नेपाल भदौको अन्तिम साता अर्थात् सेप्टेम्बर पहिलो सातादेखि दक्षिण एशियाली मूलुकको क्षेत्रीय अध्यक्ष बन्ने भएको छ। अध्यक्ष एक वर्षको लागि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी यस्तो जानकारी गराएको हो।
सेप्टेम्वर ६ देखि १० विश्व स्वास्थ्य संगठन दक्षिण पुर्वी एशियाली समितिको ७४औं सत्र बैठकको आयोजकको अध्यक्षता समेत नेपालले गर्दैछ। क्षेत्रीय अध्यक्षता ग्रहण गर्न पाएकोमा नेपालको तर्फबाट आभार व्यक्त गरेको छ। ७४ औ सत्रमा दक्षिण पुर्वी एशियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यनीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड १९ लगायत अन्य जनस्वास्थ्यको मुद्दाहरुमा छलफल हुने मन्त्रालयले जनाएको छ।
सो सत्रमा नेपालले कोभिड १९ को सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने, स्वास्थ्य सम्वन्धी दीगो विकास लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमा क्षेत्रीय मन्त्री स्तरीय छलफल समेत गरिनेछ। आपसी एकता, परस्पर सहयोग सुदृीढीकरण,कोभिड १९ नियन्त्रण, स्वास्थ्य सम्वन्धी राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा जाहेर भएका प्रतिबद्धतालाई प्रभावकारी ढंगले हाँसिल गर्ने बिषयमा समेत यो सत्रमा छलफल हुने जनाइएको छ।
संक्रमणदर १३.६ प्रतिशत
गत चौविस घण्टामा नेपालमा कोरोना संक्रमणदर १३.६ प्रतिशत रहेको छ। गत चौविस घण्टामा परिक्षण भएका ७ हजार ९ सय ७१ व्टा नमूना मध्येमा १ हजार ८९ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमित सहित नेपालमा कुल ८ लाख ५४ हजार ३ सय २१ जनामा कोराना संक्रमित पुगेका छन्। हाल नेपालभरिमा ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्। ती मध्येमा २९ हजार ८१ जना होम आइशालेशनमा र २१ सय ६७ जनाको संस्थागत आइशोलेशनमा उपचार भइरहेको छ।
गत चौविस घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतक सहित कुल मृतक संख्या १० हजार ३ सय ३८ जना पुगेका छन्। गत चौविस घण्टामा काठमाडौ उपत्यकामा ४ सय ५३ जनामा कोरोना पुष्टि भएको छ।