मोहना नदीले कटान गर्दा स्थानीयवासी चिन्तित
१५ भदौ २०७८
•
२ मिनेट पाठ
मोहना नदीले कटान गर्दा स्थानीयवासी चिन्तित
भजनी नगरपालिका–५, पगिया प्रसारका ५८ वर्षिय महेन्द्रसिंह बुढा दिनभर घर छेउ भएर बग्ने मोहना नदी किनारमा बसेर सोचिरहन्छन्, ‘मोहना खोला अझै पश्चिम पट्टि फर्किदिए गाउँको मुहार फेरिन्थ्यो।’ तर, ठीक उल्टो भई दिएको छ। गाउँको पश्चिम पट्टि भएर बग्ने मोहना झनझन पूर्व पट्टि कटान गर्दै आउन थालेको छ। ‘यो मोहना नदीले हामीलाई कहिल्यै सुख दिएन,’ उनले भने, ‘बर्खा आउनै हुन्न चिन्ता लागिरहन्छ।’ बर्खामा पानी पर्दा किसान खुसी हुने गरे पनि आफूहरू भने दुःखी हुनु परेको बताउँदै उनले भने, ‘राति पानी पर्‍यो भने हामी रातभर जाग्राम बस्छौँ, कतिखेर खोला बढेर गाउँमा बाढी पस्ने हो भन्ने चिन्ता लागिरहन्छ।’

गाउँलाई सुरक्षित राख्न संसद् विकास कोषबाट निर्मित अग्लो ड्याम मोहना नदीले कटान गर्न थालेपछि स्थानीय झनै चिन्तित बनेका छन्। मोहना किनारमा अग्लो ड्याम नबनाउन्जेल बाढी गाउँमा पसेर महिनौसम्म विस्थापित हुनु पर्ने बाध्यता रहेको बताउँदै अर्का स्थानीय मन्दिरे बुढाले भने,‘ड्याम बनायौं गाउँमा बाढी पस्नबाट त बच्यो, अब ड्यामै काट्न थाल्यो।’ अहिले गाउँलेहरूलाई ड्याम बचाउनै सकस भएको छ। ‘गाउँको सिरानबाटै ड्याम कटानी हुन थाल्यो,’ उनले भने,‘ड्याम बचाउनका लागि हामी अहिले जैविक तटबन्धन गर्न थालेका छौँ।’  

गाउँले मिलेर जंगलमा अग्ला बल्ली (खम्बा) काटेर नदी किनारमा गाडेर त्यहाँ हरिया स्याउला लगाई नदी फर्काउने काममा रातदिन लागिरहेका छन्। सरकारले गतिलो तटबन्ध नबनाइदिएका कारण स्थानीय जैविक तटबन्धको जुगाडमा छन्। ‘सरकारले ढुंगा हालेर तारजालीले तटबन्ध नगराइदिँदा हामी जैविक तटबन्धमा लागेका छौँ,’ मन्दिरेले भने, ‘सधैँ मोहनाको दुःख पाइरहने हामीलाई सरकारले पनि गतिलो तटबन्धको योजना ल्याइदिएको छैन।’ गतिलो तटबन्ध नभएका कारण पानी पर्ने वित्तिकै गाउँले उठेर नदी किनारमा बाढी हेर्दै रात काट्ने गरेको बताउँदै उनले भने,‘बाढी आउने वित्तिकै टर्च लिएर मोहना किनारमा बस्छौं, बाढी बढ्न थालेपछि घरपरिवार सुरक्षित गर्न अग्लो स्थानतर्फ जान्छौँ।’

पगीया प्रसार गाउँलाई मोहना नदीको कटानबाट जोगाउन जनताको तटबन्धन कार्यक्रम लागु गर्न वडाले निवेदन दिएको बताउँदै वडा नम्बर ५ का वडाध्यक्ष केशवबहादुर बुढाले भने, ‘वडाको बजेटले मोहनामा केही हुँदैन, त्यसका लागि गतिलो योजना नै चाहिन्छ।’ केही दिन अघि नगरपालिकाले पनि पगीया प्रसार गाउँको कटानबारे अनुगमन गरेको उनले बताए। उनले भने, ‘नगरपालिकाले पनि अनुगमन गरेको छ, हेरौँ के हुन्छ, नभए जनतासँगै मिलेर वडा कार्यालयले पनि गाउँ बचाउन प्रयास गर्नेछ।’  

आफूले पनि शनिबारका दिन दिनभर गाउँलेसँगै जैविक तटबन्धनमा जुटेको बताउँदै उनले भने, ‘मेरो गाउँ पनि त्यहीँ हो, गाउँ जोगाउन गाउँले दाजुभाइ मिलेर जंगल गई स्याउला काटेर हालेका छौँ।’ जैविक तटबन्धनमा पहिले स्याउला हालेर त्यसपछि ८ वटा ठूला त्रिपाललाई आठ वटा डोरीले बाँधेर कटान रोक्ने प्रयास गरेको उनले बताए। मोहना र काँढा नदीले पगिया प्रसार गाउँसँगै लौबस्ता, नयाँबस्ती, मिलनपुर, दुदुवाफाँटा, कौवाखेडा, कालापातल, कुटी, मानपुर, भगतपुर, कर्मदेव, लखराँया, तप्पत र चम्रौधा गाउँका ९ सय ४९ घरधुरी प्रभावित भएका छन्। मोहना र काँढा नदीमा बाढी आउँदा यी गाउँका ९ सय ४९ घरधुरी पूर्ण जोखिममा पर्ने गरेको वडाध्यक्ष बुढाले बताए।
अर्को समाचार
पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
१९ वैशाख २०८१
•
२ मिनेट पाठ
पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ। भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो।

वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए। उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए।

नगरपालिकाले गत वर्ष वडा नं. ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो। बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताए।

स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गरे। उनले वर्षौँदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताए। ‘वर्षौँदेखिको हाम्रो पीडा सरकारले सुनेको छ। हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदै छ। महिनौँसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैँका लागि अन्त्य हुनेमा विश्वस्त छौँ।’

स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बनेका छन्। घरको सबै जायजेथा बोकेर महिनौँ सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बनेका हुन्।

पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन्। सत्तरी लाख ४९ हजार नौ सय २२ लागतमा निर्माण हुनलागेको ती घरका लागि नगरपालिकाको रु २४ लाख लगानी छ। त्यसमा राष्ट्रिय दलित नेटवर्कले रु २१ लाख २९ हजार छ सय लगानी गर्दा रु २५ लाख ३० हजार तीन सय २२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ। एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ।

राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताए। ‘प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौँ’, उनले भने, ‘खासगरी सामाजिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ।’  

परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस