काठमाडौं - पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको एआइजी बढुवा तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ। डिआइजी पर्शुराम खत्रीले दायर गरेको रिटमा सुनुवाई गर्दै पुनरावेदन अदालतले अन्तिम किनारा नलागुञ्जेल बढुाव कार्यान्वयन नगर्न आदेश दिएको हो। खत्रीले दायर गरेको मुद्दा यसअघि सार्वजनिक भएको थिएन।
खत्रीले पश्चदर्सी कानुन बनाएर आफूलाई बढुवाबाट बञ्चित गरेको भन्दै मुद्दा दायर गरेका थिए।
बढुवामा नपरेका अन्य ६ जनाले भने लोकसेवा आयोगसहितको बढुवा सिफारिस पुनरावलोकन समितिमा उजुरी गरेर गत आइतबार बढुवा सिफारिसलाई चुनौति दिएका थिए। प्रचारमा नआएका पर्शुरामभने एक्लै अदालत पुगेका थिए। जेठ १३ गते गृह सचिव सूर्य सिलवालको नेतृत्त्वमा रहेको समितिले रिक्त ७ पदका लागि राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदको नाम सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका १३ जनामध्ये नारायण वस्ताकोटी, गणेशराज राईलगायतका ६ जनाले पुनरावलोकनका लागि निवेदन दिएका छन्।
चार महिनाभित्र दायर भएको मुद्दामा फैसला हुन सकेन भने अहिले प्रतिस्पर्धमा रहेका १३ जना डिआइजीले अवकास पाउनेछन्। प्रहरी नियमावली २०७१ अनुसार डिआइजीमा नियुक्त भएको ५ वर्षभित्रमा बढुवा भए पदावधीको आधारमा अवकाश हुने प्रावधान छ। अशोज महिनाभित्रमा उनीहरुले बढुवा पाए थप तीन वर्ष सेवामा रहनेछन्।