‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’
१५ भदौ २०७८
•
१ मिनेट पाठ
‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’
प्रदेश  नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित  ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१   दीक्षित भएका छन्। २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन्।




प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन र प्रहरी नियुक्ति तथा कारबाहीलगायत विषयवस्तुमा  दुई  सय ३४ दिन प्रशिक्षण दिइएको थियो । 

तालिममा उत्तमकुमार मगर प्रथम, डम्बर सुन्दास द्वितीय, अध्ययनमा भूपेन्द्रकुमार राया प्रथम, कवाजमा दीपक राजवंशी प्रथम, चाँदमारीमा लखनकुमार राय प्रथम, शारीरिक व्यायामा ऋषिकेश कार्की प्रथम र प्रहरी नियुक्ति तथा कारबाहीमा विसुकुमार राई प्रथम भएका थिए ।

सो अवसरमा उत्कृष्ट हुनेलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासकका रुपमा होइन सेवकका रुपमा सेवा गर्न निर्देशन दिए ।

समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरी र तालिम संयोजक एवं प्रहरी नायब उपरीक्षक विनोद शर्माले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 
अर्को समाचार
प्रदेश १ मा वर्षाले ५१ जनाको मृत्यु
०३ कार्तिक २०७८
•
२ मिनेट पाठ
प्रदेश १ मा वर्षाले ५१ जनाको मृत्यु
बाढी पहिरोमा परी प्रदेश १ मा ५१ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रदेश १ का विभिन्न जिल्लामा ५१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  




प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथरमा २२ जनाको मृत्यु भएको छ। जसमा मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनको मृत्यु भएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पाँचथरसँगै इलाममा ११, धनकुटामा ७, सुनसरीमा ५, उदयपुरमा २, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको छ। पहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकाको मृत्यु भएको छ। जसमा २ बालिका र ७ बालक रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति अझ बढी हुनसक्ने प्रवक्ता राईले बताए।  

प्रहरीका अनुसार प्रदेश १ मा हालसम्म ८ जना बाढी पहिरोमा परी बेपत्ता भएका छन् र बेपत्ताको खोजी कार्य भइरहेको छ। बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।  

विराटनगरको विमानस्थल र विद्युत् सेवा अवरुद्ध

वर्षाका कारण आएको बाढी सुनसरीको दुहबीस्थित विद्युत् प्राधिकरणको ग्रिडमा पसेपछि मंगलबार साँझदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।  

प्रदेश १ का नेपाल विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले लगातार परेको वर्षका कारण दुहबी ग्रिड सेक्सनमा पानीले क्षति पुर्याएकाले मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको हो। ग्रिडमा जमेको पानी मोटरबाट फ्याक्ने काम भइरहेकाले पानी हटेपछि ग्रिड मर्मत गरेपछि विद्युत् सेवा सुचारु हुने उनले जानकारी दिए। ग्रिडमा कति क्षति भएको र मर्मत गर्न कति समय लाग्ने टुँगो नभएको उनले जानकारी दिए।  

त्यसैगरी विराटनगर विमानस्थलको रन वे मा बाढी पसेपछि हवाई सेवा ठप्प भएको छ । बाढीले टर्मिनल भवन, रन वे, ट्क्सी वेलगायतका स्थानमा पानी र फोहोर जमेर सेवा अवरुद्ध भएको छ। विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार एयर्पोटको पानी निकास हुने बास्ता खोला नै भरिएर एयर्पाेटतर्फ फर्किपछि डुबान भएको हो। पानी क्लीएर भएर हिलो र फोहोर सफा गरेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने उनले बताए।  

‘पानी घटेपछि भौतिक संरचानको क्षतिको विवरण आउने र त्यसपछि मात्रै विमानस्थल सञ्चालनमा आउन सक्ने बताउन सकिन्छ,’ प्रमुख खरेलले भने। ४ वर्षअघि आएको बाढीले पनि विमानस्थलमा क्षति पुर्याएको थियो।  
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस