६ सय ७१ जना प्रहरी जवान दीक्षित
१५ भदौ २०७८
•
२ मिनेट पाठ
६ सय ७१ जना प्रहरी जवान दीक्षित
६ सय ७१ जना प्रहरी जवानमा दीक्षित भएका छन्। १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालन भएको आधारभूत प्रहरी जवानको १३८ औं समूहका प्रहरीहरु मंगलबार दीक्षित भएका हुन्।




दीक्षान्त कार्यक्रममा१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले कोरोना भाइरसको महामारीको सुरक्षाका कारण प्रशिक्षार्थीहरुका अभिभावकलगायत विभिन्न व्यक्तित्वलाई आमन्त्रण गर्न नसकिएको बताए। ‘अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्तानलाई प्रवेश गर्न हौसला दिने परिवारलाई आभार प्रकट गर्दछु,’ डिआइजी बिसीले भने, ‘आफ्नो कार्य क्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, इमान्दार र बफादारी भई उच्च मनोबलका साथ जनताको सेवामा खटिनु पर्छ। मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासक नभई सेवकका रुपमा जनताको सेवा गर्नुपर्छ।’  

सो अवसरमा तालिम केन्द्रकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले समाज गतिशील रहेको समस्याहरु पनि गतिशील नै हुने भएकाले हाम्रो प्रयास पनि गतिशील हुनुपर्ने बताइन्। उनले भनिन्, ‘सिकाइको स्तरलाई परिस्कृत गर्दै अघि बढ्नुका साथै प्रशिक्षणको समयमा सिकेका र भोगेका कुरालाई कार्यक्षेत्रमा राम्रोसँग उर्तानु पर्छ।’  

२०७७ मंसिर ३ गतेदेखि सुरु भएको प्रहरी जवान १३८ औं समूहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम सम्पन्न भई दीक्षित भएका हुन्।  तालिममा सहभागी ५ सय ३८ पुरुष र १ सय ३३ जना महिलासहित ६ सय ७१ जना प्रहरी जवानहरु दीक्षित भए।  

प्रशिक्षणका क्रममा विभिन्न विधामा ७ जना उत्कृष्ट प्रशिक्षार्थी भएका छन्। प्रशिक्षार्थीहरुमध्ये प्रथम उत्तमकुमार मगर, द्वितीय डम्बर सुन्दास, तृतीय एवं अध्ययन प्रथम भूपेन्द्रकुमार राया, कवाजतर्फ दीपक राजवंशी, शारीरिक व्यायामतर्फ ऋषिकेश कार्की, चाँदमारीतर्फ लखनकुमार राय, प्रहरी युक्ति तथा कारबाहीतर्फ बिसुकुमार राईलाई डिआइजी बिसीले नगद तथा प्रमाणपत्र प्रदान गरे।
अर्को समाचार
एक सय १९ सशस्त्र प्रहरी जवान दीक्षित
३० असोज २०८३
•
३ मिनेट पाठ
एक सय १९ सशस्त्र प्रहरी जवान दीक्षित
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन्।




दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानलाई शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्कालाई दीक्षित जवानले सलामी अर्पण गर्दै अन्तिम कवाज प्रदर्शन गरेका थिए। सो अवसरमा नायब महानिरीक्षक खड्काले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कार वितरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महानिरीक्षक खड्काले दीक्षित जवानको अनुशासित र लगनशील कार्यशैलीले उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गरे। उनले तालिम पूरा गरेसँगै राष्ट्रको सुरक्षाका लागि जिम्मेवारी थपिएको बताए। उनले भने, 'आज तपाईंहरूको पोसाकमा नयाँ पहिचान थपिएको छ। काँधमा नयाँ जिम्मेवारी आएको छ र जीवनमा राष्ट्रसेवाको पवित्र सङ्कल्प जोडिएको छ।'  

नायब महानिरीक्षक खड्काले आत्मविश्वास र उत्साहका साथ जवानले आफ्नो यात्रा सुरु गरेको उल्लेख गर्दै तालिमका क्रममा गरेको मेहनत अब राष्ट्रका लागि समर्पित गर्नुपर्ने बताए। जस्तोसुकै कठिन परिस्थितिको सामना गर्ने अठोटका साथ कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड दिँदै उनले नागरिकको सम्मान र सुरक्षा नै अबको प्रमुख जिम्मेवारी भएको बताए।

नागरिकको विश्वास जितेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, 'कर्तव्य निर्वाह गर्दा कठोरता सँगसँगै मानवीयता, साहससँगै विवेक र अनुशासनसँगै विनम्रता पनि कायम राख्नुहोस्।' उनले जवान उत्पादन गर्ने परिवार तथा तालिम प्रदान गर्ने प्रशिक्षक र शिक्षालयप्रति आभार व्यक्त गरे।  

तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ उपरीक्षक तथा समादेशक विकास घिमिरेले सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट प्रक्रियाका विभिन्न चरण उत्तीर्ण गरी नियुक्ति प्राप्त गरेका जवानलाई सङ्गठनको नीतिअनुसार आधारभूत तालिम प्रदान गरिएको जानकारी दिए।

उनका अनुसार जवानहरूलाई सङ्गठनले निर्धारण गरेको पदअनुसारको व्यावसायिक योग्यता र दक्षता हासिल गराई योग्य, इमानदार तथा कर्तव्यनिष्ठ जनशक्तिका रूपमा तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

उनले सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्ने ११९ जना प्रशिक्षार्थीमध्ये ख क्ष समूहका आठ, ख त्र समूहका तीन, ग क्ष समूहका २०, ग त्र समूहका ५७ र घ त्र समूहअन्तर्गत ग्रेडिङमा ३१ जना रहेका जानकारी दिए।

उनका अनुसार तालिमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, बिपिइटी, मेडिकल, फायरिङ, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कन्भेन्सनल युद्धकला र नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

दोस्रो चरणमा बिपिइटी, क्वार्टर गार्ड ड्रिल, सलामी, विभिन्न ऐन-कानुन, विपद् व्यवस्थापन, हुल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, माइनर ट्याक्टिक्स, फायरिङ, फिल्ड इन्जिनियरिङ तथा रेडियो सिग्नललगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका दुवै चरणमा पाँच-पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको उनले जानकारी दिए।

दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं दीक्षित जवानका अभिभावकको सहभागिता थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस