दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइजनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। बर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो । खोलामा निर्माण भैरहेको पुल अवस्थामा छैन। पुल नहुँदा खोलाको कचवेमा गाडी कुद्छन।