अविरल बर्षासंगै बबई नदीमा आएको बाढीमा बगेर दाङमा एकजनाको मृत्यु भएको छ।
मलामी गएका बेला नुहाउने क्रममा बबई नदीमा बग्दा दंगिशरण गाउँपालिका वडा नम्बर १ बाँकीका ५० वर्षीय बामदेव देवकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
देवकोटा निधन भएका स्थानीय दिलबहादुर रानाको मलामी गएका थिए। नुहाउने क्रममा बाढीमा बगेका उनको स्थानीयले शव निकालेका थिए। ‘मलामी गएको बेला नुहाउने क्रममा उहाँ बग्नु भएको रहेछ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी श्यामु अर्यालले भने, ‘५ सय मिटर तलबाट उहाँको शव स्थानीयले निकालेका रहेछन्।’