स्वास्थ्यमा सूचनाबिनै १३ सय करार भर्ती
२२ जेष्ठ २०७१
•
१२ मिनेट पाठ
स्वास्थ्यमा सूचनाबिनै १३ सय करार भर्ती
काठमाडौं- स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै ननिकाली आन्तरिक निर्णयको भरमा एकैचोटि एक हजारभन्दा बढीलाई स्वास्थ्य सेवाका विभिन्न पदमा करार नियुक्ति दिएको छ।सरकारी नियुक्तिको सर्वमान्य सिद्धान्तकै धज्जी उडाउँदै स्वास्थ्यमन्त्री खगराज अधिकारी र सचिव डा. प्रवीण मिश्रको एकल निर्णयको भरमा १ हजार ३ सय ४७ जनालाई करार नियुक्ति गरिएको हो। 'घर बनाउन मजदुर लिएजस्तो' बिनासूचना र बिनाप्रतिस्पर्धा सरकारी नियुक्ति दिइएको भनी मन्त्रालयभित्रै आलोचना भइरहेको छ।
नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक, प्राविधिक लगायत पदमा आफ्ना 'राजनीतिक कार्यकर्ता' भर्ती गर्न गुपचुप करार नियुक्ति गरिएको मन्त्रालयकै अधिकारी बताउँछन्। स्रोतका अनुसार जेठ १८ गते स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकबाट पचहत्तरै जिल्लाका लागि करार नियुक्ति गर्ने निर्णय भएको थियो। त्यसै आधारमा 'आफ्ना मान्छे' लाई धमाधम निवेदन दर्ता गर्न लगाइयो। एकैजनाले दर्जनौं निवेदन बुझाए। त्यही निवेदन भरमा बिहीबार १ हजार ३ सय ४७ जनालाई करारपत्र थमाइएको हो। केही दिनअघि यसैगरी १ सय ६० जनाको करार नियुक्ति भएको थियो।
मन्त्रालयमा बिहीबार दिनभरि करारपत्र बुझ्न आउनेको भिड थियो। भुइँतलामा रहेको प्रशासन महाशाखाको टेबुलभरि नियुक्तिपत्रको खात देखिन्थ्यो। आएका व्यक्तिका हातमा नियुक्तिपत्र थमाउन महाशाखाका कर्मचारीलाई भ्याइनभ्याइ थियो। केहीलाई 'प्रिन्टरमा टोनर सकिएको छ' भनी फिर्तासमेत पठाइयो।
नियुक्तिपत्र वितरण पनि घर बनाउने ठेकेदारलाई कामदारको जिम्मा दिएजस्तो देखिन्थ्यो। एकैजनाले २०–२५ वटासम्म बुझेर लगेका थिए। 'चिनजानका साथीभाइको नियुक्तिपत्र हो,' ११ जनाको नियुक्तिपत्र बुझेका कास्कीका एक स्वास्थ्यकर्मीले भने, 'सबैलाई लगेर बाँड्नुपर्छ।' यसरी नियुक्तिपत्रको ठेली बुझेर जानेलाई 'करारका दलाल' भनी हाँसो गरिएको थियो।
स्वास्थ्य सेवा ऐनमा 'ज्यालादारी वा करार नियुक्ति गर्न–गराउन नपाइने' स्पष्ट व्यवस्था छ। स्वास्थ्य सेवाको कुनै पदमा योग्यताप्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई दुइटा सर्तमा मात्र करार सेवामा काम लगाउन सकिने ऐनको दफा ८ (ख) मा व्यवस्था छ।
पहिलो, कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण बिदामा रहेको अवस्थामा त्यो अवधिभर। दोस्रो, सेवाको कुनै पद कुनै कारणवश रिक्त हुन गई सोको माग आकृति फारम भरी लोकसेवा आयोगमा पठाइसकेको तर पदपूर्ति भइनसकेको अवधिभर।
मन्त्रालयले आन्तरिक निर्णयका आधारमा हजारभन्दा बढीलाई करार नियुक्ति गर्दा यी दुवै सर्त पालना गरिएको छैन। यहाँ कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण बिदामा गएको अवस्था छैन। लोकसेवामा माग आकृति फारम भरेर पठाइसकेको अवस्था पनि छैन।
नियुक्ति पाएका अधिकांश कर्मचारी चौथो र पाँचौं तहका छन्। स्वास्थ्य सेवा ऐनअनुसार चौथो तहको पदपूर्ति लोकसेवा अञ्चल कार्यालयले नै गर्ने प्रावधान छ। यसमा माग आकृति फारम जिल्लाले भर्ने र नियुक्ति पनि उसैले गर्ने व्यवस्था छ। मन्त्रालयस्तरमा निर्णय गरेर यतैबाट नियुक्तिपत्र दिएर जिल्ला पठाउन पाइँदैन।
पाँचौं तहको कर्मचारीका हकमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले माग आकृति फारम लोकसेवा पठाउँछ। सातौं, आठौं र नवौं तहका लागि मात्र मन्त्रालयले गर्ने व्यवस्था छ।
विगतमा पनि यस्ता पदमा करार जागिर खान निवेदन पर्ने गरेका थिए। स्वास्थ्य सेवा विभागले जुन जिल्लामा रिक्त दरबन्दी छ, त्यहीँ पठाइदिने गरेको उपसचिव पुष्प कटुवालले बताए।
यसबारे प्रतिक्रिया लिन खोज्दा स्वास्थ्यमन्त्री अधिकारी उपलब्ध भएनन्। उनका स्वकीय सचिव लीलाराज पौडेलले भने 'ऐनको प्रावधान टेकेरै नियुक्ति गरिएको' दाबी गरे। 'अझै थुप्रै पद रिक्त छन्, नियुक्ति हुन बाँकी छ,' उनले भने। 
स्वास्थ्यसचिव मिश्र पनि नियुक्ति कानुनबमोजिम भएको दाबी गर्छन्। 'नियुक्तिको अधिकार नेपाल सरकारको हुनेछ भन्ने नयाँ ऐनमा व्यवस्था भएको भनेर प्रशासनले जनाएपछि निर्णय भएको हो,' उनले बिहीबार नागरिकसँग भने, 'अहिले नियुक्ति पाएकाको अवधि लोकसेवाबाट स्थायी पदपूर्ति भएर आएपछि स्वतः सकिन्छ।' आवश्यक परे सम्बन्धित कार्यालय प्रमुखले थप्नसक्ने गरी ६ महिनाका लागि नियुक्ति दिइएको उनले बताए।
'हामीले निवेदन दिएकाजति सबैलाई काखापाखा नगरी जागिर दिएका छौं,' डा. मिश्रले भने, 'मानिसले जागिर खाऊन्, सेवा पनि हुन्छ भनेर गरिएको हो।'
नयाँ ऐन भएकाले विस्तारै क्षेत्र र जिल्लाको अधिकार व्यवस्थित गर्दै लगिने उनले उल्लेख गरे। 'ऐनले स्वास्थ्यकर्मीको पद रिक्त नगर भनेको छ,' उनले भने, 'रिक्त राख्दा स्वास्थ्यकर्मी छैन भनेर होहल्ला गर्ने, नियुक्ति गर्दा पनि आलोचना सुन्नुपर्ने, केही गर्दा सुख नपाइने भो!' 
यतिमात्र होइन, बिहीबार बाँडिएको करारपत्रको व्यहोरा पनि 'लिगलिगे दौड' पाराको छ, जो पहिला कार्यक्षेत्र पुग्यो, उसैले जागिर पाउने।
'तपाईंले करार सेवामा रहेर काम गर्नलाई दिनुभएको निवेदनका आधारमा पदरिक्त नभए स्वतः नियुक्ति बदर ठहरिने र रिक्त पदसंख्याभन्दा बढी हुन गए पहिला कार्यालयमा उपस्थित हुनेले प्राथमिकता पाउनेछ,' कर्मचारी प्रशासन महाशाखाले जारी गरेको पत्रमा उल्लेख छ।




'पदरिक्त नभए नियुक्ति हुनेछैन भन्नुको मतलब स्वास्थ्यलाई कहाँ–कहाँ पदरिक्त छ र थप कर्मचारीको खाँचो छ कि छैन भन्नेसम्म जानकारी छैन,' स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले नागरिकसँग भने, 'रिक्त पद संख्याभन्दा बढी हुन गए पहिला पुग्नेलाई जागिर दिइने व्यहोराले लिगलिगे दौड प्रवृत्ति झल्काउँछ।'
पत्रमा सम्बन्धित कार्यालय प्रमुखले आर्थिक वर्ष २०७१/७२ को करार सम्झौता सोझै नवीकरण गर्नसक्ने व्यहोरा उल्लेख छ। यसबाट अहिले ६ महिनाको करार भनिए पनि उनीहरूलाई लामो समय टिकाइरहने मनसाय देखिने घिमिरेले बताए।
'प्रक्रिया नपुर्याेई प्रशासनिक संयन्त्र हातमा लिएर सम्पूर्ण स्वास्थ्य सिस्टमलाई राजनीतिकीकरण गर्न खोजिएको छ,' उनले भने, 'मन्त्री र सचिवले स्वास्थ्य सेवामा आफ्ना राजनीतिक कार्यकर्ता र नातागोता छिराएर भर्तीकेन्द्र बनाएका छन्।' एकैदिन बिनाप्रक्रिया यति ठूलो नियुक्ति दिनु स्रोतसाधन र अख्तियार दुरुपयोग भएको उनले जिकिर गरे।
स्वास्थ्य सेवा ऐनको दफा ८ (२) मा कसैले कुनै व्यक्तिलाई कानुनी आधारबिना नियुक्ति गरे उसले पाएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम नियुक्तिकर्ताबाटै असुलउपर गर्ने व्यवस्था छ।
लोकसेवा आयोगले आफ्नो तर्फबाट स्वास्थ्य सेवाको रिक्त दरबन्दी पूर्ति गर्ने कार्य जारी राखेकै बेला मन्त्रालयले एकतर्फी रूपमा करार नियुक्ति गरेको हो। २०६३ को राजनीतिक परिवर्तनसँगै राज्यले समावेशी नीति अवलम्बन गरेको र त्यसअनुसार स्वास्थ्य सेवा ऐन संशोधन हुन नसक्दा स्वास्थ्यमा लामो समय कर्मचारी पदपूर्ति रोकिएको थियो। करिब ३० हजार दरबन्दी रहेको स्वास्थ्यमा ४ हजार हाराहारी दरबन्दी रिक्त थियो।
गत वर्ष बाबुराम भट्टराई सरकारले अध्यदेशमार्फत ऐन संशोधन गरेपछि स्वास्थ्य ऐनमा पनि समावेशी व्यवस्था गरेर स्थायी प्रक्रियाको बाटो खुलेको थियो। यसै क्रममा प्रत्येक महिनाजस्तो स्वास्थ्यमा स्थायी पदपूर्ति भइरहेको छ। यस्तो बेला करार नियुक्तिको औचित्य नभएको घिमिरे बताउँछन्।
स्रोतअनुसार मन्त्री अधिकारीले जिम्मेवारी पाएको एक महिनामै ९ सय ४६ जनाको नियुक्ति प्रक्रिया अघि बढाएका थिए। विभागका तत्कालीन महानिर्देशक डा. लखनलाल साह भने 'आफ्नो अधिकारक्षेत्र नभएको' भन्दै पन्छिए। त्यसलगत्तै सचिव मिश्र पनि पन्छिएका थिए। यही कारणले मन्त्री र सचिवबीच लामो समय मनमुटाव भएको स्रोत बताउँछ। पछिल्लोपटक दुवैजना जेनेभा भ्रमणबाट फर्किएपछि नियुक्तिको तालमेल मिलेको हो। यसका लागि सचिवतर्फबाट करिब चार सय नाम थपेर सूची स्वीकृत गरिएको स्रोतको दाबी छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस