काठमाडौं- एमाओवादी र साना दलका केही बाहेक अन्य दलका बहुमत सभासद अनिवार्य सैनिक तालिमको विपक्षमा देखिएका छन्। आज बिहान सम्पन्न संवैधानिक राजनीतिक सम्बाद समितिको बैठकमा सो विषयमा छलफल हुँदा अधिकांश सभासद विपक्षमा उभिएका हुन्।उनीहरुले सबै नागरिकलाई अनिवार्य सैनिक तालिम दिँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने र अहिलेको आवश्यकता समेत नभएको बताएका छन्।
बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ठूला राष्ट्रसामु सैनिक लडाईं गर्न नसकिने र कुनै समस्या आए कूटनीतिक पहलबाटै सुल्झाउनुपर्ने धारणा राखेका थिए।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि अनिवार्य सैनिक तालिम अहिले आवश्यक नभएको बताए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहलले भने अघिल्लो संविधान सभाले टुङ्ग्याइसकेको विषयलाई पुनः छलफलमा ल्याएको भन्दै आश्चर्य व्यक्त गरे।
संवैधानिक सम्वाद समितका सभापति बाबुराम भट्टराईले भने आज १८ जनाले मात्र धारणा राखेको र त्यसको पक्ष विपक्षमा धारणा राख्ने क्रम जारी रहेको बताए। समितिको अर्को बैठक जेठ ३० गते बस्नेछ।