काठमाडौ- स्वास्थ्य मन्त्रालयले आन्तरिक निर्णयको भरमा एकैचोटि हजारभन्दा बढीलाई स्वास्थ्य सेवाका विभिन्न पदमा गरेको करार नियुक्ति बदर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।अख्तियारले स्वास्थ्य सचिव डा. प्रवीण मिश्रलाई सोमबार पत्र पठाएर 'सार्वजनिक सूचना प्रकाशित नगरी बिनाप्रतिस्पर्धा १ हजार ३ सय ४७ करार भर्ती' गर्ने २०७१ जेठ १८ को निर्णय कार्यान्वयन नगरी त्यसबारे जानकारी पठाउन' निर्देशन दिएको हो।
'विभिन्न जिल्लाका विभिन्न स्थानमा करार नियुक्ति दिँदा पद रिक्त नभए स्वतः नियुक्ति बदर भएको ठहरिने र रिक्त पद संख्याभन्दा बढी हुन आए पहिला कार्यालयमा उपस्थित हुनेले प्राथमिकता पाउने भन्ने बेहोराले हचुवा भरमा नियुक्ति गर्ने गरी निर्णय भएको देखिन्छ,' अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
पदपूर्ति गर्न 'सार्वजनिक सूचना जारी गरेको तथा खुला र प्रतिस्पर्धात्मक तवरबाट कर्मचारी भर्ना गरेको नदेखिएको' भन्दै अख्तियारले उक्त सचिवस्तरीय निर्णय कार्यान्वयन नगरी त्यसको जानकारी आयोगमा पठाउन निर्देशन दिएको विज्ञप्तिमा छ। अख्तियारले रिक्त पदहरूमा करार नियुक्ति नगरी नहुने अवस्था देखिए सम्भव भएसम्म स्थानीय योग्य व्यक्तिबाट प्रतिस्पर्धाका आधारमा पारदर्शी तवरले खुला विज्ञापन गरी नियुक्त गर्नसमेत निर्देशन दिएको छ।
सरकारी नियुक्तिको सर्वमान्य सिद्धान्तकै धज्जी उडाउँदै स्वास्थ्यमन्त्री खगराज अधिकारी र सचिव डा. मिश्रको एकल निर्णयको भरमा १ हजार ३ सय ४७ जनालाई करार नियुक्ति गरिएको थियो। नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक, प्राविधिक लगायत पदमा आफूखुसी नियुक्तिपत्र बा“डिएको हो। 'घर बनाउन मजदुर लिएजस्तो' बिनासूचना र बिनाप्रतिस्पर्धा सरकारी नियुक्ति दिइएको भनी मन्त्रालयभित्रै आलोचना भएको थियो।
स्वास्थ्य सेवा ऐन र निर्देशिकाअनुसार जिल्ला स्वास्थ्य र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा भएका अधिकारसमेत खोसेर मन्त्री र सचिवको मिलेमतोमा यति ठूलो संख्यामा नियुक्ति भएको स्रोतले बताएको छ। मन्त्रालयले करिब डेढ महिनाअघि क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरूलाई पत्राचार गरी करार नियुक्ति बन्द गर्न निर्देशन दिएर मन्त्रालयमा परेका निवेदनका आधारमा करार नियुक्ति दिएको थियो।
स्वास्थ्य सेवा ऐनमा 'ज्यालादारी वा करार नियुक्ति गर्न–गराउन नपाइने' स्पष्ट व्यवस्था छ। स्वास्थ्य सेवाको कुनै पदमा योग्यताप्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई दुइटा सर्तमा मात्र करार सेवामा काम लगाउन सकिने ऐनको दफा ८ (ख) मा व्यवस्था छ।
पहिलो, कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण बिदामा रहेको अवस्थामा त्यो अवधिभर। दोस्रो, सेवाको कुनै पद कुनै कारणवश रिक्त हुन गई सोको माग फारम भरी लोकसेवा आयोगमा पठाइसकेको तर पदपूर्ति भइनसकेको अवधिभर।
मन्त्रालयले आन्तरिक निर्णयका आधारमा हजारभन्दा बढीलाई करार नियुक्ति गर्दा यी दुवै सर्त पालना गरिएको छैन। यहाँ कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण बिदामा गएको अवस्था छैन। लोकसेवामा माग फारम भरेर पठाइसकेको पनि थिएन।
नियुक्ति पाएका अधिकांश कर्मचारी चौथो र पाँचौं तहका छन्। स्वास्थ्य सेवा ऐनअनुसार चौथो तहको पदपूर्ति लोकसेवा अञ्चल कार्यालयले नै गर्ने प्रावधान छ। यसमा माग फारम जिल्लाले भर्ने र नियुक्ति पनि उसैले गर्ने व्यवस्था छ। मन्त्रालयस्तरमा निर्णय गरेर यतैबाट नियुक्तिपत्र दिएर जिल्ला पठाउन पाइँदैन। पाँचौं तहको कर्मचारीका हकमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले माग फारम लोकसेवा पठाउँछ। सातौं, आठौं र नवौं तहका लागि मात्र मन्त्रालयले गर्ने व्यवस्था छ।
स्वास्थ्य सेवा ऐनको दफा ८ (२) मा कसैले कुनै व्यक्तिलाई कानुनी आधारबिना नियुक्ति गरे उसले पाएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम नियुक्तिकर्ताबाटै असुलउपर गर्ने व्यवस्था छ। अख्यितार स्रोतका अनुसार निर्णय कार्यान्वयन भएर हानी हुने अवस्था आइनसकेकाले कसैलाई पनि कारबाही सिफारिस नगरिएको हो।