीय तथा प्रदेशमा समायोजित शाखा अधिकृतहरूले दायर गरेको रिट निवेदन उपर अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले ‘निवेदकहरू जतिको पदसंख्यामा ज्येष्ठता समेतका मापदण्ड पूरा भएका कर्मचारीको पद मिलान नभएसम्म उक्त पद सङ्ख्यामा पदपूर्ति नगर्नु नगराउनु’ भनेसँगै उनीहरूले सम्पूर्ण चरणको परीक्षा सम्पन्न गरिसकेको अवस्थामा विज्ञापनबाट पदसंख्या कटौती नगर्न ज्ञापन पत्र बुझाएका हुन्।

'लोक सेवा आयोग ऐन, २०६६ को दफा २८ को व्यवस्थाले परीक्षा भइसकेको विज्ञापनको हकमा पदपूर्तिको सुनिश्चितता गरेको स्मरण गराउँदै लोक सेवा आयोग आफैँले प्रकाशित गरी सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको विज्ञापनमा संशोधन नगर्नेमा हामीहरू विश्वस्त छौं,' बुधबार  ज्ञापन पत्र बुझाउन कमलपोखरी स्थित एक परीक्षार्थीले भने।

'सर्वोच्च अदालतको मिति २०७८(०४(२५ को आदेशअनुसार रिट निवेदक ३४ जनाको सङ्घमा समायोजन भइसकेको बुझिन आएको छ। निज निवेदकहरू सङ्घमा समायोजन भएका कारण हामीलाई लोक सेवा आयोगको सिफारिसबमोजिम पद मिलानमा समस्या भएको खण्डमा निजामती सेवा ऐन, २०४९ को दफा १८ ९घ० तथा निजामती सेवा नियमावली, २०५० को नियम ३४ ग बमोजिम अतिरिक्त समूहमा रहने सम्बन्धी व्यवस्था रहेको छ,' आयोगमा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ।

'लोक सेवा आयोगमा माग गरिएको पदमा कुनै कारणले पहिला नै पदपूर्ति भइसकेको वा पद नै नरहेको अवस्थामा उक्त कानुनी व्यवस्थाबमोजिम दरबन्दी मिलान गर्ने दायित्व सामान्य प्रशासन मन्त्रालयको नै हो।' २०७६ माघमा प्रथम चरण र २०७७ पुषमा द्वितीय चरणको लिखित परीक्षामा सहभागी परिक्षार्थीहरुमध्ये २०७८ असार २१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा उत्तीर्ण ६३१ जना शाखा अधिकृत पदका परीक्षार्थीहरूको यही भदौ ८ गते अन्तर्वार्ता परीक्षा सकिएको थियो ।

लोक सेवा आयोगमा रिक्त पदको विवरण  सामान्य प्रशासन मन्त्रालयले नै पठाएको र सोही पदसंख्याको आधारमा लोक सेवा आयोगले रिक्त पदमा दरखास्त दिन आव्हान गरेअनुसार आफूहरू परीक्षामा सहभागी भएकोले सबै चरणको परीक्षा समेत दिई योग्यताक्रमको आधारमा हुने अन्तिम सिफारिसको नतिजा पर्खिरहेको अवस्थामा उक्त पदसंख्यामा सिफारिस हुन पाउनु आफ्नो अधिकार भएको मन्त्रालयका सचिव अर्याललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।

'लोक सेवा आयोगमा माग पदसंख्या पठाउँदा मन्त्रालय नै पठाएको हुँदा उक्त कुराको व्यवस्थापन गर्ने जिम्मेवारी पनि मन्त्रालयको नै भएकोले मन्त्रालयले जे जसरी भए पनि हामीलाई अन्यायमा नपार्ने गरी निर्णय गर्छ भन्नेमा विश्वस्त  छौं।'
अर्को समाचार
लोक सेवा आयोगमा रिक्तताको अन्तरकथा
१९ वैशाख २०७८
•
६ मिनेट पाठ
लोक सेवा आयोगमा रिक्तताको अन्तरकथा
सात दशक लामो समयदेखि नै नेपालमा सरकारी जागिरको एकमात्र भरोसा योग्य निकाय लोक सेवा आयोग रहेकामा पछिल्लो समय आयोग पदाधिकारीविहीन बनेपछि यसलाई लिएर सरकार रसत्तारुढ दलप्रति प्रश्न उठ्न थालेको देखिन्छ। कतै सरकार नै लोक सेवा आयोगलाई फेल गराउन त लागिपरेको छैन अर्थात राज्यका अन्य अंग त्यसमा पनि संवैधानिक भनिएका अंगमा समेत राजनीतिक नियुक्तिले गर्दा थला पर्दै गएको अवस्थामा अब लोक सेवा आयोगलाई पनि यस्तै हर्कत गरेर आफ्नो कब्जामा पार्ने रणनीति त होइन भनेर प्रश्न उठेको देखिन्छ। हाल लोक सेवा आयोगमा के/कति अनि कसरी रिक्तता छायो र यो रिक्तताको तत्कालीन र दीर्घकालीन दुष्परिणाम के के हुन सक्छन्? नियुक्ति, रिक्तता र अबको विकल्प के हुन सक्छ भन्नेबारे यस आलेखमा चर्चा गरिएको छ।




निरन्तर सरकारी बेवास्ता

नेपालको संविधान २०७२ को धारा २८४(३) मा संवैधानिक नियुक्तिसम्बन्धी प्रावधान छ जसमा भनिएको छ– संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ। तर लोक सेवा आयोगमा अध्यक्षसहित पाँच जना पदाधिकारीको कार्यकाल एकैपटक सकिएर आयोग पदाधिकारविहीन हुँदासमेत सरकार र स्थायी संरचनासमेत रहेको संवैधानिक परिषद् यसबारे बेखबर जस्तै देखिन्छ।

सरकारले बेवास्ता गर्नुका पछाडि अन्य धेरै कारण भए पनि अन्य संवैधानिक निकाय जस्तो लोक सेवा आयोग सरकारले विपक्षीलाई तर्साउने हतियार बन्ने अवस्था नदेखिनु, सरकारको आदेश पालक निकाय नबन्नु अझ कतिपय अवस्थामा राजनीतिक नियुक्ति हुने संस्थानहरूमा लोक सेवाले परीक्षा सञ्चालन गर्न थालेपछि सरकारले कार्यकर्तालाई जागिर खुवाउन नपाएर थप टाउको दुखाइ बन्दै आएको देखिन्छ।

आयोगले बढुवाका लागि गरेका सिफारिसहरू सरकारले लत्याउँदै वरियताक्रम मिचेर नियुक्ति गर्नेदेखि आफू निकटका लागि एक महिनाकै लागि तर इतर विचार र समूहका नाममा सरकारले धेरैपटक आयोगको सिफारिस वरियताक्रम मिचेको उदाहरण देखिएकै हुन।

उम्मेदवारको भावनामाथि प्रहार

लोक सेवा आयोग पदाधिकारीविहीन हुनेबित्तिकै हाल लोक सेवाले सञ्चालन गर्ने निजामतीदेखि सार्वजनिक संस्थान, सुरक्षा निकायलगायतका कर्मचारी भर्ना र बढुवाका साथै पदपूर्ति रोकिएका छन्। लोक सेवा आयोगले वार्षिकरूपमा निकालेको कार्यतालिका प्रभावित बन्ने भएको छ । यसको दूरगामी प्रभाव देशको सार्वजनिक प्रशासनमा पर्ने देखिन्छ। देशमा राजनीतिक अवस्था जे÷जस्तो भए पनि देशको दैनिक प्रशासन सञ्चालन, सेवा प्रवाहदेखि सुरक्षा प्रबन्ध गर्ने तथा विधि र व्यवस्था कायम गर्न निजामती, प्रहरी, सेनालगायतका संगठनको महत्वपूर्ण भूमिका हुने भएकाले लोक सेवामा भएको पदाधिकारी रिक्ततालाई सम्बन्धित सबैले विशेष महत्वका साथ लिनुपर्छ ।  

लोक सेवा आयोगमा अब नयाँ पदाधिकारी नियुक्त नभएसम्मका लागि संघीय सरकारअन्तर्गतका एकाइहरूमा कार्यरत निजामतीदेखि संगठित संस्था र सुरक्षा निकायका जनशक्तिको लिखित तथा मौखिक परीक्षा, नतिजा प्रकाशन, नियुक्ति, बढुवालगायत प्रक्रिया रोकिएको छ । लोक सेवा आयोगको पछिल्लो सूचनाले पनि यो कुरा पुष्टि गर्छ। हालै मात्रै आयोगले एक सूचना प्रकाशित गरी खरिदारको परीक्षा स्थगित गरिसकेको छ। यसरी पदपूर्ति र बढुवा रोकिँदा यसको दीर्घकालीन र मनोवैज्ञानिक दुवै असर पर्ने देखिन्छ। निजामती सेवा योग्यता प्रणालीमा आधारित सेवा हो। यो निश्चित योग्यता र उमेरको मापदण्डमा सञ्चालित छ। सेवा प्रवेशदेखि अवकाशसम्म निश्चित उमेर निर्धारण गरेको र सेवा प्रवेशपछि पदसोपानमा आधारित शृंखला भएकाले माथिल्लो पदमा बढुवा हुन नपाउने अवस्था आउँदा त्यसको मनोवैज्ञानिक असर के र कति पर्ला भनेर सहजै अनुमान लगाउन मुस्किल पर्ने देखिन्छ।  

आयोग पदाधिकारीविहीन भएकै कारण कुनै बढुवाको मुखमा पुगेका कतिपय कर्मचारी त्यतिकै सेवाबाट अवकाश लिएर घर फर्कनुपर्नेसमेत हुन्छ । निजमती सेवाको पदसोपानमा पदको ठूलो महत्व हुन्छ। यसरी स्वाभाविकरूपमा हुने वृत्ति विकासको अवसरबाट वञ्चित हुन पुग्दा उनीहरूले सारा जीवन सरकारी सेवामा बिताएको दुर्गमदेखिको अनुभव लिएर आफ्नो कपाल फुलाएका जनशक्तिलाई यो ठूलो अन्याय गरेको अवस्था हो। लोक सेवा आयोगमा पदाधिकारी रिक्त हुनु भनेको कसैको जागिर वा वृत्ति विकासको कुरा जस्तो मात्रै देखिए पनि राज्यको शासन–प्रशासन सञ्चालनमा यसको सोझो सम्बन्ध छ । तोकिएको उमेर हदका कारण सेवामा रहेको कर्मचारी निवृत्त हुँदै जाने तर त्यसमा नयाँ भर्ना नहुने भएकाले यसबाट राज्यको कामकाज र सेवा वितरण पनि प्रभावित हुन्छ । कानुन कार्यान्वयमा समेत असर पर्छ ।  

तत्काल नियुक्तिका जटिलता

हालै मात्र सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसको आडमा गरिएको सिफारिस तथा नियुक्तिपछि सिर्जित राजनीतिक–कानुनी विवादका कारण लोक सेवामा तत्काल सिफारिस गर्न त्यति सहज पनि देखिन्न । यसको असर समग्र प्रशासनयन्त्रमा परेको छ । लोक सेवा आयोगमा तत्काल पदाधिकारी नियुक्ति गर्न हालका दिनमा केही जटिलता देखिएका छन् । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावनाविपरीत भएको भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले विरोध जनाइरहेका छन्  । अर्को कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका विभिन्न संवैधानिक आयोगमा सोही परिषद्को सिफारिसमा सरकारले पदाधिकारी तथा सदस्यको जबर्जस्ती नियुक्ति गरेपछि प्रधानमन्त्री–सभामुख द्वन्द्व पनि चुलिएको अवस्था छ । सभामुखले सर्वोच्च अदालतमा चुनौती दिँदै रिटसमेत दर्ता भएको देखिन्छ। यस्तो प्रतिकूल अवस्थाका कारण सरकारले सोचविचार गरेर मात्रै आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने देखिन्छ।

संवैधानिक निकाय पूर्वकर्मचारीको क्लब

हाल लोक सेवा जस्ता संवैधानिक निकायमा पूर्वकर्मचारी त्यसमा पनि निजामती सेवाको माथिल्लो पदबाट रिटायर्ड होइन पूरै निजी र सार्वजनिक जीवनबाट टायर्ड भएका कर्मचारी व्यवस्थापन गर्ने थलो अर्थात संवैधानिक निकायहरू पूर्वकर्मचारी फोरम बन्दै गएको देखिन्छ। सरकारलाई प्रभाव पारेर होस् वा सरकार प्रभावित भएर होस्, यस्ता निकायमा रिटायर्ड कर्मचारीको मात्रै हालिमुहाली चल्दै आएको देखिन्छ। कतिपय अवस्थामा त निजामती सेवाको पदमा बहाल भएकै अवस्थामा समेत सिफारिस भएका उदाहरण भेटिएका छन्। एक मिनेट पनि पदबाहिर बस्नै नहुने प्रवृत्ति मौलाउँदै गएको त्यसमा पनि पदमा रहँदा नै गरिएका नियुक्तिले उधारो हैन, नगद त्यो पनि हाताहाती भन्ने प्रवृत्ति इंगित गर्छ।

नेपालमा प्राध्यापकहरू बौद्विक चोरीमा संलग्न भएको भनेर समाचार बनिरहेका छन्। यस्ता बौद्विक चोर अर्थात नैतिकताहीन प्राध्यापकबाट उत्पादित जनशक्ति नैतिकवान हुन्छन् भन्ने परिकल्पना नै बेकार देखिन्छ। हो, यही नैतिकताविहीन मानिस पदलोलुपतामा तल्लीन देखिएका छन्। पदबाहिर रहनै नहुने अनि दोहोरो सुविधा लिएर राज्यकोषलाई अर्बौँ व्ययभार थपिँदै गएको देखिन्छ। कतिपय अवस्थामा सरकारी कर्मचारीले भोलिका दिनमा आफूलाई सुरक्षित व्यवस्थापनको कडीका रूपमा यस्ता संवैधानिक निकायलाई लिने गरेका देखिन्छ।

आफू पदमा बस्दा नै भोलिका लागि सहयोग पुग्ने गरी योग्यताक्रमदेखि मापदण्डसम्म निर्धारण गर्ने प्रवृत्ति देखिन्छ जसले गर्दा यस्ता संवैधानिक निकायमा निजामती र प्राध्यापक भन्दा बाहिरबाट योग्य र कुशल मानिस आउनै नसक्ने अवस्था छ। यसरी बाहिरबाट योग्य र कुशल मानिस आउन प्रतिबन्ध लगाएर पूर्वकर्मचारीको योग्यता र क्षमताको उपयोग भनेर यस्ता निकायबाट संविधानले तोकेको उपलब्धि हासिल हुन नसक्ने देखिन्छ। जो कर्मचारी २० औँ वर्ष निजामती सेवाको पदमा रहँदा कुनै चामत्कारिक काम गर्न सकेन त्यो पनि उसको उमेर कालमा भने रिटायर्ड उमेर त्यो पनि मानसिकरूपमा टायर्ड भएको दाँत झरिसकेको, छाला चाउरिएको व्यक्तिबाट त्यो पनि ५–६ वर्षमा चमत्कार होला भनेर आशा गर्नु नै बेकार देखिन्छ। (जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा कार्यरत।)
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस