पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा ९ हजार ८७५ वटा स्वाबको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा पोजिटिभ आएको हो।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा ९ जनाको निधन भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, तीन हजार १२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४४ जनामा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९५ जना निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।