संघिय राजधानी छिर्ने मुख्य नाका नौबिसे नागढुङ्गा सडक पुनः अवरुद्ध भएको छ। लगातार परेको पानीसँगै पहिरो जाँदा त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडकखण्डमा पहिरो जादाँ सोमबार बिहानैदेखि सडक अवरुद्ध छ। धादिङ र काठमाडौँको सिमानामा पर्ने नागढुङगा नजिकै चिसापानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपमा ठप्प छ भने सवारी साधनको लाम लागेको छ। डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ। आइतबार पनि बिहानैदेखि पहिरो जादाँ नागढुङ्गा नौबिसे सडकखण्ड अवरुद्ध भएको थियो। अवरुद्ध सडक सडक विभागको डोजरको सहायताले दिउँसो खुलाएपनि सोमबार बिहानैदेखि पुनः अवरुद्ध भएको छ ।
साधुरो, उकालो र मोड धेरै भएका कारण अन्य समयमा पनि सो क्षेत्रमा सवारी साधनको चाप बढी हुने गरेको छ। पृथ्वी राजमार्गको गल्छी गाउँपालिका वडा नं ७ स्थित डल्टार जाने शाखा सडक नजिकै आइतबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।