चितवन- निजी विद्यालयका शिक्षकहरुको संस्थाको आह्वानमा सोमबारदेखि चितवनमा निजी शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द भएका छन्। तलब बृद्धिको माग राखेर शिक्षकहरुले गरेको यो पाँचौं पटकको बन्द हो।
चितवनमा निजी विद्यालयमा कार्यरत शिक्षकहरुको दुईवटा संस्था छन्। एउटा संगठनको नाम नेपाल संस्थागत विद्यलाय शिक्षक युनियन (नेपाल इष्टु) र अर्काको नाम संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल (इष्टु नेपाल) रहेको छ। दुवै संगठनले माग एउटै राखे पनि फरक फरक तरिकाले आन्दोलन चलाएका छन्।
सोमबारको बन्द नेपाल इष्टुले गरेको हो। योसहित नेपाल इष्टुले चार र इष्टु नेपालले एक पटक बन्द गरेका छन् । गत वर्षको बजेट भाषणमा सरकारी कर्मचारीको तलब १८ प्रतिशतले बढाउने र भत्ता एक हजार रुपैयाँ थप्ने घोषणा गर्योे। निजी विद्यालयका शिक्षहरुको तलब पनि सोही अनुपातमा बढ्नु पर्ने माग राखेर चितवनमा आन्दोलन सुरु भएको हो।
तलब भत्ता वृद्धिको माग राखेर नेपाल इष्टुले पहिलो पटक भदौ १९ मा निजी तहका शिक्षण सस्था बन्द गराएको थियो। त्यही माग राखेर एक दिन पहिले अर्थात् भदौ १८ मा अर्को संगठन इष्टु नेपालले विद्यालय बन्द गराएको थियो। नेपाल इष्टुकै आह्वानमा माघ नौ र पुस १९ मा पनि निजी विद्यालय बन्द भएका थिए।
पुस १९ मा बन्द आह्वान गर्दा विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको थियो। दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुन लागेका बेलामा पनि असोज ६ देखि नेपाल इष्टुले अनिश्चितकालिन बन्द आह्वान गरेको थियो। अभिभावक संघको सक्रियतामा असोज ५ मा वर्ता भएर तलब बढाउने सहमति भएपछि विद्यालय खुलेर परीक्षा सहजरुपमा चलेको थियो।
असोज ५ मा भएको सहमतिमा मंसिर महिनाबाट निजी विद्यालयका शिक्षकहरुले सरकारी कर्मचारीहरु सरह बढेको तलब पाउने उल्लेख थियो। सो तलब पुसमा तिर्ने सहमति भएको थियो। तर गत वर्षको असोज पाँचमा गरेको तलव वृद्धिसम्बन्धी सहमति अझै कार्यन्वयन नभएपछि बन्द बाध्यता भएको नेपाल इष्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले बताए।
ऐन नियमले व्यवस्था गरेको प्रवधानबाहेक अन्य कुनै पनि बाहनामा विद्यालयको पठन पाठन अवरुद्ध गराउन नमिल्ने भए पनि संघ संस्था, राजनीतिक दलले मात्रै होइन, स्वयं शिक्षकबाट पनि यस्को पालना भएको छैन। चितवनमा १६४ निजी विद्यालय छन्।