काठमाडौं—निर्वाचन आयोगले काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई जिम्मेवारीबाट नहटाउन गृह मन्त्रालयलाई निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयलाई मध्यममार्गी बाटो अपनाउँदै उनलाई एक महिना विदामा राखेको छ।छानबिनका लागि प्रहरी प्रधान कार्यालयमा तानिएका खरेलले मंगलबार प्रहरी प्रधान कार्यालयमा एक महिने बिदाको निवेदन दिए। एआइजी बढुवामा पर्न डिआइजीहरु ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाएको सार्वजनिक अभिव्यक्तिपछि विवादमा मुछिएका खरेलको सरुवा गर्न गृहमन्त्रालयले प्रयास गरे पनि आयोगले सहमति दिएको थिएन। आफ्नो असहमतिपछि खरेललाई हेडक्वाटरमा तानेर राखिएको सूचनाको आधारमा आयोगले सोमबार एसएसपी खरेलललाई काठमाडौं प्रमुखको जिम्मेवारीबाट नहटाउन गृहसचिवलाई लिखित निर्देशन दिएको थियो। काठमाडौं क्षेत्र नम्बर २ को उपनिर्वाचनको मिति घोषणा भएपछि लागू भएको निर्वाचन आचार संहिताअनुसार आयोगको अनुमति बिना निर्वाचन हुने जिल्लाको प्रहरी प्रमुख परिवर्तन पाइँदैन। असार ८ गते उपनिर्वाचन हुँदैछ।
गृहमन्त्री बामदेव गौतम खरेललाई कुनै पनि अवस्थामा काठमाडौंमा नराख्ने पक्षमा उभिएपछि प्रहरी नेतृत्वले उनलाई विदामा बस्न आग्रह गरेको स्रोतले बतायो। नेतृत्वको आग्रहअनुसार खरेलले मंगलबार नै विदाको निवेदन दिएका हुन्।
'म आजबाट एक महिना विदामा बसेँ', खरेलले नागरिकन्युजसँग भने, 'प्रहरी प्रधान कार्यालयमा विदाको निवेदन दिइसकेँ।' पहिलो पटक काठमाडौं प्रहरी प्रमुख हुँदा समेत खरेल यसरी नै एक महिना विदामा बसेका थिए। एसएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै विदामा बसेका उनलाई विदा सकिएपछि प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको थियो।
खरेलको अभिव्यक्तिको छानवीनको हेडक्वाटरले गठन गरेको डिआइजी विज्ञानराज शर्माको समितिले म्याद सोमबार सकिए पनि अझै प्रतिवेदन बुझाएको छैन।