सिद्धनाथ उच्च माध्यमिक विद्यालयबाट यस वर्षको एसएलसी उत्तीर्ण गरेका सुरेन्द्र धामी ओभरसियर पढ्ने तयारी गर्दैछन्। उनी सिटिइभिटीद्वारा दिपायलमा सञ्चालित कलेजको प्रवेश परीक्षाको तयारीमा छन्।‘प्राविधिक विषय बढे तत्काल जागिरी पाइन्छ,' सुरेन्द्रले भने, ‘करियर बनाउन प्राविधिक शिक्षा उत्तम हो।'
डडेल्धुराका अधिकांश विद्यार्थी प्रवेशिका परीक्षा पास गरेपछि उच्च शिक्षाका लागि प्राविधिक विषय बढी रोजिरहेका छन्। परीक्षा पाससँगै विद्यार्थीहरू आफ्ना अभिभावकसँग प्राविधिक शिक्षा पढाइ हुने कलेज धाउन थालेका छन्।
डडेल्धुरामा प्राविधिक विषयमा पढाइ हुने कलेज खासै धेरै नभएकाले विद्यार्थीहरू दिपायल, कैलाली, कञ्चनपुर, नेपालगन्ज र काठमाडौं धाउन थालेका छन्। भागेश्वर माध्यमिक विद्यालयकी विनिता शाहीले एसएलसी पास गरेपछि आफ्नो पहिलो रोजाइमा अनमी प्राविधिक शिक्षा रहेको बताइन्। प्राविधिक विषय पढेपछि सजिलै रोजगारका अवसर पाइने गरेको उनको भनाइ छ।
पछिल्लो समय कैलाली, कञ्चनपुर र राजधानी पढ्न जानेहरू पहाडी जिल्लामा खुलेका प्राविधिक शिक्षालयहरूमै पढ्न थालेका छन्। पढाइपछि आत्मनिर्भर हुन प्राविधिक शिक्षा नै पढ्नुपर्ने भर्खरै एसएलसी पास गरेको अमरगढीका दिपक भट्टले बताए।
एसएलसी पास गरेका अधिकांश अनमी, स्टाफ नर्स, सिएमए, सिभिल ओभरसियर, एचए पढ्न रुचि राख्छन्। पहिले यी विषय पढ्न जिल्लाबाट बाहिर जानुपर्ने बाध्यता थियो। अहिले त्यो बाध्यता हटेेको छ। डडेल्धुरा र डोटीमै प्राविधिक शिक्षालय खुलेका छन्। डडेल्धुरामा एउटा र डोटीमा दुइटा प्राविधिक शिक्षालय छन्। सरकारी जागिर पाउने सम्भावना तथा आफ्नै लगानीमा काम गर्न सकिने भएकाले एसएलसी पास गरेका विद्यार्थीका लागि डडेल्धुरा र डोटीमा खुलेका यी प्राविधिक शिक्षालयमा पढाइको मुख्य आकर्षण बनेका छन्। धेरैजना यहीँ भर्ना हुन प्रवेश परीक्षाको तयारी गर्दैछन्।
पहाडी जिल्ला डोटीमा सिटिइभिटीअन्तर्गतको सेती प्राविधिक शिक्षालयमा भर्नाका लागि विद्यार्थीहरूको चाप थामी नसक्नु रहेको शिक्षकहरू बताउँछन्। तीन वर्षअघिदेखि पारामेडिकल कलेज डडेल्धुराले अनमी, सिएमए पढाइरहेको छ। १५ महिने कोर्सका लागि बर्सेनि ४० जनाले मात्र भर्ना हुन पाउँछन्। अनमी, सिएमए पढ्न २५ हजार भर्ना शुल्क र मासिक १२ सय शुल्क लाग्ने गरेको छ।
स्वास्थ्यतर्फको प्राविधिक शिक्षाका लागि डडेल्धुरामा विद्यार्थीहरू कञ्चपुर र कैलाली जाने गरेका छन्। स्वास्थ्यतर्फको पढाइका लागि कैलाली र कञ्चपुरमा दर्जन कलेज खुलेका छन्। एसएलसीपछि प्राविधिक विषय अनमी, सिएमए, एचए पढ्नेको चाप थामि नसक्नु छ।