काठमाडौं- स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै ननिकाली आन्तरिक निर्णयको भरमा एकैचोटि एक हजारभन्दा बढीलाई स्वास्थ्य सेवाका विभिन्न पदमा दिइएको करार नियुक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदर गरेको छ।
सो नियुक्तिमा अनियमितता भएको भन्दै आयोगले मन्त्रालयबाट फाइल जफत गर्दै छानविन सुरु गरेको थियो।
मन्त्रालयले १३४६ जनालाई विभिन्न जिल्लाका विभिन्न स्थानमा करारमा नियुक्ति दिएको थियो। जुन जुन जिल्लामा पद रिक्त रहेको छ ती पदमा तत्काल करारमा नियुक्ति नगरी नहुने अवस्था देखिएमा सम्भव भएसम्म तत् तत् जिल्लाका स्थानीय योग्य व्यक्तिहरुबाट प्रतिस्पर्धाका आधारमा पारदर्शी तवरले खुल्ला विज्ञापन गरी गराई कानून बमोजिम नियुक्ति गर्ने आवश्यक व्यवस्था मिलाउन आयोगले सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाईएको जनाएको छ।