काठमाडौं- सरकारले साउन १ गतेदेखि लागु हुनेगरी चुरे क्षेत्रका ढुंगा, गिट्टी भारत निकासीमा रोक लगाउने निर्णय गरेको छ।व्यवस्थापिका संसद्को बैठकमा वनमन्त्री महेश आचार्यले सम्बोधन गर्दै चुरेको विनास रोक्न यस्तो निर्णय गर्नुपरेको बताए। उनले अधिकारसम्पन्न चुरे संरक्षण विकास समितिको अध्यक्षमा पुर्वसचिव रामेश्वर खनाललाई नियुक्त गरेको जानकारी गराउँदै चुरे राष्ट्रिय महत्वको क्षेत्र भएकाले सरकारले ध्यान दिएको बताए। उनले २०७१ देखि २०८० सम्म सरकारले वनदशक मनाउने निर्णय गरेको जानकारी दिए। मन्त्री आचार्यले जनताको सहभागितामा चुरे संरक्षण गरिने बताए। त्यस्तै मन्त्री आचार्यले ईलामदेखि कञ्चनपुरसम्मका ३६ जिल्लालाई जोखिमपुर्ण क्षेत्र घोषणा गरेको पनि संसद्लाई जानकारी गराए।
अर्को समाचार
चुरे क्षेत्रका ढुंगा, गिट्टी भारत निकासीमा रोक
अर्को समाचार
ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन
पथरी (मोरङ)—सरकारले वर्षात्को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन। चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ। खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्याएको छ।
मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा बढी रातिमा उत्खनन हुने गर्छ। त्यही समयमा उक्त क्षेत्रमा प्रहरीले निगरानी पनि गरिरहेको छ। असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न पाइँदैन। तर तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ। जेसिभी २५ हजार, ट्रिफर २० हजार र ट्र्याक्टरलाई रु १० हजार जारिवाना तोके पनि अहिलेसम्म कति गाडीलाई जरिवाना गरेको हो भन्ने तथ्यांक कोहीसँग छैन।
जिल्ला समन्वय समिति मोरङले गरेको सार्वजनिक सूचनाअनुसार बाटो, पाटीपौवा मठमन्दिर, पैनीबाहेक खोलाबाट ढुंगा बालुवा निकासी पैठारी गर्न पाइँदैन। खोला क्षेत्रको संरक्षणका लागि विभिन्न पहल भइरहेको जिल्ला वन कार्यालका प्रमुख विनोद देवकोटाले बताए।
खोलामा भएको दुई नम्बरी धन्दा नरोकिएको देख्दा हैरानी हुन थालेको स्थानीयवासीको भनाइ रहेको छ। स्थानीय प्रशासनले चासो दिएमात्रै निकासी रोक्न सकिने केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीको भनाइ छ। केराबारीका खोलामा साँझ पर्नासाथ सयौँ गाडी खोलाभित्र हुने गर्छन्। रासस

यो पनि पढौँ
ट्रेन्डिङ