राराताल जाने सडकमा पहिरो, यातायात सेवा ठप्प
१४ भदौ २०७८
•
३ मिनेट पाठ
राराताल जाने सडकमा पहिरो, यातायात सेवा ठप्प
कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य राराताल जाने सडकमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ। जुम्ला सदरमुकाम खलंगाबाट उर्थुचौतारा हुँदै रारा ताल जाने छोटो सडकमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको हो। सदरमुकाम खलंगाबाट उर्थु हुदै रारा जान तीन घण्टा मात्र लाग्छ। छोटो सडक हुँदै राराताल जाने भएकोले यो सडक पर्यटकको रोजाईमा पर्छ।  




पातारासी गाउँपालिका ६ घाडासैन नजिकै सडकमा पहिरो गएको छ। अहिले सम्म पहिरो पन्छाउने कार्य शुरु भइसकेको छैन। पहिरो गएपछि पर्यटक बोक्ने गाडी आवतजावत हुन नसकेको स्थानीय लालबहादुर बुढाले बताए। उनले भने,‘सडकमा पहिरो आएपछि हिडडुल गर्न समेत सकस छ। पर्यटक बोकेर मुगु जाने गाडी बीचमै फर्कन्छन।’ पहिरोले नौमुल लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। कुलो भत्किन थालेको छ। सडक ठप्प छ। पावरहाउसमा बत्ति छोड्न जान सकिएको अवस्था छैन। गत बर्ष पुर्वाधार विकास कार्यालयले पहिरोको संभावनालाई मध्येनजर गर्र्दै मेसनरी वाल बनाएको थियो। त्यो वाल नै भत्किएर सडक पुरिएको छ।  

यो समय पर्यटन आगमनका लागि निकै उपयुक्त समय हो। यहाँको सुन्दरताको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन। तर सडक सहज नहुँदा पर्यटकले सास्ती भोग्नु परिरहेको स्थानीय बताउँछन। स्थानीय लालबहादुरले भने,‘नाग्म गमगडी हुदैँ राराताल पुगेर उर्थु हुदै जुम्ला सदरमुकाम खलंगा जोड्ने सडक हो। यो सडक स्तरन्नती नहुँदा सम्म यो समस्या ज्युँकात्युँ नै हुने संभावना छ। ’

अहिले जुम्लामा राराताल घुम्ने वहानामा कर्णालीकै प्रशिद्ध मन्दिर चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्ने र चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्ने वहानमा राराताल घुम्न आउने पर्यटकको संख्या बढ्दो छ।  

जुम्ला रारा सडकको पहिरो गएको स्थानको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको टोलीले अनुगमन गरेको छ। सडकमा गएको पहिरो पन्छाएर सडक आवागन सहज बनाउनको लागि पहल गर्ने उनले बताए। यो सडकको झण्डै आधा दर्जन बढि ठाउँमा पहिरो गएको छ।  

पहिरोले त्यहाँको जनजीवन प्रभावित गरेकोछ। सडकमा पहिरो आउँदा नजिकैका गाउँमा ओहोरदोहोर गर्न पनि समस्य भएको स्थानीय बताउँछन। जुम्ला उर्थु पटमारा,न्याउरीघाट,बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अबरुद्द हुँदा स्थानीय नागरिक संगै पर्यटकहरुले सास्ती पाएका छन्।  

दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकपनि उर्थु पटमारा सडक हुँदै राराताल जाने गर्दछन्। पातारासी गाउँपालिका ७ नम्बर वडामा पर्ने विभिन्न गाउँका नागरिक आउजाउ गर्ने मुख्यबाटो पनि त्यहि हो।  

उनले भने,‘आईतबार दिउसो १ बजे पहिरो गएको हो । पहिरोले सडक छेउमै रहेको विधुत नहर भत्किदा बत्ती पनि अबरुद्द भएको छ। दैनिक उपभोग्य बस्तु ल्याउन पनि स्थानीयलाई मुस्किल भएको छ। सडक सुचारु हुने टुंगो छैन्।’

चाडैँ पहिरो रोकथाम तथा नियन्त्रण नगरे अधिकांस ठाउँमा पहिरो आउने र अन्नबाली लगाएका खेतियाग्य जमिन पनि बग्ने तथा पुर्ण सडक बन्द रहने देखिएको छ। ठेकेदारहरु काम चलाउ विकास गर्ने भएकै कारण सडक विभिन्न ठाउमा भत्किने गरेको छ।

यो संगै  पातारासी क्षेत्रमा बस चलाउदै आएका चालक कृष्ण बिष्टले जुम्ला हुँदै उर्थु पटमारा सडक हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्ये हुने गरेको बताए। सडक कम्तिमा ग्राभेल भएको भए सहज हुन्थ्यो। बाईकलाई साईटदिने पनि सडक छैन्। साँघुरो त्यसैमाथि हिलो खाल्डाखुल्डी ठाउँ ठाउँमा पहिरो आईरहेको छ। उनले भने,‘यसमा सरोकारावालको ध्यान जान जरूरी छ।’

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले विकासमा गुणस्तरियता नभएकै कारण वर्षदिन नपुग्दै निर्माण भएका संरचना भत्कीने गरेको बताइन। जुम्ला हुदै रारा ताल जाने छोटो मार्गको स्तरबृद्धि तथा सडक सुधारमा प्रदेशले थप लगानी गर्नुपर्ने उनको भनाई छ। पहिरो पन्छाउन आबश्यक पहल गरिने समेत उनले बताइन। विकासमा दिगोपना नहुने समस्या ठेकेदारले निम्त्याएको भन्दै गुणस्तरीय विकासमा जोडदिनु पर्नेमा जोड दिए।  

साँघुरो हिलाम्य जुम्ला विमानस्थल हुदैँ उर्थु लासी छुम सम्म दैनिक २ ठुला बस र ४ वटा जीप संचालन हुदै आएका छन्। सडक बेला बेला अबरुद्ध हुने, भएकै कारण भनेकै समयमा गन्तव्य पुग्न कठिनाई भएको र सरोकारवाला सबै मौन रहेको स्थानीय काली बहादुर महताराले गुनासो पोखे।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस