बाढी र डुबान: नवलपरासीमा दुईको मृत्यु, एकजना बेपत्ता
११ भदौ २०७८
•
४ मिनेट पाठ
बाढी र डुबान: नवलपरासीमा दुईको मृत्यु, एकजना बेपत्ता
तस्बिरः सामाजिक सञ्जालबाट साभार
बाढी र डुबानमा परेर नवलपरासीमा दुईजनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। नवलपरासीको रामग्राम नगरपालिका १८का ३४ वर्षीय बिनोद पासी र १३ वर्षका प्रदिप पासीको बाढीले बगाउँदा मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरु बाबुछोरा हुन्। आज बिहानै झरही खोलाको पानी परासी बजारमा पसेको थियो।  




एक्कासी घरभित्र बाढी पसेपछि भाग्ने क्रममा उनीहरुलाई घरकै दलानबाट भेलले बगाएको थियो। प्रहरीले खोजी गर्दै जाँदा दिउँसो दुवै जनाको शव घरको केही तल खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले बताए। सुनवल नगरपालिका ४ की १३ वर्षीया बालिका एलिसा तामाङ पनि सम्पर्कविहीन छन्। उनलाई पनि बाढीले बगाएको हुन सक्ने भन्दै खोजी भइरहे पनि फेला नपरेको डिएसपी लामाले बताए।  

नवलपारसी सदरमुकाम परासी बजारमा शुक्रबार बिहानै झरही खोलाको बाढी बस्तीमा पस्दा परासी बजारका करिब डेढ सय घरहरु डुबानमा परेकाे नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए। बजार क्षेत्रमा घरका भुइतला पानीले भरिएको थियो। रामग्राम नगरपालिकाका मेयर नागेन्द्र गुप्ताका अनुसार जिल्ला प्रशासन, जिल्ला प्रहरी, सैनिक व्यारेक, पसल उद्योग तथा सर्वधारणको घरको भूइतलामा २ देखि ५ फुटसम्म पानी छ। घरभित्रै डुबानमा फसेकाहरुलाई नेपाल प्रहरी र सशस्त्रको उद्यार टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको प्रजिअ मिश्रले बताए।

त्यस्तै, नारायणी पारीको सुस्ता गाउँका अधिकांस घरहरु डुबानमा परेको स्थानीय रबिन्द्र जैसवालले बताए। सुनवल र बर्दघाट नगरपालिकाका बस्तीहरु पनि डुबानमा छन्। नवलपरासी प्रहरीका अनुसार प्रतापपुर, सुस्ता सरावल, पाल्हीनन्द लागायतका क्षेत्रमा दर्जन बढी बस्तीहरु जलमग्न छन्। डुबान र कटानमा फसेकाहरुलाई नेपाल प्रहरी र सशस्त्रको उद्धार टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेका छन्।

बाणगंगा, झरही, तुरीया, पानभार लगायतका नदी, खोला र गण्डक नहर/किनारका बस्तीहरु डुबानको चपेटामा परेको प्रजिअ मिश्रले बताए। बस्ती, बजार संगै सयौं बिघा धान खेत पनि डुबानमा पर्दा ठूलो नोक्सानी हुने अनुमान गरीएको छ।  

रुपन्देहीमा एक जना बेपत्ता, १५ घर भत्किए

बाढीमा परेर रुपन्देहीमा एक जना बेपत्ता भएका छन्। १५ वटा घर भत्किएका छन्। सयौं घर डुबानमा परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ३ पिप्रहवाका बब्लु लोधलाई दानव नदीको बाढीले बगाएको हो। २३ वर्षीय लोधलाई खोलामा बगेका दाउरा छोप्न जाँदा बिहानै बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले बताए। थापाका अनुसार उनकाे खोजी कार्य जारी रहेको छ।  

लगातारको बाढीले १५ वटा घर भत्किएको छ। ओमसतिया र रोहीणीमा १४ वटा कच्ची घर भत्किएको थापाले बताए। बुटवलको सिर्जना नगरमा एउटा पक्की घर भत्किएको छ।

ओमसतिया, रोहिणी, मर्चवारी, सम्मरीमाइ, कञ्चन, लुम्बिनी सांस्कृतिक नगरपालिकाका थुप्रै बस्तीहरु डुबान र कटानको चपेटामा छन्।  

भैरहवा, कोटीहवा, तिलोत्तमाको शंकरनगर, भलवारी, शान्तिनगर, बुटवलको बुद्धनगर लगायतका क्षेत्रमा घरभित्रै पानी पसेर बिजोग भएको छ। प्रहरीका अनुसार रुपन्देहीमा करिब एक सय घरपरिवार बाढीका कारण विस्थापित भएका छन्। बाढी र डुबानमा परेकाहरुको उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको डिएसपी थापाले बताए। बुटवल–भैरहवा ६ लेन सडकको साँगुरो नालाका कारण सडक दायाँबायाँका घरहरुमा पनि पसेको छ। ६ लेन सडक संगै जोडिएको कोटिहवा क्षेत्रमा पानीको निकास नहुँदा सिंगो गाउँ नै डुबेको हो।  

लगातारको बर्षाले तिनाउ, रोहिणी, दानव लगायतका नदी किनारका बस्तीहरु बढी जोखिममा रहेकाले सतर्क रहन भनिएको छ। सयौं बिघा खेत डुबान र कटानको चपेटामा छ।  

देवदहमा पुल भासिदा बुटवल–नारायणगढ सडक अवरुद्ध

रुपन्देही, नवलपरासीसहित पाल्पा, गुल्मी अर्घाखाँची लगायतका जिल्लाका विभिन्न स्थानमा पहिरोले सडकहरु अवरुद्ध भएका छन्। रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पुल बाढीले भासिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ। पुल भासिएका कारण वैकल्पिक व्यवस्था नभएसम्म यातायात सूचारु हुन नसक्ने देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गंगाबहादुर सारुले बताए।

पूर्वपश्चिम राजर्मागकै नवलपरासीस्थित सुनवल नगरपालिकाको बडेरा र बर्दघाट नगरपालिकाको लण्डनबृजमा क्षेत्रमा गरी तीन वटा डाइभर्सन बगाइदिएको छ। जसका कारण बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध छ। पूर्वपश्चिम राजमार्गको घोडाहा र नवलपरासीको बडेरा र बर्दघाटमा सडकमा गाडीको लाम छ। सिद्धार्थ राजमार्गको गिट्टीखोलामा पहिरो खस्दा बुटवल–पाल्पा सडक पनि अवरुद्ध छ। अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडक पनि पहिरोले अवरुद्ध भएको छ। 

सिद्धार्थ राजमार्गको पाल्पा–पोखरा खण्ड पनि पहिरोले गएरातीदेखि नै अवरुद्ध छ। गुल्मीको रिडी–रुद्रबेनी सडक पनि पहिरोकै कारण अवरुद्ध रहेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस